इजकिएल नामको अर्थ “परमेश्वरले बलियो बनाउनु हुन्छ” “God strengthens” यो पुस्तक योहोकीन कैदमा परेको पाचौँ बर्षमा इजकिएलले अगमवाणी गरेको थिए । इजकिएलले गरेको अगमवाणी योहोकीन राजाको समयमा मात्र गरेको थियो । उनी एक असल मानिस वा राजा थिए । यर्मियाले यरुशलेमको पतन पहिले वा पतन हुनु भन्दा अधि अगमवाणी गर्दा इजकिएल यहूदावाटका निर्वासित मध्येको बेबिलोनमा रहने निर्वासित अगमबक्ता पूजाहारी थिए , उनी निर्वासित लगिएका दोस्रो समूहको वा ई.पू. ५९७ मा बेबिलोनामा लगिएका थिए । इजकिएलले यरुशलेमको पतन अधि पतनको समयमा र पतन पछि पनि अगमवाणी गरेको थियो । अर्थात उनले बेबिलोनमा पनि अगमवाणी गरेको थियो । निर्वासनमा भएकाहरुलाई आशा र उत्साह दिन इजकिएलले करिब २२ बर्ष अगमबाणीको सेवा गरे । उनले बिशेष गरी भविष्यको लागि अगमवाणी गरे ।
यस पुस्तकको बिषयहरु:
१. चार जीवित जीवात:
परमेश्वरको सिंहासनको परिवरी भएका चार जीवित जीवातहरुको दर्शनबाट यस पुस्तकको शुरु हुन्छ । तिनीहरुको आकाश मानिसको जस्तो थियो र हरेकको चार ओटा अनुहार थियो । एउटा मानिसको, एउटा सिंहको, एउटा गोरुको र अर्काे गरुडको जस्तो थियो । यी अनुहारहरुले येशु ख्रीष्टको प्रतिनिधीत्व गर्दछ ।
२. धर्मी जनहरुको चिन्ह:
इजकिएलले ९ अध्याय यरुशलेमको पतनको दर्शन देखे । यस दर्शनमा घिनलाग्दा काम गर्नेहरुको निधारमा चिन्ह लगाउने आदेश पाएको स्वर्गदुत देखा परे । यी घिनलाग्दा काम गर्नेहरु चाहिँ परमेश्वरको इन्साफमा पर्नेहरु हुन् । ईश्वर भक्तहरु वा परमेश्वरको भय मान्नेहरुलाई रक्षा गर्नको लागि यस्तो दर्शन देखाइएको हो ।
३. एउटा नयाँ हुदय र आत्मा:
इजकिएलको पुस्तकमा परमेश्वरले उहाँका जनहरुलाई नयाँ हृदय दिनेछु भनी प्रतिज्ञा गर्नुभएको थियो । पुरानो र अशुद्ध हृदय निकालेर नयाँ हृदय दिनुहुनेछ भनेर प्रतिज्ञा गर्नु भएको छ ।
४. हजार बर्षे मन्दिर:
इजकिएलले हजार बर्षे मन्दिरको दर्शन देखे । यो मन्दिर ख्रीष्टको दोस्रो आगमन पछि स्थापना हुनेछ । पृथ्वीमाथि उहाँको हजार बर्षको राज्यमा प्रभुको उपसना गर्न निर्माण गरिनेछ ।