जब पवित्र धर्मशास्त्र बोल्दछ...

✝️ म विश्वास गर्दछु, एक परमेश्वर सर्वशक्तिमान् पिता, स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुनेमाथि। अनि उहाँको एक्लो पुत्र, हाम्रा प्रभु येशू ख्रीष्टमाथि, जो पवित्र आत्माको शक्तिबाट गर्भ धारण हुनुभयो, कन्या मरियमदेखि जन्मनुभयो, जसले पन्तियस पिलातसको अधीनमा दुःख भोग्नुभयो, क्रुसमा टाँगिनुभयो, मर्नुभयो, गाडिनुभयो, तेस्रो दिनमा मरेकाहरूबाट बिउँतनुभयो, स्वर्गमा चढ्नुभयो, सर्वशक्तिमान् परमेश्वर पिताको दाहिने हातपट्टि बस्नुभएको छ, जहाँदेखि उहाँ जीवित र मरेकाहरूको न्याय गर्न फेरि आउनुहुनेछ। म विश्वास गर्दछु पवित्र आत्मामाथि, पवित्र मण्डलीमाथि, पवित्रहरूको सङ्गतिमाथि, पापमोचनमाथि, शरीरको पुनरुत्थानमाथि, र अजम्मरी जीवनमाथि। आमिन्।
ख्रीष्ट र मार्क्सलाई बुझ्ने कि आरोप लगाएर पन्छिने “साैरभ ज्यू”?

ख्रीष्ट र मार्क्सलाई बुझ्ने कि आरोप लगाएर पन्छिने “साैरभ ज्यू”?

ख्रीष्ट र मार्क्सलाई बुझ्ने कि आरोप लगाएर पन्छिने? आज सामाजिक सञ्जालमा धर्म, विज्ञान र राजनीतिक विचारधाराबारे तीखा टिप्पणीहरू पढ्न पाइन्छन्। प्रस्तुत पोस्टमा पनि मार्क्स र ख्रीष्टलाई एउटै प्रसङ्गमा राख्दै ख्रीष्टियन विश्वासमाथि केही गम्भीर आरोप लगाइएको छ। त्यसमा ज्योतिष र तन्त्र नपढेको, विज्ञानले नसमेटेका विषयहरूलाई स्वीकार गरेको, चमत्कार, पैसा, औषधि र विभिन्न प्रलोभनका कारण मानिसहरू धर्म परिवर्तन गराइएका छन् भन्ने आशय देखिन्छ। यस्ता दाबीलाई भावनात्मक रूपमा होइन, तर्क, इतिहास र मूल स्रोतका आधारमा जाँच्नुपर्छ। १. ख्रीष्टियन धर्मको आधार ज्योतिष वा तन्त्र होइन सबैभन्दा पहिले एउटा आधारभूत भ्रम हटाउन आवश्यक छ। ख्रीष्टियन विश्वासले मानिसलाई ज्योतिष, तन्त्र वा भविष्यवाणी गर्ने अभ्यासहरू अध्ययन नगरेको…
Read More
आत्मिक अनुशासनका प्रमुख आधारहरू

आत्मिक अनुशासनका प्रमुख आधारहरू

               आत्मिक अनुशासन भन्नाले ख्रीष्टियन जीवनलाई स्थिर, बलियो, पवित्र र फलदायी बनाउनका लागि गरिने ती आत्मिक अभ्यासहरूलाई जनाउँछ, जसले विश्वासीलाई परमेश्वरसँग गहिरो सम्बन्धमा लैजान्छ। आत्मिक अनुशासनको उद्देश्य केवल बाहिरी धार्मिक विधिविधान होइन, तर विश्वासीको चरित्र निर्माण, आत्मिक परिपक्वता, पवित्र जीवन र सेवकाईमा प्रभावकारीता हो।  प्रेरित पावलले स्पष्ट रूपमा भनेका छन्: “भक्तिहीन र अर्थहीन कथाहरूदेखि एकदमै अलग बस। बरु आफैलाई भक्तिमा तालिम देऊ। किनभने शारीरिक तालिम केहीसम्‍म लाभको हुन्‍छ, तर ईश्‍वरभक्तिचाहिँ हरप्रकारले लाभदायक हुन्‍छ, किनकि यसमा वर्तमान र भविष्‍यत्‌ जीवन दुवैको निम्‍ति प्रतिज्ञा रहेको हुन्‍छ।” (१ तिमोथी ४:७–८) यस पदले आत्मिक अनुशासनलाई अर्थात् “प्रशिक्षण” को रूपमा चित्रण गर्दछ। जसरी खेलाडीले पदक जित्न…
Read More
सामाजिक न्यायको बाइबलीय आधार

