जब पवित्र धर्मशास्त्र बोल्दछ...

✝️ म विश्वास गर्दछु, एक परमेश्वर सर्वशक्तिमान् पिता, स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुनेमाथि। अनि उहाँको एक्लो पुत्र, हाम्रा प्रभु येशू ख्रीष्टमाथि, जो पवित्र आत्माको शक्तिबाट गर्भ धारण हुनुभयो, कन्या मरियमदेखि जन्मनुभयो, जसले पन्तियस पिलातसको अधीनमा दुःख भोग्नुभयो, क्रुसमा टाँगिनुभयो, मर्नुभयो, गाडिनुभयो, तेस्रो दिनमा मरेकाहरूबाट बिउँतनुभयो, स्वर्गमा चढ्नुभयो, सर्वशक्तिमान् परमेश्वर पिताको दाहिने हातपट्टि बस्नुभएको छ, जहाँदेखि उहाँ जीवित र मरेकाहरूको न्याय गर्न फेरि आउनुहुनेछ। म विश्वास गर्दछु पवित्र आत्मामाथि, पवित्र मण्डलीमाथि, पवित्रहरूको सङ्गतिमाथि, पापमोचनमाथि, शरीरको पुनरुत्थानमाथि, र अजम्मरी जीवनमाथि। आमिन्।
दाउदको करार : बाइबलीय, ऐतिहासिक तथा धर्मशास्त्रीय विश्लेषण

दाउदको करार : बाइबलीय, ऐतिहासिक तथा धर्मशास्त्रीय विश्लेषण

दाउदको करार (Davidic Covenant) पुरानो करारको धर्मशास्त्रमा अत्यन्त महत्वपूर्ण अवधारणा हो, जसको प्रमुख विवरण २ शमूएल ७:८–१६ मा पाइन्छ। यस करारमा परमेश्वरले दाउदको “घराना,” “राज्य” र “सिंहासन”लाई स्थायित्व दिने प्रतिज्ञा गर्नुभएको देखिन्छ। दाउदले परमेश्वरका लागि एउटा “घर” निर्माण गर्न चाहेको अवस्थामा परमेश्वरले उल्टै दाउदका लागि “घर” निर्माण गर्ने प्रतिज्ञा गर्नु यस आख्यानको साहित्यिक तथा धर्मशास्त्रीय केन्द्र हो। करारको तत्कालीन सन्दर्भमा यसको सम्बन्ध दाउदको राजवंश र विशेषतः सोलोमनसँग देखिन्छ; तर पछिल्ला बाइबलीय ग्रन्थहरूमा यसले दाउदवंशी राजाको भविष्यगत आशा तथा मसीही अपेक्षालाई आकार दिन्छ। आधुनिक बाइबलीय अध्ययनमा दाउदको करारलाई प्राचीन निकटपूर्वका राजवंशी प्रतिज्ञा/अनुदान (royal grant) परम्परासँग तुलना गरिए पनि यसको बाइबलीय स्वरूपलाई…
Read More
को हुन् प्रधान पूजाहारी मल्कीसेदेक

को हुन् प्रधान पूजाहारी मल्कीसेदेक

प्रधान पूजाहारी मल्कीसेदेक (हिब्रू ७:१–२८) हिब्रूको पुस्तकको मुख्य उद्देश्य येशू ख्रीष्ट सबैभन्दा महान् हुनुहुन्छ भन्ने कुरा प्रमाणित गर्नु हो। उहाँ स्वर्गदूतहरूभन्दा महान् हुनुहुन्छ, मोशाभन्दा महान् हुनुहुन्छ, यहोशूपेक्षा महान् हुनुहुन्छ, र हारूनको पूजाहारीपनभन्दा पनि उच्च तथा सिद्ध प्रधान पूजाहारी हुनुहुन्छ। विशेष गरी हिब्रू अध्याय ७ मा लेखकले येशू ख्रीष्टको प्रधान पूजाहारीपनलाई प्रमाणित गर्न मल्कीसेदेकको उदाहरण प्रस्तुत गरेका छन्। पुरानो करारअनुसार प्रधान पूजाहारी बन्नका लागि लेवी कुल, विशेष गरी हारूनको वंशबाट हुनुपर्ने व्यवस्था थियो (प्रस्थान २८:१; गन्ती १८:१–७)। तर येशू ख्रीष्ट यहूदाको कुलबाट जन्मनुभएको थियो (हिब्रू ७:१४)। त्यसैले यहूदीहरूका लागि उहाँ प्रधान पूजाहारी कसरी हुन सक्नुहुन्थ्यो भन्ने प्रश्न स्वाभाविक थियो। यही प्रश्नको…
Read More
योएलको पुस्तकको व्याख्या (The Book of Joel)

