‘संसार बदल्ने १०१  ओटा वैज्ञानिक खोज (भाग १)’ पुस्तक समीक्षा

यो लेखमा ‘संसार बदल्ने १०१ ओटा वैज्ञानिक खोज (भाग १)’ पुस्तकको समीक्षा प्रस्तुत गरिएको छ, जसमा ख्रिस्टियन वैज्ञानिकहरूको योगदान र विज्ञानको विकासबारे चर्चा गरिएको छ।

परिचय

‘संसार बदल्ने १०१ ओटा वैज्ञानिक खोज (भाग १)’ पुस्तकका लेखक कमल अधिकारी हुन्। उनी लेखक, सम्पादक, अनुवादक, शिक्षक तथा ख्रिस्टियन रक्षाशास्त्री हुन्। आफूलाई लेखक र रक्षाशास्त्री भन्न रुचाउने अधिकारीले हालसम्म १७ भन्दा बढी (एकल तथा सामूहिक) पुस्तकहरू लेखिसकेका छन्। सन् २०११ मा ‘बाइबल, विज्ञान र परमेश्वर’ नामक पहिलो पुस्तकबाट उनले आफ्नो लेखन यात्रा आरम्भ गरेका हुन्।
हालसम्म उनले करिब ८० वटा पुस्तक तथा पुस्तिकाहरू अनुवाद गर्नुका साथै झन्डै २०० भन्दा बढी पुस्तक–पुस्तिकाहरू सम्पादन तथा प्रूफरिडिङ गरिसकेका छन्। यसका अतिरिक्त उनले आफ्नै १२ वटा कृतिहरू प्रकाशित गरिसकेका छन्।
ख्रिस्टियन विश्वास अवैज्ञानिक वा असत्य नभई वैज्ञानिक दृष्टिकोणबाट पनि सत्य छ भन्ने विचार प्रस्तुत गर्ने अधिकारी नेपालका विभिन्न बाइबल कलेजहरूमा ‘ख्रिस्टियन रक्षाशास्त्र’ विषय अध्यापन गराउने कार्यमा संलग्न छन्। साथै, उनले विभिन्न स्थानहरूमा तालिमसमेत सञ्चालन गर्दै आएका छन्।

कमल अधिकारीद्वारा लिखित ‘संसार बदल्ने १०१ ओटा वैज्ञानिक खोज (भाग १)’ पुस्तकले ख्रिस्टियन जगतले संसारलाई दिएको योगदानको चर्चा गर्दछ। यस पुस्तकले येशू ख्रीष्टमा विश्वास गर्ने व्यक्तिहरू अन्धविश्वासी नभई आधुनिक विज्ञानका अग्रदूत हुन् भन्ने सन्देश दिन्छ। तेह्रौँ शताब्दीदेखि एक्काइसौँ शताब्दीसम्मका १०१ वैज्ञानिक खोजहरूलाई यस पुस्तकमा विस्तृत रूपमा समेटिएको छ।

मुख्य भाग

      पहिलो भागमा, साह्रौ शताब्दीअगिका खोजहरुको बारेमा लेखिएको छ । जसमा ३ ओटा महत्वपूर्ण खोजहरु लेखकले समावेश गरेका छन् । म्याग्निफाइङ ग्लास, छापाखाना र अमेरिका यी तीन विषयहरुमा लेखकले लेखेका छन् । वैज्ञानिक रोजर बेकनले ख्रिस्टिाब्द १२५० मा  म्याग्निफाइङ ग्लासको आविष्कार गरे । म्याग्निफाइङ ग्लास भनेको ससाना बस्तुहरुलाई अझै राम्रोसित देख्न ठुलो पार्ने यन्त्र हो । दास्रो खोजमा छापाखाना रहेको छ । जसको आविष्कार बाइबल छाप्नैको निम्ति योहान्नेस गुटेनबर्गले ख्रिस्टाब्द १४४० गरेका थिए । यहीबाट नै संसारमा छापानाखानाको विकास भएको पाइन्छ । तेस्रो खोजमा अमेरिका रहेको छ । ख्रिस्टाब्द १४९२ मा व्रिmस्टोफर कोलम्बसले अमेरिका पत्ता लगाएका थिए । उनी एक प्रसिद्ध अन्वेषक थिए ।

