जब पवित्र धर्मशास्त्र बोल्दछ...

✝️ म विश्वास गर्दछु, एक परमेश्वर सर्वशक्तिमान् पिता, स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुनेमाथि। अनि उहाँको एक्लो पुत्र, हाम्रा प्रभु येशू ख्रीष्टमाथि, जो पवित्र आत्माको शक्तिबाट गर्भ धारण हुनुभयो, कन्या मरियमदेखि जन्मनुभयो, जसले पन्तियस पिलातसको अधीनमा दुःख भोग्नुभयो, क्रुसमा टाँगिनुभयो, मर्नुभयो, गाडिनुभयो, तेस्रो दिनमा मरेकाहरूबाट बिउँतनुभयो, स्वर्गमा चढ्नुभयो, सर्वशक्तिमान् परमेश्वर पिताको दाहिने हातपट्टि बस्नुभएको छ, जहाँदेखि उहाँ जीवित र मरेकाहरूको न्याय गर्न फेरि आउनुहुनेछ। म विश्वास गर्दछु पवित्र आत्मामाथि, पवित्र मण्डलीमाथि, पवित्रहरूको सङ्गतिमाथि, पापमोचनमाथि, शरीरको पुनरुत्थानमाथि, र अजम्मरी जीवनमाथि। आमिन्।
cvcvcvcvcv

पुरानो करारको संक्षिप्त परिचय

बाइबलको पहिलो भाग पुरानो करार हो । पुरानो करारमा जम्मा ३९ वटा पुस्तकहरू रहेका छन् । यी पुस्तकहरूको लेखक विशेष गरी यहुदीहरू नै हुन् । पुरानो करारमा विशेष गरी परमेश्वरले आफ्ना मानिसहरूलाई कसरी अगुवाई गर्नुभयो र उनीहरू सुरक्षा गर्नु भयो भन्ने कुरामा आधारित भएता पनि यसको संदेश सम्पूर्ण मानव जातिको लागि उद्धारको योजनामा आधारित छ । रिक सि.हावाई पुरानो करारमा बारेमा लेख्छन्, “पुरानो करारले यहुदी राज्यको बारेका धेरै ऐतिहासिक तथ्यहरू बताउँछ तर यो इतिहासभन्दा पनि धेरै छ । परमेश्वर आफै मानिसहरूकहाँ प्रकट हुनुभएको कुरा हामीलाई बताउने पवित्र इतिहास यो हो । इस्राएल भनिने राज्यसँग परमेश्वरले कसरी काम गर्नुभयो भन्ने कुरा पुरानो करारले हामीलाई देखाउँछ । यद्यपी, परमेश्वर इस्राएलका परमेश्वर मात्र हुनुहुन्न, तर उहाँ जताततैका सबै मानिसहरूका सर्वाेच्च शासक पनि हुनुहुन्छ । पुरानो करारको आधारभूत विषयवस्तु शक्तिशाली कार्यहरू र अगमवाणीक शब्दहरूद्वारा मानवजातिकहाँ परमेश्वरले आफ्नो स्वभावलाई प्रकट गर्नु हो ।” 

8d1f4575 1e89 4744 a444 b55235cd564a

पुरानो करार यहुहीहरूको धर्मग्रन्थ हो । यहुदीहरूले पुरानो करारका सबै पुस्तकहरूलाई अर्थात हामीले प्रयोग गर्ने ३९ वटै पुस्तकहरूलाई पवित्र धर्मशास्त्रको रुपमा विश्वास गर्दछन् । तर उनीहरूले ३९ वटा पुस्तकहरूलाई २४ वटा पुस्तकमा समावेश गरेका छन् । “हिब्रू पुरानो करारमा २४ ओटा पुस्तक छन् र तिनलाई तीन भागमा वर्गीकरण गरिएको छः पञ्चग्रन्थ, अगमवक्ताहरू र लेखनहरू ।

ख्रीष्टियानहरूको पुरानो करारमा ३९ ओटा पुस्तकहरू छन् । सङ्ख्यामा भिन्नता भए तापनि हिब्रू पुरानो करारका पुस्तकहरू  ख्रीष्टियानहरूको पुरानो करारका पुस्तकहरू भने उही नै हुन् ।”  पुरानो करारमा ३९ वटा पुस्तकहरू छन् भने यसलाई ५ भागमा विभाजन गरिएको छ । यस बिषयमा एल.जेटर वाकर लेख्छन्, “पुरानो करारले सृष्टि र यहुदी राज्यको कथा जस्ता केही ऐतिहासिक कुरा उल्लेख गरेको भए तापनि यसमा अझै धेरै अरु कुराहरू पनि छन् । कहिलेकाहीँ एउटै कथालाई पनि अर्काे दृष्टिकोणबाट भनिएको वा दोहो¥याइएको छ । भविष्यवाणीहरू त्यही बेला पूरा भए र पुस्तकहरूमा प्रेम कहानी, कविता, संगीत, हितोपदेश जस्ता कुराहरूलाई गहिरो रुपमा उल्लेख गरिएको छ । इतिहासका पुस्तकहरूले तिनीहरूका वीरहरूका बारेमा हामीलाई बताउँछन्, तर पुरानो करारले तिनीहरूको दिनका साधरण व्यक्तिहरूलाई पनि समावेश गरेको छ । यी कथाहरू कम महत्वपूर्ण छैनन् किनकि तिनीहरूले हामीलाई परमेश्वरले आफ्ना मानिसहरूसँग कसरी व्यवाहार गर्नुहुन्छ त्यसको स्पष्ट चित्रण दिन्छन् । पुरानो करारका पुस्तकहरूलाई पाँच मुख्य विषयहरूमा बाँड्न सकिन्छ ।”

  • व्यवस्थाका पुस्तकहरू: मोशाका ५ पुस्तकहरू: उत्पत्ति, प्रस्थान, लेवी, गन्ती र व्यवस्था
  • ऐतिहासिक पुस्तकहरूः १२ वटा पुस्तकहरू: यहोशू, न्यायकर्ता, रुथ, १ र २ शमुएल, १ र २ राजाहरू, १ र २ इतिहास, एज्रा, नहेम्याह, र एस्तर
  • कवितात्मक पुस्तकहरूः ५ वटा पुस्तकहरूः अयूब, भजनसंग्रह, हितोपदेश, उपदेशक र श्रेष्ठगीत
  • ठूला अगमवक्ताका पुस्तकहरूः ५ वटाः यशैया, यर्मिया, विलाप, इजकिएल र दानिएल
  • साना अगमवक्ताका पुस्तकहरूः १२ वटाः होशे, योएल, आमोस, ओबदिया, योना, मिका, नहूम, हवकूक, सपन्याह, हाग्गै, जकरिया र मलाकी

यी माथिका ३९ पुस्तकहरू नै पुरानो करारको पुस्तकहरू हुन् । यी ३९ ओटा पुस्तकहरूलाई युहुदीहरूले २४ वटा बनाइ प्रयोग गर्दछन् । संख्यामा भिन्नता भएता पनि पुस्तकहरू चाहिँ बरार नै हुन् ।


By संगम श्रेष्ठ

संगम श्रेष्ठ लेखक, ग्राफिक डिजाइनर, वेब डेभलपर, सम्पादक तथा शिक्षक हुन्। उनले B.Th. र M.Div. उपाधि हासिल गरेका छन् तथा पाँचभन्दा बढी पुस्तकहरूको लेखन र सम्पादनमा योगदान दिएका छन्। हाल उनी त्रिभुवन विश्वविद्यालयमा पत्रकारिता तथा आमसञ्चार विषयमा M.A. अध्ययनरत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.