जब पवित्र धर्मशास्त्र बोल्दछ...

sdsdsdsdsdsdsd

बाइबलको परिचयः एक अद्वितीय पुस्तक

बाइबलको संक्षिप्त परिचय

संसारमा करिब ४,३०० धर्महरू रहेको पाइन्छ । यी धर्महरूमा प्रमुख धर्महरू ख्रीष्टियान, इस्लाम, हिन्दु, बुद्धिष्ट र यहुदी धर्म मानिन्छ । संसारमा ख्रीष्टियन ३३ प्रतिशत, इस्लाम २१ प्रतिशत, हिन्दु १४ प्रतिशत, बौद्ध ५ प्रतिशत र यहुदी ०.२२ प्रतिशत रहेको पाइन्छ । हेरक धर्मको आफ्नो आस्था अनुरुपको आफ्नै धर्मशास्त्र हुने गर्दछ । ख्रीष्टियानको बाइबल, इस्लामको कुअरान, हिन्दुको वेद, बुद्धिष्टको त्रिपिटक र यहुदीको तालमुड नै उनीहरूको धर्मशास्त्र हो । बिशेषगरी धर्मशास्त्रले त्यस धर्मका अनुयायीहरूलाई धार्मिक कुराहरूको बारेमा सिकाउँने गर्दछ र समाजमा एक चरित्रवान नैतिक व्यक्तिको रुपमा स्थापित गर्न सिकाउँछ । साथै उनीहरूले गर्ने विश्वास र परम्पराको बारेमा पनि धर्मशास्त्रले बताउँछ । साथै धर्मशास्त्रले ईश्वरको अस्तित्वको बारेमा पनि केही हद सम्म जानकारी दिने गर्दछ ।

image 5

बाइबल एक धार्मिक पुस्तक होइन । न त यो ईसाइहरूको मात्र पुस्तक हो । बाइबल ६६ वटा पुस्तकहरूको संग्रह हो, जसलाई विभिन्न ठाउँमा चालिसभन्दा बढी व्यक्तिहरूले १५०० वर्षको अवधिभित्र लेखे । उनीहरूमध्ये कोही साधारण व्यक्ति थिए, कोही राजाहरू थिए, कोही माझिहरू थिए, कोही दासहरू थिए भने कोही पढेका र कोही अनपढ थिए । उनीहरूमध्ये धेरै जसो गरीब अवस्थाका थिए । परमेश्वरको आत्माले उनीहरूलाई अगुवाई गर्नुहुदाँ उनीहरू परमेश्वरको वचन लेख्थे तर धेरै जसो समय उनीहरूलाई यो कुरा थाहा हुदैनथ्यो र आफूले के लेखिरहेका छन् भन्ने कुरा उनीहरू बुझ्दैनथे । “बाइबल नाम ग्रीक शब्द बिब्लियाबाट आएको हो जसको अर्थ “धेरै पुस्तकहरू” भन्ने हुन्छ । बाइबल ४० जनाभन्दा बढी लेखकहरूद्वारा धेरै भूमिहरूमा १४००–१६०० वर्षको अवधिमा लेखिएको थियो । बाइबलमा भएका ६६ वटा पुस्तकहरू विभिन्न भाषाहरू र भिन्न–भिन्न परिस्थितिहरूमा लेखिएका थिए र पनि त्यहाँ एउटा मात्र महान् पुस्तक र एउटा मात्र मुख्य विषयवस्तु छ । यी विभिन्न लेखाइहरूको एउटा मात्र मुख्य सन्देश भएको तथ्यले यही कुराको प्रमाणित गर्छ कि बाइबलको स्रोत मानिसकम होइन तर परमेश्वरमा छ । यसको अस्तित्वले नै यही तथ्यको साक्षी दिन्छ । यो अरु सबैभन्दा भिन्न पुस्तक हो ।” बाइबलको परिचयको बारेमा लेखक दिल बहादुर तामाङ लेख्छन्, “बाइबल शब्द ल्याटिन भाषाको शब्द बिब्लियाबाट लिइएको हो, जसको अर्थ ‘पुस्तकहरू’ भन्ने हुन्छ । ल्याटिन भाषाको शब्द बिब्लिया बहुवचन शब्द भएकोले बाइबललाई पुस्तकहरूको पुस्तक भनेर भनिन्छ । त्यसैगरी ग्रीक भाषाको बिब्लियोन शब्दबाट भने पपिरसमा लेखिएको कुनै पनि लिखत भन्ने हुन्छ ।” तसर्थ बाइबल भन्ने शब्द ल्याटिन र ग्रीक शब्द बाट आएको हो जसको अर्थ चाहिँ पुस्तक भन्ने हुन्छ । बाइबल कुनै एक धार्मिक पुस्तक होइन यो ईशाइहरूको मात्र पुस्तक पनि होइन तर यो त मानव जातीले कसरी मुक्ति पाउन सक्छ भनी सबै मानव जातीको लागि लेखिएको जीवित पुस्तक हो । बाइबल ६६ वटा पुस्तकहरूको संग्रह हो । जसलाई २ भागमा बिभाजन गरिन्छ । १. पुरानो करार,जसमा ३९ वटा पुस्तकहरू छन् । २. नयाँ करार, जसमा २७ वटा पुस्तकहरू छन् । यी ६६ वटा पुस्तकहरूको संगालो नै पवित्र बाइबल हो । यी पुस्तकहरूलाई बिभिन्न स्थानहरूमा करिब ४० भन्दा बढी व्यक्तिहरूले विभिन्न काल खण्डमा करिव १५०० बर्षको अवधीमा लेखेका हुन् । यी लेखकहरू कोही राजाहरू थिए ( राजा दाउद, सोलोमन) कोही माझीहरू (पत्रुस,यूहन्ना), कोही दासहरू (दानिएल, एज्रा, नेहेम्याह) कोही गोठालाहरू ( मोशा) कोही पाल बन्ने (पावल), कोही अगमबक्ता (यशैया, यर्मिया,इजकिएल), कोही डाक्टर (लूका) थिए । बाइबल बिशेष गरी ३ भाषामा लेखिउको छ । ग्रीक, आरमेइक, हिब्रू भाषामा लेखिएको थियो । बिशेष गरी बाइबल एशिया, अफ्रिका र यूरोप देशहरूमा लेखिएको थियो । “ बाइबल एक धार्मिक पुस्तक होइन । न त यो ईशाइशरूको मात्र पुस्तक हो । बाइबल ६६ वटा पुस्तकहरूको संग्रह हो, जसलाई विभिन्न ठाउँका चालिसभन्दा बढी व्यक्तिहरूले १५०० वर्षको अवधिभित्र लेखे । उनीहरूमध्ये कोही साधारण ब्यक्ति थिए, कोही राजाहरू थिए, कोही माझिहरू थिए , कोही दासहरू थिए । उनीहरूमध्ये धेरै जसो गरीब अवस्थाका थिए ।