      पुस्तकको दोस्रो भागमा सोह्रौँ शताब्दीका खोजहरुको बारेमा उल्लेखि गरिएको छ । जसमा ४ ओटा खोजहरुको बारेमा चर्चा गरिएको छ । सूर्य केन्द्रित सिद्धान्त, शरीरको चिरफार, जलचव्रm र ग्रेगोरी पात्रोको बारेमा यस भागमा उल्लेख गरिएको छ । पोल्यान्डमा जन्मेका कोपर्निकसले ख्रिस्टाब्द १५२० मा सूर्य केन्द्रित सुद्धान्तको विकास गरे । जसले गर्दा आधुनिक विज्ञानको उदयमा विशेष भुमिका खेल्यो । सूर्य केन्द्रित सिद्धान्त भन्नाले सूर्य केन्द्रमा छ र पृथ्वीलगायत अन्य ग्रह तथा उपग्रहरुले सूर्यको परिव्रmमा गर्छ भनेको हो । सोह्रौ शताब्दीभन्दा अधि शरीरलाई चिरफार गर्नु हुन्ने भन्ने विश्वास थियो तर ख्रिस्टाब्दमा १५४३ मा अन्द्रियास भिसेलिअसले सार्वजनिक रुपमा मानवीय शरीरको चिरफार गरे । जसको कारणले पछि शरीरको उपचार गर्न निक्कै योगदान दियो । तेस्रो खोजमा, मानिसहरुलाई कसरी पानी पर्छ भन्ने कुरामा विभिन्न दन्तेहरु सुन्दै आइरहेका थिए तर बर्नार्ड पानिसीले जलचव्रmको माध्यमबाट पानी पर्छ भनेर पत्ता लगाएका थिए । चौथो खोज अन्तरगत ग्रेगोरी पात्रो रहेको पाइन्छ । ख्रिस्टाब्द १५८२ मा ग्रेगोरी तेह्रौले यस पात्रोको प्रारम्भ गरेका थिए । उनी क्याथोलिक पोप थिए । पुरानो पात्रोमा देखिएको समस्यालाई समाधान गर्न यस पात्रो प्रचलनमा ल्याएको थियो । जसको प्रभाव अहिले संसारभरि नै रहेको पाइन्छ । बि.सी र ए.डी छुट्याउने पात्रो पनि यहि नै हो ।

      पुस्तकको तेस्रो भागमा सत्रौँ शताब्दीका खोजहरु समावेश गरिएको छ । जसमा १२ वटा खोजहरु समावेश गरिएको छ । ग्रहहरुको चाल, टेलिस्कोप, रक्तसञ्चार प्रणाली, पास्कलको क्यालकुलेटर, हावाको चाप, पेन्डुलम घडी, बोयलको नियम, कोष, गुरुत्वाकर्षणको नियम, प्रेसर कुकर, ब्याक्टेरिया र प्रकाशको गति गरी १२ ओटा खोजहरुको बारेमा लेखकले गहन रुपमा कलम चलाएका छन् । वैज्ञानिक जोहानेस केप्लरले ग्रहहरुको चाल अण्डाकार तरिकामा सूर्यको परिव्रmमा गर्छ भन्ने अवधारणा ल्याए, जुन अहिले सम्म सत्य रुपमा प्रमाणिकरण भइहरको छ । केप्लर ख्रीष्ट भक्त व्यक्ति थिए । ग्रह, उपग्रह तारा तथा अन्य आकाशीय पिण्ड जो टाढा टाढा हुन्छन् तीनिहरुलाई कुनै यन्त्रको मद्दतले नजिक हेर्न प्रयोग गर्ने यन्त्रलाई टेलिस्कोप भनिन्छ । यस यन्त्रको आविष्कार गर्ने व्यक्ति ग्यालिलियो हुन् जो प्रसिद्ध वैज्ञानिक साथै परमेश्वरमाथि विश्वास गर्ने व्यक्ति थिए । 

