जब पवित्र धर्मशास्त्र बोल्दछ...

✝️ म विश्वास गर्दछु, एक परमेश्वर सर्वशक्तिमान् पिता, स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुनेमाथि। अनि उहाँको एक्लो पुत्र, हाम्रा प्रभु येशू ख्रीष्टमाथि, जो पवित्र आत्माको शक्तिबाट गर्भ धारण हुनुभयो, कन्या मरियमदेखि जन्मनुभयो, जसले पन्तियस पिलातसको अधीनमा दुःख भोग्नुभयो, क्रुसमा टाँगिनुभयो, मर्नुभयो, गाडिनुभयो, तेस्रो दिनमा मरेकाहरूबाट बिउँतनुभयो, स्वर्गमा चढ्नुभयो, सर्वशक्तिमान् परमेश्वर पिताको दाहिने हातपट्टि बस्नुभएको छ, जहाँदेखि उहाँ जीवित र मरेकाहरूको न्याय गर्न फेरि आउनुहुनेछ। म विश्वास गर्दछु पवित्र आत्मामाथि, पवित्र मण्डलीमाथि, पवित्रहरूको सङ्गतिमाथि, पापमोचनमाथि, शरीरको पुनरुत्थानमाथि, र अजम्मरी जीवनमाथि। आमिन्।
fbsbsdfvsdv

इजकिएलको पुस्तकको परिचय 

इजकिएल नामको अर्थ “परमेश्वरले बलियो बनाउनु हुन्छ” “God strengthens” यो पुस्तक योहोकीन कैदमा परेको पाचौँ बर्षमा इजकिएलले अगमवाणी गरेको थिए । इजकिएलले गरेको अगमवाणी योहोकीन राजाको समयमा मात्र गरेको थियो । उनी एक असल मानिस वा राजा थिए । यर्मियाले यरुशलेमको पतन पहिले वा पतन हुनु भन्दा अधि अगमवाणी गर्दा इजकिएल यहूदावाटका निर्वासित मध्येको बेबिलोनमा रहने निर्वासित अगमबक्ता पूजाहारी थिए , उनी निर्वासित लगिएका दोस्रो समूहको वा ई.पू. ५९७ मा बेबिलोनामा लगिएका थिए । इजकिएलले यरुशलेमको पतन अधि पतनको समयमा र पतन पछि पनि अगमवाणी गरेको थियो । अर्थात उनले बेबिलोनमा पनि अगमवाणी गरेको थियो । निर्वासनमा भएकाहरुलाई आशा र उत्साह दिन इजकिएलले करिब २२ बर्ष अगमबाणीको सेवा गरे । उनले बिशेष गरी भविष्यको लागि अगमवाणी गरे ।  

यस पुस्तकको बिषयहरु:

१. चार जीवित जीवात:

परमेश्वरको सिंहासनको परिवरी भएका चार जीवित जीवातहरुको दर्शनबाट यस पुस्तकको शुरु हुन्छ । तिनीहरुको आकाश मानिसको जस्तो थियो र हरेकको चार ओटा अनुहार थियो । एउटा मानिसको, एउटा सिंहको, एउटा गोरुको र अर्काे गरुडको जस्तो थियो । यी अनुहारहरुले येशु ख्रीष्टको प्रतिनिधीत्व गर्दछ । 

२. धर्मी जनहरुको चिन्ह:

इजकिएलले ९ अध्याय यरुशलेमको पतनको दर्शन देखे । यस दर्शनमा घिनलाग्दा काम गर्नेहरुको निधारमा चिन्ह लगाउने आदेश पाएको स्वर्गदुत देखा परे । यी घिनलाग्दा काम गर्नेहरु चाहिँ परमेश्वरको इन्साफमा पर्नेहरु हुन् । ईश्वर भक्तहरु वा परमेश्वरको भय मान्नेहरुलाई रक्षा गर्नको लागि यस्तो दर्शन देखाइएको हो । 

३. एउटा नयाँ हुदय र आत्मा:

इजकिएलको पुस्तकमा परमेश्वरले उहाँका जनहरुलाई नयाँ हृदय दिनेछु भनी प्रतिज्ञा गर्नुभएको थियो । पुरानो र अशुद्ध हृदय निकालेर नयाँ हृदय दिनुहुनेछ भनेर प्रतिज्ञा गर्नु भएको छ । 

४. हजार बर्षे मन्दिर:

इजकिएलले हजार बर्षे मन्दिरको दर्शन देखे । यो मन्दिर ख्रीष्टको दोस्रो आगमन पछि स्थापना हुनेछ । पृथ्वीमाथि उहाँको हजार बर्षको राज्यमा प्रभुको उपसना गर्न निर्माण गरिनेछ ।

By Christian Belief

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.