जब पवित्र धर्मशास्त्र बोल्दछ...

✝️ म विश्वास गर्दछु, एक परमेश्वर सर्वशक्तिमान् पिता, स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुनेमाथि। अनि उहाँको एक्लो पुत्र, हाम्रा प्रभु येशू ख्रीष्टमाथि, जो पवित्र आत्माको शक्तिबाट गर्भ धारण हुनुभयो, कन्या मरियमदेखि जन्मनुभयो, जसले पन्तियस पिलातसको अधीनमा दुःख भोग्नुभयो, क्रुसमा टाँगिनुभयो, मर्नुभयो, गाडिनुभयो, तेस्रो दिनमा मरेकाहरूबाट बिउँतनुभयो, स्वर्गमा चढ्नुभयो, सर्वशक्तिमान् परमेश्वर पिताको दाहिने हातपट्टि बस्नुभएको छ, जहाँदेखि उहाँ जीवित र मरेकाहरूको न्याय गर्न फेरि आउनुहुनेछ। म विश्वास गर्दछु पवित्र आत्मामाथि, पवित्र मण्डलीमाथि, पवित्रहरूको सङ्गतिमाथि, पापमोचनमाथि, शरीरको पुनरुत्थानमाथि, र अजम्मरी जीवनमाथि। आमिन्।
IMG 5296

“येशूको पछि म हिँड्न” २७६ नं भजन भित्रको वास्तविकता

येशूको पछि

नेपाली ख्रीष्टिय भजन नं. ३७६ मा एउटा निक्कै मार्मिक र आत्मिक खुराक बोकेको भजन छ । त्यो भजन हो, “येशूको पछि म हिँड्न” । यो भजन भर्खरै ख्रीष्टमा विश्वास गरेकाहरूको निम्ति विश्वासको संकल्पको ध्वनी स्वरूप गुन्जिने आशा र विश्वास सहितको भजन हो भने विश्वासमा परिपक्व भइरहेका र भइसकेकाहरूको निम्ति गहिरो विश्वास र मुक्तिको मार्गमा निरन्तर ख्रीष्टसँगै भएर अगाडी बढ्न उत्प्रेरणा दिने भजन हो ।

येशूको पछि म हिँड्न लागें भन्ने भजन भारतको आसामका एक गारो जनजाति आफ्नो विश्वासको कारण मारिनु अघि एक बोलेको अन्तिम वाक्यहरुलाई गीतको रूप दिएर भजन बनाइएको थियो ।  

करिब आज भन्दा १५० वर्ष अघि धेरै मिसनरीहरू सुसमाचार प्रचार गर्न भारतको उत्तरपुर्वी आसामको मेघालय भन्ने स्थानमा रहेको गारो जातिहरूको समुदायमा गएका थिए । उनीहरूले धेरै वर्ष सम्म निरन्तर ख्रीष्टको प्रचार गरिरहे, जसको फलस्वरूप त्यस गाउँको नोक्सेङ भन्ने व्यक्ति र उनको परिवारले येशू ख्रीष्टमा विश्वास गरे । उनीद्वारा त्यस गाउँका धेरै मानिसहरूले ख्रीष्टको सुसमाचार सुने र कतिले विश्वास पनि गरे । जब आफ्नो गाउँका मानिसहरू अन्य धर्ममा  बढ्दै गएको त्यस गाउँका मुखियाले चाल पाए तब नोक्सेङको यस कार्यलाई रोख्नका लागि विभिन्न योजनाहरू निमार्ण गरे । किनकि नयाँ धर्मको फैलिएको उनलाई मन परेको थिएन् ।

AVvXsEjbOdvcYv Wz5ojeXP60y3nj6nYotmicKrk8jqM7xbttykZCQXR 5H1Mj8 0id6w kK 7K86hZMZRSQa3wuswhq cwTWPUQVD VzjFAF90Xu c7V6aCHttlOdUaCaYLy VSBpV4zGYDXKkRfyvfDCk1LzUta aqRTMcffmx4l6TfWesDIlyTjhJLiBnQEv=w484 h236

यसैकारणाले मुखियाले सबै गाउँलेहरूलाई भेला गराए र नोक्सेङ र उनका परिवारलार्इ पनि त्यस भेलामा बोलाए । नोक्सेङ र उनका परिवारलाई आफ्नो नयाँ र्धम त्याग्नको लागि मुखियाले कर लगाए । सबै मानिसहरूको सामु येशू माथि गरेको विश्वासलाई त्याग्न कर लागाए पनि उसले भने येशूमाथि गरेको विश्वासलाई त्याग्न मानेन् र यसैले नोक्सेङले सबै गाउँले र मुखियाको सामु भने “मैले येशूको पछि लाग्ने निर्णय गरिसकेको छु, अब म फर्कंदिन ।” 