      ख्रिस्टाब्द १६२८ मा विलियम हार्बेले मानवीय रक्तसञ्चार प्रणालीको आविष्कार गरे, जसको कारणले रक्तसञ्चार प्रणालीका लागि मुटु, धमनी, नसा र फोक्सोले कसरी काम गर्छ भन्ने कुरा थाहा जीवशास्त्रीहरुलाई भयो । यस्तै अर्काे खोज अन्तरगत ब्लेज पास्कलले क्यालकुलेटरको आविष्कार गरे, जसको कारणले हिसाब गर्न सरल बनाइदियो । के तपाईलाई थाहा छ हावाको पनि तौल हुन्छ नी । यस कुरालाई पत्ता लगाउने व्यक्ति थिए, इभान्जेलिस्टा टोरिचेल्ली । उनले १६४३ मा हावाको चाप हुन्छ भन्ने पत्ता लगाएका थिए । के तपाईले कुनै स्थानहरुमा पेन्डुलम घडी देख्नु भएको छ ? पेन्डुलम घडी भन्नाले झुन्डिएर यताउता हल्लिने भित्तेघडीको लङ्गरलाई भनिन्छ । ख्रिस्टाब्द १६५६ मा व्रिmस्चियन हुजेन्सले यस घडीको आविष्कार गरेका थिए । आयतन घटेभनी चाप बढ्छ र आयतन बढेभनी चाप घट्छ भन्ने नियमलाई बोयलको नियम भनिन्छ । यस कुरालाई पत्ता लगाउने वैज्ञानिक रोबर्ट बोयल हुन् । उनी वैज्ञानिक साथै ईश्वरशस्त्री पनि थिए । ख्रिस्टाब्द १६६४ मा वैज्ञानिक रोवर्ट हुकले कोषको पत्ता लगाएका थिए । जसको कारणले जीवशास्त्रीहरुलाई जीवको बारेमा थप बुझ्न टेवा पुगेको छ । के तपाईंले कहिल्यै सोच्नु भएको छ, केले चन्द्रमालाई सूर्यको वरिपरि घुम्न लगाउँछ ? किन चन्द्रमा पृथ्वीमा आएर आएर नबजारिएको होला ? किन पृथ्वी सूर्यमा नखसेको होला? स्याउ पृथ्वीमा खस्छ तर चन्द्रमा खस्दैन किन होला ? यी सबैको प्रश्नको उत्तर पत्ता लगाउने व्यक्ति भौतिकशास्त्री सर आइज्याक न्युटन थिए । उनले गुरुत्वाकर्षणको नियम पत्ता लगाएका थिए । हामीहरुको हरेकको घरमा खाना पकाउनको निम्ति प्रेसर कुकरको प्रयोग त गर्छाै होला तर के तपाईंलाई थाहा छ यसको आविष्कार कसले गरेका थिए ? ख्रिस्टाब्द १६७९ मा डेनिस प्यापिनले प्रेसर कुकरको आविष्कार गरेका थिए ।

      हाम्रो आखाँले देख्न नसकिने जीवाणुहरु यस संसारमा रहेको पाइन्छ । जसलाई ब्याक्टेरिया भनिन्छ । वैज्ञानिक एन्टोनी भान लेबिनहुकले विविध मसिना जीवहरुको आविष्कार गरे जसमध्ये एउटा ब्याक्टेरिया थियो । तिनले १६७६ मा ब्याक्टेरिया पत्ता लगाएका थिए । के तपाईंलाई थाहा छ प्रकाशको पनि गति हुन्छ । ख्रिस्टाब्द १६७६ मा वैज्ञानिक आल रोमरले प्रकाश सीमित गतिमा यात्रा गछए भनी पत्ता लगाएका थिए ।