सामाजिक न्यायको बाइबलीय आधार

सामाजिक न्याय (Social Justice) आज विश्वव्यापी रूपमा बहसको विषय बनेको छ। मानव अधिकार, समान अवसर, गरिबी निवारण, लैङ्गिक समानता, जातीय विभेदको अन्त्य, बालअधिकार, श्रमिकको सम्मान तथा शान्तिपूर्ण सहअस्तित्वजस्ता विषयहरू सामाजिक न्यायका महत्वपूर्ण पक्ष मानिन्छन्। यी विषयहरू आधुनिक अन्तर्राष्ट्रिय कानुन र मानव अधिकार घोषणापत्रमा मात्र सीमित छैनन्; यिनको गहिरो नैतिक आधार प्राचीन धार्मिक ग्रन्थहरूमा पनि पाइन्छ। बाइबल त्यस्ता ग्रन्थहरूमध्ये एक हो, जसले मानव मर्यादा, न्याय, दया, उत्तरदायित्व र प्रेमलाई सामाजिक जीवनको आधारभूत मूल्यका रूपमा प्रस्तुत गर्दछ। बाइबलको सामाजिक न्यायसम्बन्धी शिक्षालाई केवल कुनै विशेष धर्मावलम्बीका लागि मात्र होइन, नैतिक दर्शन, सामाजिक विज्ञान, मानव अधिकार र सार्वजनिक नीतिको दृष्टिकोणबाट पनि अध्ययन गर्न सकिन्छ।…
Read More
धर्मीकरण, पवित्रीकरण र महिमिकरणको अन्तरसम्बन्ध

धर्मीकरण, पवित्रीकरण र महिमिकरणको अन्तरसम्बन्ध

ख्रीष्टीय मुक्तिको सिद्धान्त (Order of Salvation / Ordo Salutis) अन्तर्गत तीनवटा केन्द्रीय अवधारणाहरूले विशेष स्थान ओगट्छन्: धर्मीकरण (Justification), पवित्रीकरण (Sanctification), र महिमिकरण (Glorification)। यी तीनवटै शब्द एकआपसमा सम्बन्धित भए पनि, प्रत्येकको आफ्नै फरक अर्थ, समय-सन्दर्भ र धर्मशास्त्रीय आधार छ। धेरैजसो विश्वासीहरूले यी शब्दहरूलाई पर्यायवाचीको रूपमा प्रयोग गर्ने गरेको पाइन्छ, तर सुधारवादी (Reformed) र इभान्जेलिकल धर्मशास्त्रले यिनलाई मुक्तिको प्रक्रियाका फरक-फरक चरणका रूपमा स्पष्ट रूपले छुट्याउँछ। यस लेखले बाइबलका सान्दर्भिक पदहरूको आधारमा र प्रमुख धर्मशास्त्रीहरूको दृष्टिकोणसहित यी तीन अवधारणाहरूलाई विश्लेषणात्मक रूपमा प्रस्तुत गर्नेछ। 5 Solas अध्ययनको लागि यहाँ Click गर्नुहोस् । १. धर्मीकरण (Justification) १.१ परिभाषा र प्रकृति धर्मीकरण भनेको परमेश्वरले पापी…
Read More
योना किन निनवे जान मानेनन्?

योना किन निनवे जान मानेनन्?

