दोस्रो विश्वयुद्ध र यहुदीहरूको अवस्था
१. प्रस्तावना दोस्रो विश्वयुद्ध (1939–1945) विश्व इतिहासको सबैभन्दा विनाशकारी संघर्ष थियो। यस युद्धले करिब 6 करोडभन्दा बढी (त्यो बेला विश्वको कुल जनसंख्याको करिब ३% भन्दा बढी मानिस युद्धका कारण ज्यान गुमाएका थिए) मानिसहरूको ज्यान लियो र विश्वको राजनीतिक, सामाजिक तथा नैतिक संरचनालाई गहिरो रूपमा परिवर्तन गर्यो। विशेष रूपमा युरोपेली यहुदी समुदायले भोगेको संगठित नरसंहार (Holocaust) मानव इतिहासकै सबैभन्दा क्रूर घटनामध्ये एक मानिन्छ। दोस्रो विश्वयुद्धमा ६० लाख भन्दा बढी यहुदीहरू मारिए । २. युद्धको ऐतिहासिक पृष्ठभूमि २.१ पहिलो विश्वयुद्ध र यसको प्रभाव 1919 मा गरिएको Treaty of Versailles ले जर्मनीलाई आर्थिक, सैन्य र भौगोलिक रूपमा कमजोर बनायो। जर्मनीमाथि ठूलो युद्ध क्षतिपूर्ति…