      पुस्तकको चौथो भागमा अठारौँ शताब्दीका ११ ओटा खोजहरुको बारेमा उल्लेख गरिएको छ । वर्गीकरण विज्ञान, सेल्सियस एकाइ, बिजुली, कार्बनडाइअक्साइड, हाइड्रोजन, अक्सिजन, स्टिम इन्जिन, फोटोसिन्थेसिस, प्यारासुट, पुछे«तारा र बिफरको खोपहरुको बारेमा यस भागमा उल्लेख गरिएको छ । जीवशास्त्रीहरु हरेक बिरुवा र प्राणीको प्रजातिलाई वर्गीकरण गर्ने गर्दछ । यस प्रणालीको सुरुवा गर्ने व्यक्ति कार्ल लिनिअस थिए । उनी जीवशास्त्री तथा डाक्टर थिए । साथै उनी एक ख्रीष्ट भक्त व्यक्ति थिए । संसारमा तापक्रम नाप्ने विभिन्न एकाईहरु रहेको पाइन्छ । ती मध्ये एक हो, सेल्सिइस । यसको आविष्कार खिस्टाब्द १९४२ मा एन्डर्स सेल्सियसले गरेका थिए । वर्तमान समयमा यदि हामीहरुको बिचमा बिजुली नहुने हो भनी कस्तो अवस्था हुन्थ्यो होला । ख्रिस्टाब्द १७२५ मा अमेरिकामा जन्मेका बेन्जामिन फ्र्याङ्लिनले बिजुलीको आबिष्कार गरेका थिए । उनी लेखक वैज्ञानिक तथा अन्वेषक थिए । उनी ख्रीष्टियान भन्दा पनि डिइस्ट थिए । उनले खिस्टानिटिको धार्मिक मान्यतालाई स्वीकार नगरेतापनि नैतिकपक्षहरुलाई पनि स्वीकार गर्दथे । उनले ईश्वरको अस्तित्व छ भन्ने कुरामा विश्वास भनी गर्दथे ।

      यस सांसरमा विभिन्न प्रकारका तत्त्वहरु मिलेर बनेको छ, जसमध्ये कार्बनडाइअक्साइड, हाडड्रोजन र अक्सिजन हो । कार्बनडाइअक्साइडको खोज ख्रिस्टाब्द १७५४ मा जोसेफ ब्ल्याकले गरेका थिए, हाडड्रोजनको १७६६ मा हेन्री क्याभेन्डिसले गरेका थिए । उनी अज्ञेयवादी थिए । अक्सिजनको खोज भनी ख्रिस्टाब्द १७७४ मा जोसेफ प्रिस्टलीले गरेका थिए । उनी वैज्ञानिक साथै ईश्वरशास्त्री थिए । वाफबाट चल्ने यन्त्रको बारेमा के ताईंले कहिल्यै सुन्नु भएको थियो । विद्युत, प्रट्रोल, डिजलबाट चल्ने इन्जिनभन्दा अघि बाफबाट चल्ने इन्जिनको प्रयोग गरिन्थ्यो जसको आविष्कार जेम्स वाटलाई दिइन्छ । उनी देववादी थिए भनी उनका माता पिता ख्रिस्टियन थिए ।

