जब पवित्र धर्मशास्त्र बोल्दछ...

snap pro 1774880538426

किन ख्रीष्टियान वैज्ञानिक “बर्नेले” जसलाई नोबेल पुरस्कार दिइएन ?

जोसेलिन बेल बर्नेल, एक उज्ज्वल र प्रतिभाशाली महिला, एक ब्रिटिश खगोल भौतिकशास्त्री हुन् । उनको पुरा नाम डेम सुसान जोसिलिन बेल बर्नल हो । बर्नलको जन्म ख्रष्टाब्द १९४३ जुलाई १५ मा बेलफास्ट, उत्तरी आयरल्याण्ड, बेलायतमा भएको थियो । उनका पिता आर्माघ (Armagh) वेधशालाका आर्किटेक्टको काम गर्ने गर्दथे । यसैरकाण बेलले आफ्नो बाल्यकाल पिता सँग त्यही स्थानमा धेरै बिताएकी थिइन । सानै उमेरमा उनले खगोल विज्ञान सम्बन्धी धेरै पुस्तकहरू पढ्ने अवसर पनि पाएँ र यस विषयमा उनको रुचि हुदै गयो साथै आर्माघ वेधशालाका कर्मचारीहरूले प्रोत्साहित पनि भौतकशास्त्रमा लाग्न प्रत्साहण गरे । यसैकारण उनले स्कटल्याण्डको ग्लासगो विश्वविद्यालयबाट भौतिकशास्त्रको डिग्री गरेकी थिइन् ।[i]  यससँगै उनलेले १९६९ मा क्याक्ब्रिज विश्वविद्यालयबाट पी.एच.डी गरिन् । जहाँ उनले एन्टोनी हेविसको निरीक्षणमा ८१.५ मेगाहर्जको रेडियो टेलिस्कोपको निमार्ण गरि सञ्चालन पनि गरेकी थिइन् । यसैले कारणले उनलाई ब्रिटिश खगोलविद्को रुपमा पनि चिनिन्थ्यो । उनले पल्सरहरु पत्ता लगाए, जसलाई २० औँ शताब्दीको सबै भन्दा महत्वपूर्ण वैज्ञानिक खोजको उपलब्धी मानिन्छ ।[ii]  

Picture1

उनको खोज र कामद्वारा ख्रिष्टाब्द १९७४ मा  भौतिकशास्त्रमा सुपरभाइजर एन्टोनी हेविस र खगोलविद् मार्टिन राइललाई नोबेल पुरस्कार प्रदान गरिए पनि उनलाई भने नोबेल पुरस्कार प्रदान गरिएन् । पल्सरको अवलोकन र सही विश्लेषण गर्ने पहिलो व्यक्ति बेल भए तापनि बेललाई भने नोबेल पुरस्कारबाट बहिष्कृत गरिएको थियो । उनले स्नातकोत्तरमा विद्यार्थीको रूपमा नै रहदा ख्रीष्टाब्द १९६७ मा पहिलो रेडियो पल्सरहरू पत्ता लगाएका थिइन् । सायद उनको लिंगको कारणले गर्दा उनले नोबेल पुरस्कार प्राप्त नगरेको हुन सक्ने विचार गरिन्छ ।[iii]   

जोसेलिनले १९७४ मा पल्सरको खोजको लागि प्रदान गरिएको नोबेल पुरस्कार पुस्कार प्राप्त नगरे पनि उनको योगदानको  सम्मानको स्वरूप उनले धेरै  पुरस्कारहरू प्राप्त गरेकी थिइन । उनले हाल सम्म २ दर्जन भन्दा बढी पुरस्कारहरू प्राप्त गरिकेकी छिन् ।[iv]   उनलको योगदानको बारेमा एरिजोना विश्वविद्यालयका खगोलशास्त्री फेरेल ओजेल (Feryal Özel, an astrophysicist at the University of Arizona)ले भनेका छन्, “उनले एरे (array) को अवलोकन र निर्माण गर्न मद्दत गरिन् । उनी नै हुन् जसले यसलाई ध्यान दिए र यो एक वास्तविक संकेत हो भनी तर्क गरिन् ।  एक स्नातक विद्यार्थीले आफ्नो परियोजनामा त्यस प्रकारको नेतृत्व लिने कार्य भनेको निकै गाह्रो काम हो ।” [v] 

उनी पहिलो पटक सन् १९६९ मा रोयल एस्ट्रोनोमिकल सोसाइटी फेलोको रूपमा चुनिएकी थिइन् र अहिले उनी त्यहाकी उपाध्यक्षको रूपमा सेवा गरिसकेकी छिन् ।

