जब पवित्र धर्मशास्त्र बोल्दछ...

✝️ म विश्वास गर्दछु, एक परमेश्वर सर्वशक्तिमान् पिता, स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुनेमाथि। अनि उहाँको एक्लो पुत्र, हाम्रा प्रभु येशू ख्रीष्टमाथि, जो पवित्र आत्माको शक्तिबाट गर्भ धारण हुनुभयो, कन्या मरियमदेखि जन्मनुभयो, जसले पन्तियस पिलातसको अधीनमा दुःख भोग्नुभयो, क्रुसमा टाँगिनुभयो, मर्नुभयो, गाडिनुभयो, तेस्रो दिनमा मरेकाहरूबाट बिउँतनुभयो, स्वर्गमा चढ्नुभयो, सर्वशक्तिमान् परमेश्वर पिताको दाहिने हातपट्टि बस्नुभएको छ, जहाँदेखि उहाँ जीवित र मरेकाहरूको न्याय गर्न फेरि आउनुहुनेछ। म विश्वास गर्दछु पवित्र आत्मामाथि, पवित्र मण्डलीमाथि, पवित्रहरूको सङ्गतिमाथि, पापमोचनमाथि, शरीरको पुनरुत्थानमाथि, र अजम्मरी जीवनमाथि। आमिन्।
यशैयाको पुस्तकको परिचय

यशैयाको पुस्तकको परिचय

परिचय पवित्र बाइबलमा रहेका ऐतिहासिक पुस्तकहरू तथा ठूला अगमवक्ताहरूका पुस्तकहरूले परमेश्वर र मानिसबीचको सम्बन्ध, इस्राएलको इतिहास, मानिसको पाप, परमेश्वरको न्याय तथा उद्धारको योजनालाई विभिन्न दृष्टिकोणबाट प्रस्तुत गरेका छन् । तीमध्ये यशैया पुस्तक मेरो लागि विशेष महत्त्वपूर्ण पुस्तक हो । यस पुस्तकमा तत्कालीन इस्राएलको सामाजिक, धार्मिक र राजनीतिक अवस्थाको चित्रण मात्र नभई परमेश्वरको पवित्रता, न्याय, अनुग्रह, पश्चात्ताप, उद्धार र आउने मसीहसम्बन्धी अत्यन्त गहिरा सन्देशहरू पाइन्छन् । यशैया पुस्तकलाई अध्ययन गर्दा मैले एउटा महत्वपूर्ण कुरा बुझ्न सकेँ  । परमेश्वरको न्याय र उहाँको प्रेम एक अर्काका विरोधी होइनन् । मानिसको पापप्रति परमेश्वर गम्भीर हुनुहुन्छ, तर उहाँले मानिसलाई विनाशमा छोड्न चाहनुहुन्न । त्यसैले न्यायको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.