      पुस्तकको पाचौँ भागमा उन्नाइसौँ शताब्दीका खोजहरुको बारेमा उल्लेख गरिएको छ । जसमा ४० ओटा खोजहरु समावेश गरिएको छ । ब्याट्री देखि लिएर रेडियम सम्मका खोजहरु यस अध्यायमा समावेश गरिएको छ । उन्नाइसौँ शताब्दीका खोजहरु अन्तरगत ब्याट्री पर्दछ, जसको आविष्कार इटालियन नागरिक अलेस्यान्ड्रो भोल्टा थिए, जो एक ख्रीष्ट प्रेमी व्यक्ति थिए । पराबैगनी किरण एक किसिमको किरण हो, जसलाई मानिसको नाङ्गो आँखाले देख्न सक्दैन । जसको पत्ता जोहन विलहेल्म रिटरले गरका थिए, जो पोल्यान्डका एक ख्रिस्टियान थिए । यस्तै परमाणु, क्यालसियम, क्यामरा, स्टेथिस्कोप, कम्प्युटर र ब्रेल लिपी पत्ता लगाउने सबै व्यक्तिहरु ख्रिस्टियनहरु नै थिए । ख्रिस्टाब्द १८२५ मा हान्स ख्रिस्टियन ओस्र्टेडले आल्मेनियम पत्ता लागाएका थिए । उनको विश्वास भनी अनिश्चित रहेको छ । हामीहरुले प्रयोग गर्ने जेनेरटर, टेलिग्राफ, साइकलका निमार्णकर्ताहरु सबै ख्रीष्टलाई प्रेम गर्ने व्यक्तिहरु नै थिए । वरुण ग्रह पत्ता लगाउने याहान गटफ्रिड गउल भनी कुन धर्म मान्थे निश्चित छैन् । क्लोरोफर्म, बिद्यार्थी जीवनमा प्रयोग गरिएको फाउन्टेन पेन, लिस्ट, कीटाणुसम्बन्धी सिद्धान्त, नर्सिङ, रेडक्रस, विद्युत्चुम्बकीय विकिरण, आनुवंशिकी विज्ञान, एन्टिसेप्टिक शल्यव्रिmया जस्ता खोजहरुमा ख्रिस्टियनहरुको प्रमुख भुमिका रहेको छ । किनकि यी आविष्कार गर्नेहरु सबै ख्रिस्टियनहरु नै थिए ।

      इाइनामाइटको आबिष्कार गर्ने अल्फ्रेड नोबेल चाहिँ नास्तिक थिए । टाइपराइटर, पिरियोडिक टेबुल, एअर ब्रेक, अरुण ग्रह, टेलिफोन, फोनोग्राफ, मोटरसाइकल, कार, रेडियो तरङ्ग, भाइसर, डिजेल इन्जिन, एक्सरे, रेडियो, इसिजी, इलेक्ट्रोन, बुलेटप्रुफ भेस्ट र रेडियम उन्नाइसौँ शताब्दीको प्रमुख खोजहरु हो । जसमा ख्रिस्टियन, नास्तिक, देववादी, अज्ञेयवादी जस्ता विश्वास राख्ने व्यक्तिहरुले योजदान पुराएका छन् ।

      पुस्तकको छठौँ भागमा बिसौँ शताब्दीका खोजहरु अन्तरगत क्वान्टम सिद्धान्त देखि पेनड्राइभ सम्मका २९ ओटा खोजहरु समावेश गरिएको छ । यी खोजहरुमा क्वान्टम सिद्धान्त, रगतको किसिम, एसी, विमान, ओजन तह, इन्सुलिन, महाविस्फोटनको सिद्धान्त, पेन्सिलिन, प्लुटो, पृथ्वीको अन्तर्भाग, एमआरआई मेसिन र डाइनोसर पत्ता लगाउने व्यक्तिहरु ख्रिस्टिमाथि विश्वास गर्ने व्यक्तिहरु थिए । वायुमण्डलका तहहरु, कफी बनाउने मेसिन, रिमोट कन्ट्रोल, भेल्व्रmो, सेटलाइट, सिएमबी विकिरण, ब्लुटुथ जस्ता खोजहरु पत्ता लगाउने व्यक्तिहरुको विश्वास भने अनिश्चित रहेको पाइन्छ ।

       लेजर, सिएमबी विकिरण, मोबाइबल, गुगल र पेनड्राइभ पत्ता लगाउने व्यक्तिहरु यहुदीहरु थिए, जसले सत्य परमेश्वरमाथि विश्वास राख्दथे । न्युट्रोन, डिएनए, वल्र्ड वाइड वेब पत्ता लगाउनेहरु चाहिँ नास्तिक थिए, जसले परमेश्वरमाथि विश्वास गर्दैन थिए । यस्तै फोटोकपी मेसिन बनाउने व्यक्ति चेस्टर कार्लसन चाहिँ बौद्धमार्गी थिए ।

