जब पवित्र धर्मशास्त्र बोल्दछ...

✝️ म विश्वास गर्दछु, एक परमेश्वर सर्वशक्तिमान् पिता, स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुनेमाथि। अनि उहाँको एक्लो पुत्र, हाम्रा प्रभु येशू ख्रीष्टमाथि, जो पवित्र आत्माको शक्तिबाट गर्भ धारण हुनुभयो, कन्या मरियमदेखि जन्मनुभयो, जसले पन्तियस पिलातसको अधीनमा दुःख भोग्नुभयो, क्रुसमा टाँगिनुभयो, मर्नुभयो, गाडिनुभयो, तेस्रो दिनमा मरेकाहरूबाट बिउँतनुभयो, स्वर्गमा चढ्नुभयो, सर्वशक्तिमान् परमेश्वर पिताको दाहिने हातपट्टि बस्नुभएको छ, जहाँदेखि उहाँ जीवित र मरेकाहरूको न्याय गर्न फेरि आउनुहुनेछ। म विश्वास गर्दछु पवित्र आत्मामाथि, पवित्र मण्डलीमाथि, पवित्रहरूको सङ्गतिमाथि, पापमोचनमाथि, शरीरको पुनरुत्थानमाथि, र अजम्मरी जीवनमाथि। आमिन्।
snap pro 1773305745046 scaled

नयाँ करारमा उल्लेख गरिएका आरमेइक शब्दहरु

नयाँ करारका विवरणहरू कोइने ग्रीक भाषामा लेखिएका थिए । तर येशूको समयमा र येशू स्वयमले पनि आरमेइक भाषा बोल्नु हुन्थ्यो भनेर बाइबल विद्वाहरू भन्दछन् । नयाँ करारमा कुनै कुनै स्थानहरूमा आरमेइक शब्दहरू प्रयोग गरिएको छ ।

१. इप्फाता, अर्थः खोलिजा (मर्कूस ७:३४)

२. अब्बा, अर्थः पिता (मर्कूस ९:३६। गलाती ४:६, रोमी ८:१५)

३. राका, अर्थः तँ मूर्ख (मत्ती५:२२)

४. मम्मन, अर्थः धनको सेवा (मत्ती ६:२४)

५. मारानाथा, अर्थः हे हाम्रा प्रभु, आउनुहोस् (१ कोरन्थि १६:२२)

६. इलोई, इलोई, लामा सबखथनी ?, अर्थः हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले  मलाई किन त्याग्नुभएको छ ? (मत्ती २७:४६, मर्कूस १५:३४)

७. कुर्बान, अर्थः परमेश्वरलाई चढाइएको (मर्कूस ७:११)

८. होसन्ना, अर्थः परमप्रभुलाई स्तुती होस्, बचाउनुहोस् (मर्कूस ११:९)

९. बोअनर्गेस, अर्थः गर्जनका छोराहरु (मर्कूस ३:१७)

१०. केफास, अर्थः चट्टान (यूहन्ना १:४२, १ कोरिन्थी १:१२, गलाती १:१८)

११. तबिता, अर्थः हरिणी (प्रेरित ९:३६)

१२. गेतसमनी, अर्थः दाख पेल्नु (मत्ती २६:३६, मर्कूस १४:३२)

१३. गलगथा, अर्थः खोपडीका् स्थान (मर्कूस १५:२२, यूहन्ना १९:१७)

१४. आखेल्दामा, अर्थः रगतको खेत (प्रेरित १:१९)

Referances:

Paul Rana, An Introduction to the second temple period (515-70) (Lalitpur: Hum Lamtari, 2020), 60-61.

By संगम श्रेष्ठ

संगम श्रेष्ठ लेखक, ग्राफिक डिजाइनर, वेब डेभलपर, सम्पादक तथा शिक्षक हुन्। उनले B.Th. र M.Div. उपाधि हासिल गरेका छन् तथा पाँचभन्दा बढी पुस्तकहरूको लेखन र सम्पादनमा योगदान दिएका छन्। हाल उनी त्रिभुवन विश्वविद्यालयमा पत्रकारिता तथा आमसञ्चार विषयमा M.A. अध्ययनरत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.