योएलको पुस्तकको व्याख्या (The Book of Joel)

योएलकोपुस्तक (The Book of Joel) परिचय: लेखक:  योएल लेखिएको मिति: ८३५-८३० ई. स.अनुमान मुख्य विषय:  परमप्रभुको महान र भयानक दिन  योएल अर्थ: "परमप्रभु परमेश्वर हुनुहुन्छ" हो। योएलको पिताको नाम: "पतुएल" हो। १:१   समय  बाइबलका विभिन्न ईश्वरशास्त्रीका अनुसार अगमवक्ता योएल यहूदा र यरुशलेमको निम्ति नियुक्त गरिएको अगमवक्ता थिए, भनि अनुमान गरिएको छ। त्यो समयमा योएल धेरै पुजाहारिहरुसंग चिरपरिचित भएको कारणले गर्दा उनलाई कतिजनाले "पूजाहारीय" अगमवक्ता थिए, भन्ने अनुमान पनि गरेका छन्। ऎतिहसिकसन्दर्भ  योएलले कुनै पनि राजा वा मिति निर्धारण गर्न सकिने गरि कुनै पनि ऎतिहासिक घटनाको बारेमा बताएका छैनन्। त्यहि कारणले गर्दा उनको अगम्वाणीय सेवा र सन्देशको मिति कहिले थियो…
Read More
पञ्च पुस्तकको परिचय

पञ्च पुस्तकको परिचय

पुरानो करारका पहिलो पाँच पुस्तकहरु उत्पत्ति, प्रस्थान, लेवी, गन्ती र व्यवस्थालाई एकै समूहमा समावेश गरी ‘पञ्चग्रन्थ’ नामाकरण गरी अध्ययन गर्न सकिन्छ । बाइबलको सुरुवात पञ्चपुस्तकबाट सुरु हुने गर्दछ । जुन ख्रीष्टियनहरुको पुरानो करार पहिलो पाँच पुस्तकहरु र यहुदीहरुको धर्मग्रन्थ तोरह हो । तोरहको शब्दको अर्थ ‘शिक्षा, सिद्धान्त वा अर्ती’ भन्ने हुन्छ । मोशाको पुस्तकमा पाँचओटा पुस्तकहरु छन्ः उत्पत्ति, प्रस्थान, लेवीहरु, गन्ती र व्यवस्था यी पुस्तकहरुलाई मोशाको नियमको पुस्तक वा पञ्चग्रन्थ भनिन्छि । जसलाई अंग्रेजीमा पेन्टाटुक भनिन्छि । पञ्चपुस्तकको बारेमा लेखक डन् फ्लेमिङ भन्छन्, “ख्रीष्टियन शताब्दीको आरम्भ वा सम्भवतः त्योभन्दा अघिदेखि नै पुरानो करारको पहिलो पाँच पुस्तकहरुको समूहलाई ‘पञ्च पुस्तक’ भनिने…
Read More
पुरानो करारको संक्षिप्त परिचय

पुरानो करारको संक्षिप्त परिचय

बाइबलको पहिलो भाग पुरानो करार हो । पुरानो करारमा जम्मा ३९ वटा पुस्तकहरू रहेका छन् । यी पुस्तकहरूको लेखक विशेष गरी यहुदीहरू नै हुन् । पुरानो करारमा विशेष गरी परमेश्वरले आफ्ना मानिसहरूलाई कसरी अगुवाई गर्नुभयो र उनीहरू सुरक्षा गर्नु भयो भन्ने कुरामा आधारित भएता पनि यसको संदेश सम्पूर्ण मानव जातिको लागि उद्धारको योजनामा आधारित छ । रिक सि.हावाई पुरानो करारमा बारेमा लेख्छन्, “पुरानो करारले यहुदी राज्यको बारेका धेरै ऐतिहासिक तथ्यहरू बताउँछ तर यो इतिहासभन्दा पनि धेरै छ । परमेश्वर आफै मानिसहरूकहाँ प्रकट हुनुभएको कुरा हामीलाई बताउने पवित्र इतिहास यो हो । इस्राएल भनिने राज्यसँग परमेश्वरले कसरी काम गर्नुभयो भन्ने कुरा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.