यशैयाको पुस्तकको परिचय
परिचय पवित्र बाइबलमा रहेका ऐतिहासिक पुस्तकहरू तथा ठूला अगमवक्ताहरूका पुस्तकहरूले परमेश्वर र मानिसबीचको सम्बन्ध, इस्राएलको इतिहास, मानिसको पाप, परमेश्वरको न्याय तथा उद्धारको योजनालाई विभिन्न दृष्टिकोणबाट प्रस्तुत गरेका छन् । तीमध्ये यशैया पुस्तक मेरो लागि विशेष महत्त्वपूर्ण पुस्तक हो । यस पुस्तकमा तत्कालीन इस्राएलको सामाजिक, धार्मिक र राजनीतिक अवस्थाको चित्रण मात्र नभई परमेश्वरको पवित्रता, न्याय, अनुग्रह, पश्चात्ताप, उद्धार र आउने मसीहसम्बन्धी अत्यन्त गहिरा सन्देशहरू पाइन्छन् । यशैया पुस्तकलाई अध्ययन गर्दा मैले एउटा महत्वपूर्ण कुरा बुझ्न सकेँ । परमेश्वरको न्याय र उहाँको प्रेम एक अर्काका विरोधी होइनन् । मानिसको पापप्रति परमेश्वर गम्भीर हुनुहुन्छ, तर उहाँले मानिसलाई विनाशमा छोड्न चाहनुहुन्न । त्यसैले न्यायको…