जब यो कुरा मुखिया सुने तब मुखिया रिसले चुर भए र नोक्सेङका दुवै बच्चाहरुलाई त्यहि सबै गाउँलेको सामु काँड (वाण) हान्न लगाए । आँखै अगाडी उसका दुई छोराहरु मारिए । फेरी मुखियाले सोध्यो अब त तेरो नयाँ धर्म त्याग तब उसले जवाफ दियो, “मेरो पछि कोहि नआएपनि म येशूकै पछि लाग्छु”  मुखिया झनै चुर भए र उसको श्रीमती लाई पनि काँडले हारेन मार्न लगाए, उनको श्रीमती तुरून्तै मरिहालिन् । मुखियाले फेरी भन्यो, यो तेरो अन्तिम मौका हो, नयाँ धर्म त्याग्छस् कि त्यग्दैनस्, तब नोक्सेङले भने, “क्रुस मेरो अघि छ र संसार मेरो पछि म फकिंदिन”  तुरुन्तै उसलाई पनि काँड हानेर मारियो । येशू ख्रीष्टमा विश्वास गरेकै कारण र येशूलाई इन्कार गर्न नमानेको कारण एकै स्थानमा ४ जना ख्रीष्टको निम्ति बलिदान भए ।

जब यो घटना भयो तब मुखिया निशब्ध भए । उनी सोच्न बाध्य भए कि

“किन यो केटो टाढाको त्यो येशूको निम्ति मर्न तयार भए ?”

यस प्रश्नले उनलाई निक्कै गहिरो प्रभाव पार्यो र येशू को हुनुहुन्छ भनेर सोधखोज गर्न थाले । केही समय पछि येशूको बारेमा उनले असल तरिकाबाट बुझे र उनले पनि येशू ख्रीष्टलाई विश्वास गरे । उनी ख्रीष्टलाई पछ्याउने एक विश्वासी भए । उनले मात्र येशू माथि विश्वास गरेनन् तर उनीसँगै गाउँका धेरै मानिसहरूले पनि ख्रीष्टमा विश्वास गरे ।

          यिनै आसामको गारो गाउँको नोक्सेङको शब्दमा आधार गरेर यो गीत बनाइएको हो । नाक्सेङ्गको शब्दलाई गित बनाउने काम साधु सुन्दर सिंह ले गरेका हुन भनेर मानिन्छ । यस गितमा अमेरीकन भजन सम्पादक विलियम जेन्सेन् ले संगीवद्द गरेका हुन् । इ.सं. 1959 या यस गीतलाई भजन पुस्तकमा समावेश गरियो ।

भजनको मूल वास्तविकता (The True Story)

यो भजन केवल एउटा गीत मात्र नभएर, भारतको असम राज्यका एक व्यक्तिको अन्तिम आत्मसमर्पणको अभिव्यक्ति हो ।

  • मूल स्थान: यो भजन भारतको असमका ‘नोक्सेन’ (Noxen) नामक व्यक्तिको अन्तिम शब्दहरूमा आधारित छ । करिब १५० वर्षअघि ग्यारो (Garo) जनजातिमा सुसमाचार पुग्दा उनले र उनको परिवारले इसाई विश्वास स्वीकार गरेका थिए।
  • बलिदानको कथा: गाउँका मुखियाले उनलाई विश्वास त्याग्न दबाब दिँदै उनका दुई छोरा र श्रीमतीको हत्या गरे । प्रत्येक मृत्युपछि मुखियाले “के तिमी अझै पनि येशूलाई पछ्याउँछौ?” भनी सोध्दा उनले यी वाक्यांशहरू भनेका थिए:
    1. “येशूको पछि म हिँड्न लागें” (I have decided to follow Jesus) ।
    2. “कोही नआए पनि म त पछ्याउँछु” (Though no one join me, still I will follow) ।
    3. “संसारलाई छोडी क्रूसलाई हेर्दै” (The world behind me, the cross before me) ।
  • परिणाम: उनको यस्तो अटल विश्वास देखेर पछि त्यो गाउँका मुखिया र सम्पूर्ण गाउँले नै विश्वास परिवर्तन गरे।

भजनको पूर्ण भागः

नेपाली ख्रीष्टिय भजन-३७६

१. येशूको पछि म हिँड्न लागेँ दुनियाँलाई त्यागी क्रस नै बोकी ।

कोः येशूको पछि म हिँड्न लागेँ (फर्कंदिनँ) २

२. आमाले मलाई, बुबाले मलाई, सबैले मलाई त्यागे तापनि ।

३. माटोको मेरो क्षणभङगुर शरीर माटैमा फेरि नमिलेसम्म ।

चुनौतीः सारा संसार ख्रीष्टको विपक्षमा हुदाँ पनि के तपाई ख्रीष्ट कै पक्षमा हुनुहुन्छ ?

चुनौतीः सारा संसार ख्रीष्टको विपक्षमा हुदाँ पनि के तपाई ख्रीष्ट कै पक्षमा हुनुहुन्छ ?

By संगम श्रेष्ठ

संगम श्रेष्ठ लेखक, ग्राफिक डिजाइनर, वेब डेभलपर, सम्पादक तथा शिक्षक हुन्। उनले B.Th. र M.Div. उपाधि हासिल गरेका छन् तथा पाँचभन्दा बढी पुस्तकहरूको लेखन र सम्पादनमा योगदान दिएका छन्। हाल उनी त्रिभुवन विश्वविद्यालयमा पत्रकारिता तथा आमसञ्चार विषयमा M.A. अध्ययनरत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.