जब पवित्र धर्मशास्त्र बोल्दछ...

✝️ म विश्वास गर्दछु, एक परमेश्वर सर्वशक्तिमान् पिता, स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुनेमाथि। अनि उहाँको एक्लो पुत्र, हाम्रा प्रभु येशू ख्रीष्टमाथि, जो पवित्र आत्माको शक्तिबाट गर्भ धारण हुनुभयो, कन्या मरियमदेखि जन्मनुभयो, जसले पन्तियस पिलातसको अधीनमा दुःख भोग्नुभयो, क्रुसमा टाँगिनुभयो, मर्नुभयो, गाडिनुभयो, तेस्रो दिनमा मरेकाहरूबाट बिउँतनुभयो, स्वर्गमा चढ्नुभयो, सर्वशक्तिमान् परमेश्वर पिताको दाहिने हातपट्टि बस्नुभएको छ, जहाँदेखि उहाँ जीवित र मरेकाहरूको न्याय गर्न फेरि आउनुहुनेछ। म विश्वास गर्दछु पवित्र आत्मामाथि, पवित्र मण्डलीमाथि, पवित्रहरूको सङ्गतिमाथि, पापमोचनमाथि, शरीरको पुनरुत्थानमाथि, र अजम्मरी जीवनमाथि। आमिन्।
पुरानो करारको संक्षिप्त परिचय

पुरानो करारको संक्षिप्त परिचय

बाइबलको पहिलो भाग पुरानो करार हो । पुरानो करारमा जम्मा ३९ वटा पुस्तकहरू रहेका छन् । यी पुस्तकहरूको लेखक विशेष गरी यहुदीहरू नै हुन् । पुरानो करारमा विशेष गरी परमेश्वरले आफ्ना मानिसहरूलाई कसरी अगुवाई गर्नुभयो र उनीहरू सुरक्षा गर्नु भयो भन्ने कुरामा आधारित भएता पनि यसको संदेश सम्पूर्ण मानव जातिको लागि उद्धारको योजनामा आधारित छ । रिक सि.हावाई पुरानो करारमा बारेमा लेख्छन्, “पुरानो करारले यहुदी राज्यको बारेका धेरै ऐतिहासिक तथ्यहरू बताउँछ तर यो इतिहासभन्दा पनि धेरै छ । परमेश्वर आफै मानिसहरूकहाँ प्रकट हुनुभएको कुरा हामीलाई बताउने पवित्र इतिहास यो हो । इस्राएल भनिने राज्यसँग परमेश्वरले कसरी काम गर्नुभयो भन्ने कुरा…
Read More
बाइबलको परिचयः एक अद्वितीय पुस्तक

बाइबलको परिचयः एक अद्वितीय पुस्तक

परिचय संसारमा करिब ४,३०० धर्महरू रहेको पाइन्छ । यी धर्महरूमा प्रमुख धर्महरू ख्रीष्टियान, इस्लाम, हिन्दु, बुद्धिष्ट र यहुदी धर्म मानिन्छ । संसारमा ख्रीष्टियन ३३ प्रतिशत, इस्लाम २१ प्रतिशत, हिन्दु १४ प्रतिशत, बौद्ध ५ प्रतिशत र यहुदी ०.२२ प्रतिशत रहेको पाइन्छ । हेरक धर्मको आफ्नो आस्था अनुरुपको आफ्नै धर्मशास्त्र हुने गर्दछ । ख्रीष्टियानको बाइबल, इस्लामको कुअरान, हिन्दुको वेद, बुद्धिष्टको त्रिपिटक र यहुदीको तालमुड नै उनीहरूको धर्मशास्त्र हो । बिशेषगरी धर्मशास्त्रले त्यस धर्मका अनुयायीहरूलाई धार्मिक कुराहरूको बारेमा सिकाउँने गर्दछ र समाजमा एक चरित्रवान नैतिक व्यक्तिको रुपमा स्थापित गर्न सिकाउँछ । साथै उनीहरूले गर्ने विश्वास र परम्पराको बारेमा पनि धर्मशास्त्रले बताउँछ । साथै…
Read More
बाइबलको अद्वितीयता ||Uniqueness of the Bible||

बाइबलको अद्वितीयता ||Uniqueness of the Bible||

परिचय             बाइबल संसारकै सबैभन्दा धेरै पढिएको, अनुवाद गरिएको र प्रभावशाली पुस्तक हो। यो केवल धार्मिक ग्रन्थ मात्र नभई, विश्वास, इतिहास, नैतिकता र आत्मिक जीवनको आधार हो। संसारमा धेरै धार्मिक पुस्तकहरू भए तापनि बाइबल आफ्नो उत्पत्ति, सन्देश, संरचना, विश्वसनीयता र जीवन परिवर्तन गर्ने शक्तिका कारण पूर्णतः अद्वितीय छ।             बाइबलको विशेषता यसमा छ कि यो एउटै पुस्तक जस्तो देखिए पनि वास्तवमा ६६ वटा पुस्तकहरूको संग्रह हो, जुन फरक–फरक समयमा, फरक–फरक लेखकद्वारा लेखिएको हो। यति धेरै विविधता हुँदाहुँदै पनि यसको सन्देश एकीकृत छ। बाइबल एक अद्वितीय र ईश्वरीय पुस्तक हो, जसले १५०० वर्षभन्दा बढी समय, ४० भन्दा बढी लेखक, र विभिन्न…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.