जोसेलीन बेल बर्नेलको योगदान:
  • पल्सरको खोज: बेल बर्नेलले यो महत्वपूर्ण खोज १९६७ मा, जब उनी कैम्ब्रिज विश्वविद्यालयमा पीएचडी गरिरहेकी थिइन्, त्यो बेला गरिन्। उनले रेडियो टेलिस्कोप प्रयोग गरेर अज्ञात रेडियो संकेतहरू पत्ता लगाइन्, जसलाई पछि पल्सरको रूपमा चिनिएको थियो।
  • उनको यस खोजको कारण, उनलाई र उनका प्रमुख अनुसन्धानकर्ता अन्थनी ह्यूईशलाई १९७४ मा नोबेल पुरस्कार दिइएको थियो, तर चकित गर्ने कुरा यो हो कि जोसेलीन बेल बर्नेललाई व्यक्तिगत रूपमा पुरस्कार दिइएन। केवल अन्थनी ह्यूईशलाई पुरस्कार प्रदान गरिएको थियो।
bell
सम्मान र पुरस्कार:

जोसेलीन बेल बर्नेललाई नोबेल पुरस्कारमा समावेश नगरिए पनि, उनले विज्ञानको क्षेत्रमा असाधारण योगदान दिएको कारण उनलाई धेरै पुरस्कार र सम्मानहरू प्राप्त भएका छन्। १९८९ मा उनलाई नैशनल एकेडेमी अफ सायन्सेस द्वारा अन्तर्राष्ट्रिय सम्मान प्राप्त भयो। साथै, २००७ मा उनलाई लॉर्ड नेल्सन पुरस्कार पनि प्राप्त भयो।

उनको धेरै पुरस्कारहरू प्राप्त गरेकी छिन् जसमध्ये १९८७ मा अमेरिकन एस्ट्रोनोमिकल सोसाइटीबाट बीट्रिस एम. टिन्सले पुरस्कार र १९८९ मा रोयल एस्ट्रोनोमिकल सोसाइटीबाट हर्शेल पदक, ओपेनहाइमर पुरस्कार र द माइकलसन पदक पनि जितेकी थिइन् । उनी हाल अक्सफोर्ड विश्वविद्यालयमा एस्ट्रोफिजिक्सको भिजिटिङ प्रोफेसर र म्यान्सफिल्ड कलेजकी फेलो हुन् । उनी सन् २००८ देखि २०१० सम्म इन्स्टिच्युट अफ फिजिक्सको अध्यक्ष पनि रहेकी थिइन । बर्नेलले सन् २०१८ को फन्डामेन्टल फिजिक्समा स्पेशल ब्रेकथ्रु पुरस्कार पनि जितेकी थिइन् ।

जोसेलीन बेल बर्नेलको जीवन र कार्यलाई बिभिन्न पुरस्कार र सम्मानले मूल्यांकन गरिरहन्छ। उनले खगोलशास्त्र र विज्ञानको क्षेत्रमा महिलाहरूको भागीदारीलाई प्रोत्साहित गर्न ठूलो भूमिका खेलेकी छन्। जोसेलीन बेल बर्नेल एक उत्कृष्ट खगोलशास्त्री हुन् जसको कार्यले विज्ञानको नयाँ दिशा खोलेको छ, र यद्यपि उनले व्यक्तिगत रूपमा नोबेल पुरस्कार पाएका छैनन्, उनका योगदानहरू संसारभरि मान्यता प्राप्त छन्।

बर्नेल एक बेलायती खगोलविद्का साथै उनी एक परमेश्वरमाथि विश्वास राख्ने व्यक्ति पनि हुन् । संसारका प्रसिद्ध ख्रीष्टियान वैज्ञानिकहरु मध्ये उनको नाम पनि अग्रणी स्थानमा रहेको पाइन्छ । विज्ञानसँग सँगै परमेश्वरको अस्तित्वमा विश्वास गर्ने महिला वैज्ञानिकहरु मध्ये उनी पनि एक हुन् ।


[i] “Home.” Famous Scientists, www.famousscientists.org/jocelyn-bell-burnell/. Accessed 22 June 2023.

[ii] Burnell, Bell, Jocelyn – Wikipedia.” Accessed June 24, 2023. https://en.wikipedia.org/wiki/Jocelyn_Bell_Burnell.

[iii] “Overlooked for the Nobel: Jocelyn Bell Burnell.” Physics World, 6 Oct. 2020, physicsworld.com/a/overlooked-for-the-nobel-jocelyn-bell-burnell/.

[iv] Jocelyn Bell Burnell – Wikipedia.” accessed June 24, 2023.

[v] “Cosmic Search Vol. 1, No. 1 – Big Ear Radio Telescope,” accessed June 24, 2023, http://www.bigear.org/vol1no1/burnell.htm.

By संगम श्रेष्ठ

संगम श्रेष्ठ लेखन पेशाका साथै ग्राफिक डिजाइनर, वेव डेप्लपर, लेखक, सम्पादक साथै शिक्षक हुन् । ५ भन्दा बढी पुस्तकहरूमा कलम चलाएका उनी ललितपुरमा बसोबास गर्छन् । इश्वरशास्त्रीय क्षेत्रमा पावल थियोलोजिक सेमिनारीबाट B.Th. का साथै हिमालयन ग्राजुएट स्कूल अफ थियोलोजीबाट M.Div. उर्तीण गरेका श्रेष्ठ हाल त्रिभुवन विश्वविद्घालयमा पत्रकारिता विषयमा M.A गर्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.