योएलको पुस्तकको व्याख्या (The Book of Joel)
योएलकोपुस्तक (The Book of Joel) परिचय: लेखक: योएल लेखिएको मिति: ८३५-८३० ई. स.अनुमान मुख्य विषय: परमप्रभुको महान र भयानक दिन योएल अर्थ: "परमप्रभु परमेश्वर हुनुहुन्छ" हो। योएलको पिताको नाम: "पतुएल" हो। १:१ समय बाइबलका विभिन्न ईश्वरशास्त्रीका अनुसार अगमवक्ता योएल यहूदा र यरुशलेमको निम्ति नियुक्त गरिएको अगमवक्ता थिए, भनि अनुमान गरिएको छ। त्यो समयमा योएल धेरै पुजाहारिहरुसंग चिरपरिचित भएको कारणले गर्दा उनलाई कतिजनाले "पूजाहारीय" अगमवक्ता थिए, भन्ने अनुमान पनि गरेका छन्। ऎतिहसिकसन्दर्भ योएलले कुनै पनि राजा वा मिति निर्धारण गर्न सकिने गरि कुनै पनि ऎतिहासिक घटनाको बारेमा बताएका छैनन्। त्यहि कारणले गर्दा उनको अगम्वाणीय सेवा र सन्देशको मिति कहिले थियो…