परिचयात्मक पृष्ठभूमि र विषय प्रवेश 'बुक अफ योना' (Book of Jonah) केवल एक धार्मिक लोककथा वा माछाको पेटभित्र तीन दिन बस्ने भविष्यवक्ताको चमत्कारिक कहानी मात्र होइन। यो प्राचीन साहित्यको एउटा यस्तो उत्कृष्ट कृति हो जसले मानव स्वभावको संकुचित दायरा र ईश्वरीय प्रेमको असीमित आयामबीचको टक्करलाई प्रस्तुत गर्दछ। यस कथाका मुख्य नायक योना, इस्राएलको उत्तरी राज्यका एक प्रतिष्ठित भविष्यवक्ता थिए, जसको उल्लेख '२ राजा १४:२५' मा पनि पाइन्छ। उनी आफ्नो राष्ट्र र जातिका प्रति अत्यन्तै बफादार र देशभक्त नागरिक थिए। एक दिन, उनको जीवनमा एउटा यस्तो मोड आउँछ जसले उनको सम्पूर्ण धार्मिक विश्वास, राष्ट्रियता र व्यक्तिगत सुरक्षालाई चुनौती दिन्छ। परमेश्वरले उनलाई…
Read More
येशूको आगमनले संसारमा ल्याएका ७ परिवर्तनहरू

येशूको आगमनले संसारमा ल्याएका ७ परिवर्तनहरू

येशू ख्रीष्टको क्रान्ति हतियार, राजनीति वा कानुनको बलमा होइन, बरु केवल प्रेम, करुणा र बलिदानको जगमा उभिएको थियो । प्राचीन संसारको त्यो क्रूर युगमा जहाँ गरिब, दास, महिला र बालबालिकालाई पशुसरह हेला गरिन्थ्यो र 'ग्लाडिएटर' जस्ता खेलका नाममा मानिसलाई मानिसकै अगाडि मारिन्थ्यो । त्यहाँ येशूले हरेक टुटेका र हेपिएका हृदयलाई अंगाल्नु भयो  । उहाँले संसारलाई "आँखाको बदला आँखा" होइन, बरु क्रुसको पीडामा छँदा पनि आफ्ना हत्याराहरूलाई क्षमा गर्दै "हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्" भन्न सिकाउनुभयो । यही क्षमा र प्रेमको बीउले नै इतिहासका अँध्यारा पानाहरूबाट दासप्रथा, सतीप्रथा र शिशु हत्या जस्ता क्रूरताहरूलाई सदाका लागि मेटाइदियो, जसको जगमा आजको मानव अधिकार,…
Read More
बाइबल आज पनि सान्दर्भिक छ ?

बाइबल आज पनि सान्दर्भिक छ ?

आजको विज्ञान, प्रविधि, कृत्रिम बुद्धिमत्ता (AI), सामाजिक सञ्जाल र तीव्र परिवर्तनको युगमा धेरै मानिसहरूले प्रश्न गर्छन् “हजारौं वर्ष पुरानो बाइबल आज पनि सान्दर्भिक छ त?” ख्रीष्टियन दृष्टिकोणबाट हेर्दा बाइबल केवल प्राचीन पुस्तक मात्र होइन, परमेश्वरको जीवित वचन हो, जसले हरेक युगका मानिसहरूलाई सत्य, मार्गदर्शन र आशा प्रदान गर्छ। १. बाइबलले मानव स्वभावको सत्य चित्रण गर्छ समय बदलिन्छ, प्रविधि बदलिन्छ, तर मानिसको आधारभूत स्वभाव उस्तै रहन्छ। आज पनि मानिस प्रेम, शान्ति, क्षमा, अर्थपूर्ण जीवन र आशाको खोजीमा छ। साथै लोभ, घृणा, ईर्ष्या, स्वार्थ र पापका समस्याहरू पनि यथावत् छन्। बाइबलले यी सबै विषयहरूको यथार्थ चित्रण गर्दछ। त्यसैले यसको सन्देश आज पनि…
Read More
सन् ३२५ को नाइसिया परिषद्: चर्च, राजनीति र धर्मशास्त्रबीचको ऐतिहासिक संघर्ष

