जब पवित्र धर्मशास्त्र बोल्दछ...

✝️ म विश्वास गर्दछु, एक परमेश्वर सर्वशक्तिमान् पिता, स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुनेमाथि। अनि उहाँको एक्लो पुत्र, हाम्रा प्रभु येशू ख्रीष्टमाथि, जो पवित्र आत्माको शक्तिबाट गर्भ धारण हुनुभयो, कन्या मरियमदेखि जन्मनुभयो, जसले पन्तियस पिलातसको अधीनमा दुःख भोग्नुभयो, क्रुसमा टाँगिनुभयो, मर्नुभयो, गाडिनुभयो, तेस्रो दिनमा मरेकाहरूबाट बिउँतनुभयो, स्वर्गमा चढ्नुभयो, सर्वशक्तिमान् परमेश्वर पिताको दाहिने हातपट्टि बस्नुभएको छ, जहाँदेखि उहाँ जीवित र मरेकाहरूको न्याय गर्न फेरि आउनुहुनेछ। म विश्वास गर्दछु पवित्र आत्मामाथि, पवित्र मण्डलीमाथि, पवित्रहरूको सङ्गतिमाथि, पापमोचनमाथि, शरीरको पुनरुत्थानमाथि, र अजम्मरी जीवनमाथि। आमिन्।
समुएल मेड्ली: युद्धको घाउदेखि स्वर्गीय भजनसम्मको अनुग्रहको यात्रा

समुएल मेड्ली: युद्धको घाउदेखि स्वर्गीय भजनसम्मको अनुग्रहको यात्रा

एक घाइते सैनिक, एक परिवर्तन भएको जीवन, र शताब्दीयौँसम्म गुञ्जिरहने भजनहरू ख्रीष्टियान इतिहासमा केही व्यक्तिहरू यस्ता छन् जसको जीवनले परमेश्वरको अनुग्रहको शक्ति कति महान् हुन्छ भन्ने कुरा स्पष्ट रूपमा देखाउँछ। समुएल मेड्ली त्यस्तै व्यक्तिहरूमध्ये एक हुन्। एक समय ब्रिटिश नौसेनामा सेवा गर्ने सैनिक रहेका उनी युद्धमा गम्भीर घाइते भएपछि ख्रीष्टमा परिवर्तित भए र पछि प्रसिद्ध बप्तिस्ट पास्टर तथा भजनकार बने। आज, उनको मृत्यु भएको दुई शताब्दीभन्दा बढी समय बितिसकेको छ। तर उनले लेखेका भजनहरू अझै पनि संसारभरका चर्चहरूमा गाइन्छन् र लाखौँ विश्वासीहरूको विश्वासलाई बलियो बनाइरहेका छन्। उनको जीवन ख्रीष्टियान इतिहासमा एउटा यस्तो उदाहरण हो, जसले देखाउँछ कि परमेश्वरको अनुग्रहले कुनै…
Read More
किन ख्रीष्टियान वैज्ञानिक “बर्नेले” जसलाई नोबेल पुरस्कार दिइएन ?

किन ख्रीष्टियान वैज्ञानिक “बर्नेले” जसलाई नोबेल पुरस्कार दिइएन ?

जोसेलिन बेल बर्नेल, एक उज्ज्वल र प्रतिभाशाली महिला, एक ब्रिटिश खगोल भौतिकशास्त्री हुन् । उनको पुरा नाम डेम सुसान जोसिलिन बेल बर्नल हो । बर्नलको जन्म ख्रष्टाब्द १९४३ जुलाई १५ मा बेलफास्ट, उत्तरी आयरल्याण्ड, बेलायतमा भएको थियो । उनका पिता आर्माघ (Armagh) वेधशालाका आर्किटेक्टको काम गर्ने गर्दथे । यसैरकाण बेलले आफ्नो बाल्यकाल पिता सँग त्यही स्थानमा धेरै बिताएकी थिइन । सानै उमेरमा उनले खगोल विज्ञान सम्बन्धी धेरै पुस्तकहरू पढ्ने अवसर पनि पाएँ र यस विषयमा उनको रुचि हुदै गयो साथै आर्माघ वेधशालाका कर्मचारीहरूले प्रोत्साहित पनि भौतकशास्त्रमा लाग्न प्रत्साहण गरे । यसैकारण उनले स्कटल्याण्डको ग्लासगो विश्वविद्यालयबाट भौतिकशास्त्रको डिग्री गरेकी थिइन् ।[i]  यससँगै…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.