जब पवित्र धर्मशास्त्र बोल्दछ...

sdsdsdsds

नयाँ करारको बारेमा जानकारी

बाइबलको दोस्रो भाग नयाँ करार हो । नयाँ करारका २७ वटा पुस्तकहरू छन् । नयाँ करारको पुस्तकलाई ख्रीष्टाब्दमा लेखिएको हो । नयाँ करार विशेष गरी येशू ख्रीष्टको जीवन र उहाँले दिनुभएको शिक्षामा आधारित छन् । नयाँ करारमा जम्मा २० वटा पत्रहरू छन्, जसमा पावले १३ वटा पुस्तकहरू लेखेका छन् । नयाँ करारमा ४ वटा सुसमाचारका पुस्तकहरू छन् भने ऐतिहासिक पुस्तक १ ओटा छन् । यति मात्र होइन भविष्यवाणीको पुस्तक पनि १ ओटा रहेको छ । नयाँ नियमको पुस्तकहरू बारे जीन–बप्तिस्टे स्वाडोगो र मारसीया ए.मङ्गर लेख्छन्, “मानिसलाई परमेश्वरकहाँ फर्काएर ल्याउनको निम्ति परमेश्वर आफै मानव बन्नु भएको आश्चर्यकर्म पाइन्छ । यो नयाँ नियम हो  किनकि परमेश्वरले येशू ख्रीष्टद्वारा मानिससँग नयाँ सम्बन्ध वा मिलाप जोड्नु भएको कुरा यसले घोषणा गर्छ । पुरानो नियमले व्यवस्थाद्वारा परमेश्वरको धार्मिकताको प्रकट गराउँछ भने नयाँ नियमले येशू ख्रीष्टको अनुग्रह र सत्यताबाट प्रकट गराउँछ ।”  नयाँ करारको व्याख्या गर्ने क्रममा लेखक कमल अधिकारी लेख्छन्, “बाइबलको दोस्रो भाग नयाँ करार हो । यस भागमा २७ ओटा पुस्तकहरू छन् । लगभग ख्रीष्टाब्द ४७ देखी ९५ को बीचमा नयाँ करारका सत्ताइसऔटै पुस्तकहरू लेखिएका थिए । नयाँ करारलाई ग्रीक भाषामा लेखिएको थियो ।”  नयाँ करारको बारेमा एल.जेटर वाकर लेख्छन्, “नयाँ करार ख्रीष्टको जीवनकथा र ख्रीष्टियान विश्वासको शुरु हो । यी पुस्तकहरूमा सबै विश्वासीहरूका निम्ति निर्देशन, प्रतिज्ञाहरू, भविष्यका निम्ति भएका भविष्यवाणीहरू, ख्रीष्टसँगको अनन्त जीवनको आशा जस्ता कुराहरू समावेश गरिएका छन् ।”  नयाँ करारले यहुदीजातिका साथै अन्यजातिहरूलाई पनि परमेश्वरको राज्यको बारेमा सुसमाचार सुनाई सबै मानिसहरूलाई आशाको प्रदान गर्दछ । यस्तै “पुरानो करारमा येशू ख्रीष्टलाई मसीहको रुपमा प्रकट गराई पापबाट छुटकारा दिलाउने परमेश्वरको योजना पूर्ण गर्न पुरानो करारले छाडेको कुरालाई नयाँ करारले टिप्छ । यसले ख्रीष्टको पहिलो र दोस्रो  आगमनमाथि प्रकाश पार्नु साथै ख्रीष्टलाई प्रत्येक व्यक्तिले परमेश्वरकै स्वरुप ठानी ग्रहन गरुन् भन्ने परमेश्वरको इच्छा प्रकट गर्दछ ।”  नयाँ करारले विषेश गरी पुराना करारका गरिएको भविष्यवाणीहरूको परिपूर्ति गर्ने कार्य गर्दछ ।

नयाँ करारको बर्गीकरणः

पुरानो करारलाई झै नयाँ करारलाई पनि पाच भागमा विभाजन गरिएको छ ।

वर्गीकरण             पुस्तकहरूकतिवटा पुस्तकहरू
१.सुसमाचारका पुस्तकहरू
   १.१.सहदृष्टि सुसमाचार
              
-मत्ती,मर्कूस,लूका र यूहन्ना
-मत्ती,मर्कूस र लूका     
२.इतिहासका पुस्तक     प्रेरित   १
३.पावलका पत्रहरू
रोमी, १,२ कोरिन्थी, गलाती,एफिसी,
फिलिप्पी, कलस्सी, १,२ थेसलोनिकी,
१,२ तिमोथी, तीतस, फिलेमोन,हिब्रू  १३+१
(कति ईश्वरशास्त्रीहरूका अनुसार
हिब्रू पनि पावलका पत्र हुन् भन्नछन्
भने कतिले होइनन् भन्छन् । यसैले
हिब्रूको पुस्तकलाई यहि वर्गीकरणमा
राखेको छु ।)
१४
४.सामान्य पत्रहरू
 
याकूब, १,२ पत्रुस, १,२,३ यूहन्ना,
यहुदा  
५.भविष्यवाणीका पुस्तक  प्रकाश 
जम्माः   ५ भागमा वर्गीकरण    २७ वटा पुस्तकहरू      
  1. नयाँ करारका सम्पूर्ण पुस्तकह करिब ५० बर्ष भन्दा केही बढी समयमा लेखिएको थियो ।
  2. नयाँ करारका २७ वटा पुस्तहरू लेख्नको लागि करिब ८ जना लेखकहरू थिए ।
  3. नयाँ करारका २७ वटै पुस्तकहरू ग्रीक भाषामा लेखिएको थियो ।
  4. नयाँ करारका सम्पूर्ण पुस्तकहरू पहिलो शताब्दीमा नै लेखि सकेको थियो ।
  5. ई.सं.३९७ मा कार्थेजको परिषद्द्वारा २७ वटा पुस्तहरूलाई परमेश्वरको प्रेरणा भएको धर्मशास्त्रको रुपमा मान्यता प्रदान गरिएको थियो ।
  6. १५ औँ शताब्दीसम्म नयाँ करारका सम्पूर्ण प्रतिलीपि हालले लेख्ने गर्दथे ।
  7. सम्पूर्ण बाइबल भरी लूका र प्रेरित मात्र अन्यजातिले लेखेका पुस्तक हुन् ।
  8. नयाँ नियमका देखिने सदुकी, फारसी पुरानो करारमा थिएन । यीनिहरू ४०० बर्षको मौनताको सयममा प्रकट भएका यहुदीहरूका २ समुहहरू थिए ।
  9. नयाँ करारमा बारम्बार प्रयोग भएको शब्द “सभाघर” पनि मौनताको समयमा स्थापना गरिएको थियो ।

By संगम श्रेष्ठ

संगम श्रेष्ठ लेखन पेशाका साथै ग्राफिक डिजाइनर, वेव डेप्लपर, लेखक, सम्पादक साथै शिक्षक हुन् । ५ भन्दा बढी पुस्तकहरूमा कलम चलाएका उनी ललितपुरमा बसोबास गर्छन् । इश्वरशास्त्रीय क्षेत्रमा पावल थियोलोजिक सेमिनारीबाट B.Th. का साथै हिमालयन ग्राजुएट स्कूल अफ थियोलोजीबाट M.Div. उर्तीण गरेका श्रेष्ठ हाल त्रिभुवन विश्वविद्घालयमा पत्रकारिता विषयमा M.A गर्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.