जब पवित्र धर्मशास्त्र बोल्दछ...

✝️ म विश्वास गर्दछु, एक परमेश्वर सर्वशक्तिमान् पिता, स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुनेमाथि। अनि उहाँको एक्लो पुत्र, हाम्रा प्रभु येशू ख्रीष्टमाथि, जो पवित्र आत्माको शक्तिबाट गर्भ धारण हुनुभयो, कन्या मरियमदेखि जन्मनुभयो, जसले पन्तियस पिलातसको अधीनमा दुःख भोग्नुभयो, क्रुसमा टाँगिनुभयो, मर्नुभयो, गाडिनुभयो, तेस्रो दिनमा मरेकाहरूबाट बिउँतनुभयो, स्वर्गमा चढ्नुभयो, सर्वशक्तिमान् परमेश्वर पिताको दाहिने हातपट्टि बस्नुभएको छ, जहाँदेखि उहाँ जीवित र मरेकाहरूको न्याय गर्न फेरि आउनुहुनेछ। म विश्वास गर्दछु पवित्र आत्मामाथि, पवित्र मण्डलीमाथि, पवित्रहरूको सङ्गतिमाथि, पापमोचनमाथि, शरीरको पुनरुत्थानमाथि, र अजम्मरी जीवनमाथि। आमिन्।
परमेश्वरले मानिसलाई उहाँको आफ्नै स्वरूप (image) र प्रतिरूप (likeness) मा बनाउनुभयो” भन्नुको अर्थ के हो ?

परमेश्वरले मानिसलाई उहाँको आफ्नै स्वरूप (image) र प्रतिरूप (likeness) मा बनाउनुभयो” भन्नुको अर्थ के हो ?

बाइबल (विशेषगरी उत्पत्ति 1:26–27) मा “परमेश्वरले मानिसलाई उहाँको आफ्नै स्वरूप (image) र प्रतिरूप (likeness) मा बनाउनुभयो” भन्नुको अर्थ के हो भन्ने प्रश्न गहिरो बाइबलीय र हिब्रू भाषिक अध्ययनसँग जोडिएको छ। मूल हिब्रू शब्दहरू हेर्दा उत्पत्ति 1:26 मा प्रयोग भएका दुई मुख्य हिब्रू शब्दहरू छन्:(क) स्वरूप = צֶלֶם (Tselem) जसको शाब्दिक अर्थ: मूर्ति, छवि, प्रतिनिधि प्रतिमा भन्ने हुन्छ । प्रतिनिधित्व गर्ने छविको अर्थमा स्वरूप भन्ने शब्द प्रयोग गरिएको छ । परमेश्वरको “स्वरूप” हुनु भनेको मानिस परमेश्वरको प्रतिनिधि भएर पृथ्वीमा उहाँको शासन र अधिकार झल्काउने प्राणी हो भन्ने अर्थमा यस शब्दको प्रयोग गरिएको हो । (ख) प्रतिरूप = דְּמוּת (Demut) भन्ने शब्दको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.