जब पवित्र धर्मशास्त्र बोल्दछ...

✝️ म विश्वास गर्दछु, एक परमेश्वर सर्वशक्तिमान् पिता, स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुनेमाथि। अनि उहाँको एक्लो पुत्र, हाम्रा प्रभु येशू ख्रीष्टमाथि, जो पवित्र आत्माको शक्तिबाट गर्भ धारण हुनुभयो, कन्या मरियमदेखि जन्मनुभयो, जसले पन्तियस पिलातसको अधीनमा दुःख भोग्नुभयो, क्रुसमा टाँगिनुभयो, मर्नुभयो, गाडिनुभयो, तेस्रो दिनमा मरेकाहरूबाट बिउँतनुभयो, स्वर्गमा चढ्नुभयो, सर्वशक्तिमान् परमेश्वर पिताको दाहिने हातपट्टि बस्नुभएको छ, जहाँदेखि उहाँ जीवित र मरेकाहरूको न्याय गर्न फेरि आउनुहुनेछ। म विश्वास गर्दछु पवित्र आत्मामाथि, पवित्र मण्डलीमाथि, पवित्रहरूको सङ्गतिमाथि, पापमोचनमाथि, शरीरको पुनरुत्थानमाथि, र अजम्मरी जीवनमाथि। आमिन्।
नयाँ करारको बारेमा जानकारी

नयाँ करारको बारेमा जानकारी

बाइबलको दोस्रो भाग नयाँ करार हो । नयाँ करारका २७ वटा पुस्तकहरू छन् । नयाँ करारको पुस्तकलाई ख्रीष्टाब्दमा लेखिएको हो । नयाँ करार विशेष गरी येशू ख्रीष्टको जीवन र उहाँले दिनुभएको शिक्षामा आधारित छन् । नयाँ करारमा जम्मा २० वटा पत्रहरू छन्, जसमा पावले १३ वटा पुस्तकहरू लेखेका छन् । नयाँ करारमा ४ वटा सुसमाचारका पुस्तकहरू छन् भने ऐतिहासिक पुस्तक १ ओटा छन् । यति मात्र होइन भविष्यवाणीको पुस्तक पनि १ ओटा रहेको छ । नयाँ नियमको पुस्तकहरू बारे जीन–बप्तिस्टे स्वाडोगो र मारसीया ए.मङ्गर लेख्छन्, “मानिसलाई परमेश्वरकहाँ फर्काएर ल्याउनको निम्ति परमेश्वर आफै मानव बन्नु भएको आश्चर्यकर्म पाइन्छ । यो नयाँ…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.