      पुस्तकको अन्तिम भाग सातौँ भाग एक्कासौँ शताब्दीका खोजहरुमा २ वटा महत्वपूर्ण खोजको बारेमा चर्चा गरिएको छ । जसमा विकिपिडिया जसको आविष्कार अमेरिकी नागरिक जिम्मी वेल्स र ल्यारी स्याङ्गर थिए । एक जना नास्तिक र अर्काे व्यक्ति खिस्टियन थिए । यस पुस्तकको अन्तिक खोजमा अहिले सबै भन्दा धेरै प्रयोग गरिने सामाजिक संजाल युट्युबको चर्चा गरिएको छ । जसको निमार्ण स्टिभ चेन, च्याड हर्ली र जन करिन हुन् । जो ख्रिस्टियन, अनिश्चित र मुस्लिम धर्ममा विश्वास राख्दथे ।

सकरात्मक पक्षः

      अङ्ग्रेजी भाषाहरुमा मात्र हुने यस्तो पुस्तकलाई नेपाली भाषामा लेखेर हामी जस्तो नेपाली भाषा अध्ययन गर्ने व्यक्तिहरुको जीवन सरल भएको छ । भाषागत कठिनाइलाई कम गरेर आफै भाषामा यस्तो पुस्तक अध्ययन गर्न पाउनु धेरै आशिष्को कुरा हो । १०१ खोजहरुमा अधिकांश रुपमा खिस्टियनहरु नै थियो, यो अर्को महत्वपूर्ण र असल कुरा हो । संसार परिवर्तन गर्नेहरुमा ख्रिस्टियनहरु नै अग्र स्थानमा थिए भन्ने कुरा कसैले नकार्न सक्दैन भन्ने कुराको प्रमाण यो पुस्तक पनि हुनेछ ।

नकरात्मक पक्षः

      पहिला र अहिले भाषाको शब्दहरुमा परिवर्तन भएकोले कति स्थानहरुमा अलि गाह्रो भएको थियो । जस्तैः ख्रिस्टाब्द, ख्रिस्टियन आदी । यस लेख अझै बृहत रुपमा भएको भए अझै असल हुन्थ्यो ।

निष्कर्षः

      यस पुस्तकलाई मुलतः ७ भागहरुमा विभाजन गरिएको छ । जसमा तेह्रौ शताब्दीदेखि एक्काइसौँ शताब्दीमा ख्रिस्टियानहरुले पत्ता लगाएका वा आविष्कार गरेका १०१ ओटा वैज्ञानिक खोजहरुको बारेमा उल्लेख गरिएको छ । म्याग्निफाइङ ग्लास देखि युट्युब सम्म १०१ ओटा खोजहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ख्रिस्टियानहरुले कसरी र कुन तरिकाहरुबाट ती खोजहरुमा अमुल्य योगदान दिए भनेर यस पुस्तकमा लेखिएको छ । ७ भागमा विभाजन गरिएको यस पुस्तकले हरेक शताब्दीहरुमा कसरी ख्रिस्टियानहरुले संसार बदल्न वैज्ञानिक खोजहरुद्वारा प्रयत्न गरे र उनीहरुका संघर्षका केही झलकहरु लेखकले दिन खोजेका छन् ।

By संगम श्रेष्ठ

संगम श्रेष्ठ लेखन पेशाका साथै ग्राफिक डिजाइनर, वेव डेप्लपर, लेखक, सम्पादक साथै शिक्षक हुन् । ५ भन्दा बढी पुस्तकहरूमा कलम चलाएका उनी ललितपुरमा बसोबास गर्छन् । इश्वरशास्त्रीय क्षेत्रमा पावल थियोलोजिक सेमिनारीबाट B.Th. का साथै हिमालयन ग्राजुएट स्कूल अफ थियोलोजीबाट M.Div. उर्तीण गरेका श्रेष्ठ हाल त्रिभुवन विश्वविद्घालयमा पत्रकारिता विषयमा M.A गर्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.