ChatGPT Image Apr 15 2026 03 14 50 PM
AI द्वारा निर्मित फोटो ।

बाइबल परमेश्वरको वचन हो । यसमा ६६ वटा पुस्तकहरू, ११८९ वटा अध्यायहरू र ३१,१७३ ओटा पदहरू छन् । बाइबलमा परमेश्वरको मन, मानिसको वृतान्त र अवस्था, मुक्तिको मार्ग र विश्वासीहरूको साँचो आनन्दको कुरा पाइन्छ । बाइबलमा उल्लेख गरिएका इतिहास र ऐतिहासिक विवरणहरू पूर्ण रुपमा सत्य छन् । यस्तै वचनले मानिसलाई साँचो मार्गमा निर्देशन गर्नुका साथै पढ्नेहरूको निम्ति यो आत्मिक भोजन, सान्त्वनाको स्रोत र आत्मिक बृद्धिको स्रोत पनि सावित भएको छ । “ संसारमा सबभन्दा बढी पढिएका पुस्तकहरूमध्ये बाइबल एउटा हो । प्रसिद्ध नास्तिक दाशनिक भोल्टेयर बाइबललाई होच्याउँदै करिब एक शताब्दीभित्रै इसाइ मत पतन हुनेछ भनी भबिष्यवाणी गरेका थिए । त्यही घर जहाँ भोल्टयर रहेका थिए, त्यहाँ नै फ्रान्स बाइबल सोसाइटी भण्डार हुनुपुग्यो जहाँ हजारौ बाइबलहरू वितरण भएका छन् ।”

More Read: बाइबलीय ईश्वरशास्त्र

स्रोतहरू:

शर्मा, बाल कृष्ण। विश्वका धर्महरु। काठमाडौँ: आई.आई.टि.ई.ई.एन्, २०१५।

थोम्प्सन, शिष्य। ईश्वर, सृष्टि, मानिस, पाप, मृत्यु र मोक्षसँग सम्बन्धित जवाफ। नेपाल: शिष्यश्रम।

हावार्ड, सि. रिक। पालहरू, मन्दिरहरू र दरवाजाहरू: पुरानो करारको निरीक्षण। काठमाडौँ: आई.सी.ई युनिभर्सिटी, २००४।

तामाङ, दिलबहादुर। बाइबल अध्ययन सहयोगी। ललितपुर: दिल पब्लिकेशन प्रा. लि., २०१२।

रोटन, डेल। विश्वासको प्रमाण। काठमाडौँ: सत्यबाटो प्रकाशन, २००४।

“How Many Religions Are There in the World?” Accessed July 21, 2020।



The Bible is a unique collection of texts that transcends any single religious tradition, encompassing a diversity of voices and contexts. Composed of 66 books, it is divided into two main sections: the Old Testament, which contains 39 books, and the New Testament. Written by over forty authors across 1,400 to 1,600 years, these writings reflect various backgrounds, from common individuals to kings and scholars. Despite their differing circumstances, a unified message prevails throughout, underscoring that the Bible’s true source is divine rather than human.


By संगम श्रेष्ठ

संगम श्रेष्ठ लेखन पेशाका साथै ग्राफिक डिजाइनर, वेव डेप्लपर, लेखक, सम्पादक साथै शिक्षक हुन् । ५ भन्दा बढी पुस्तकहरूमा कलम चलाएका उनी ललितपुरमा बसोबास गर्छन् । इश्वरशास्त्रीय क्षेत्रमा पावल थियोलोजिक सेमिनारीबाट B.Th. का साथै हिमालयन ग्राजुएट स्कूल अफ थियोलोजीबाट M.Div. उर्तीण गरेका श्रेष्ठ हाल त्रिभुवन विश्वविद्घालयमा पत्रकारिता विषयमा M.A गर्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.