सन् ३२५ को नाइसिया परिषद्: चर्च, राजनीति र धर्मशास्त्रबीचको ऐतिहासिक संघर्ष

परिचय नाइसिया परिषद् मानव सभ्यताको धार्मिक तथा राजनीतिक इतिहासमा अत्यन्त महत्वपूर्ण घटनामध्ये एक मानिन्छ। सन् ३२५ मा आयोजित यस विशाल धार्मिक सभाले केवल ख्रीष्टियन विश्वासको सिद्धान्तलाई मात्र व्यवस्थित गरेन, यसले रोमी साम्राज्यको राजनीतिक एकता, धार्मिक अधिकार, चर्च प्रशासन तथा भावी युरोपेली सभ्यताको संरचनामाथि पनि गहिरो प्रभाव पारेको थियो। यो परिषद् कोन्स्टाइन महान (Constantine the Great)  को पहलमा आयोजना गरिएको थियो। परिषद् Nicaea मा सम्पन्न भएको थियो, जुन वर्तमान İznik क्षेत्रमा पर्दछ। यस सभामा करिब ३०० भन्दा बढी बिशपहरू सहभागी भएका थिए। उनीहरू रोमी साम्राज्यका विभिन्न भाग अलेक्जान्ड्रिया, एन्टिओक, यरूशलेम, रोम, क्यापाडोसिया, सिरिया तथा एशिया माइनरबाट आएका थिए। नाइसिया परिषद् विशेष…
Read More
एलियालाई एलिशाले “दोब्बर भाग” दिनुहोस् भन्नुको अर्थ चाहिँ के हो ?

एलियालाई एलिशाले “दोब्बर भाग” दिनुहोस् भन्नुको अर्थ चाहिँ के हो ?

यो प्रश्न बाइबल (पुरानो करार) को गहिरो धर्मशास्त्रीय अर्थसँग जोडिएको छ। विशेष गरी २ राजा २:९ मा एलिशाले एलियासँग गरेको अनुरोध हो।  “तपाईंमा भएको आत्माको दोब्बर भाग मलाई दिनुहोस्।” के एलिशाले “दोहोर्‍याएर शक्ति चाहियो” भन्नेको हो  त? होइन । एलिशाले “एलियाभन्दा दुई गुणा चमत्कार गर्न” वा “अझ ठूलो भविष्यवक्ता बन्न” चाहेको होइन। त्यसो भए “दोब्बर भाग (Double Portion)” भनेको चाहिँ के हो ? र यसको  ऐतिहासिक अर्थ के हो ? यसलाई यहूदी कानुनी सन्दर्भ हेर्नु पर्दछ । व्यवस्था २१:१७ अनुसार जेठो छोराले बुवाको सम्पत्तिमा दोब्बर भाग पाउँथ्यो । यसले उत्तराधिकारी (legal heir) भन्ने अर्थ राख्थ्यो त्यसैले “double portion” भन्नाले उत्तराधिकार,…
Read More
परमेश्वर अदृश्य भएतापनि कसरी व्यक्तिगत हुनुहुन्छ ?

परमेश्वर अदृश्य भएतापनि कसरी व्यक्तिगत हुनुहुन्छ ?

मानिसहरूले प्रायः एउटा प्रश्न सोध्छन् “यदि परमेश्वरलाई देख्न सकिँदैन भने उहाँ कसरी वास्तविक र व्यक्तिगत हुन सक्नुहुन्छ ?” धेरै मानिसहरूलाई लाग्छ कि कुनै व्यक्ति हुनको लागि शरीर, अनुहार, वा दृश्य स्वरूप हुनुपर्छ। तर बाइबलले सिकाउने परमेश्वर केवल कुनै शक्ति, ऊर्जा, वा निराकार प्रभाव मात्र होइन; उहाँ जीवित, सचेत, प्रेममय, र सम्बन्ध राख्ने व्यक्तिगत परमेश्वर हुनुहुन्छ। “परमेश्वर अवैयक्तिक ‘शक्ति’ नभएर व्यक्तित्व सम्पन्न व्यक्ति हुनुहुन्छ । उहाँसित ज्ञान, शक्ति, इच्छा अनि भावना छ । मानिस जातिको पनि ज्ञान, शक्ति, इच्छा अनि भावना हुन्छ । तर यसको अर्थ परमेश्वर मानिस जस्तो हुनुहुन्छ भन्ने हुँदैन (होशे ११ः९) । यसको विपरीत यी गुणहरु परमेश्वरमा भएका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.