जब पवित्र धर्मशास्त्र बोल्दछ...

✝️ म विश्वास गर्दछु, एक परमेश्वर सर्वशक्तिमान् पिता, स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुनेमाथि। अनि उहाँको एक्लो पुत्र, हाम्रा प्रभु येशू ख्रीष्टमाथि, जो पवित्र आत्माको शक्तिबाट गर्भ धारण हुनुभयो, कन्या मरियमदेखि जन्मनुभयो, जसले पन्तियस पिलातसको अधीनमा दुःख भोग्नुभयो, क्रुसमा टाँगिनुभयो, मर्नुभयो, गाडिनुभयो, तेस्रो दिनमा मरेकाहरूबाट बिउँतनुभयो, स्वर्गमा चढ्नुभयो, सर्वशक्तिमान् परमेश्वर पिताको दाहिने हातपट्टि बस्नुभएको छ, जहाँदेखि उहाँ जीवित र मरेकाहरूको न्याय गर्न फेरि आउनुहुनेछ। म विश्वास गर्दछु पवित्र आत्मामाथि, पवित्र मण्डलीमाथि, पवित्रहरूको सङ्गतिमाथि, पापमोचनमाथि, शरीरको पुनरुत्थानमाथि, र अजम्मरी जीवनमाथि। आमिन्।
bakhat

बख्त सिंह जब नास्तिकताको पथबाट ख्रीष्टको पथमा आए


बख्त सिंहको जन्म ख्रीब्टाब्द १९०३ जून ६ गते भारतको पञ्जाबमा भएको थियो । उनले ख्रीष्टियन मिसनरी स्कूलमा अध्ययन गरका थिए । बख्त सिंहले ख्रीष्टियानहरु प्रति निकै घृणा पूर्ण भावले भरिएका थिए । जब उनले प्राथमिक तहको उर्तीण गरे तब कसैले उनलाई एउटा बाइबल दिएको थियो । उनले त्यस बाइबललाई च्याति दिएका थिए । उनले आफ्नो अधिकांश समय शिख मन्दिरमा बिताएका थिए र रितिरिवाजको पालना गर्ने गर्दथे ।
जब उनले पञ्जाब विश्वविद्यालयबाट स्नातक गरे तब उनको इच्छा इङ्गल्याण्डमा गएर उच्च शिक्षा अध्ययन गर्ने थियो तर उनका पिताले भने आफ्नो व्यवसायमा सहायता गरोस भन्ने चाहान्थे । उनको विदेशमा गएर अध्ययन गर्ने तिब्र चाहाना राखेका हुनाले उनको आमाले एउटा शर्त माने मात्र विदेशमा अध्ययन गर्न पठाउने भने त्यो थियो, उनले आफ्नो धर्म परिवर्तन गर्न पाइदैन थियो । उनका आमा पिता उनको पक्षमा थिएनन् किनकि त्यहाँ गएपछि ख्रीष्टियान वातावरणको कारणले बख्त सिंह पनि ख्रिष्टियान हुन्छ कि भन्ने डर उनको आमा पितामा थियो । सोही कारणले पनि उनले ख्रीष्टियानहरुलाई एक तुच्छ नजरमा हेर्थे । बख्तले धर्म परिवर्तन नगर्ने प्रतिज्ञा आफ्ना आमासँग गरेको कारण थप अध्ययनको लागि उनलाई विदेशमा पठाए ।
१९२६ मा उच्च शिक्षाको लागि इङ्गल्याण्डमा गए र कृषि बिषयमा इन्जिनियरिङ पढे । सुरुका ३ महिनासम्म आफ्नो धर्ममा निकै निष्ठावान र कट्टर थिए तर बिस्तारै उनी नास्तिकताको पथ समात्न खोजे । यहि क्रममा उनले धेरै लागुऔषधीहरुको प्रयोग गर्न थाले । अध्ययनकै क्रममा १९२८ मा विद्यालयका विद्यार्थीहरु छुट्टी मनाउन क्यानाडा जाने तयारीमा थिए त्यसैकारण उनी पनि साथीहरुसँग घुम्न जान पानी जहाजका साथीहरुसँग सहभागी भए । १९२८ अगस्ट १० मा उनले एउटा सुचना प्राप्त गरे, विहानको खानामा एउटा ख्रीष्टियान संगती हुन्छ । तब सबै जना गएको कारण उनी पनि त्यस संगतीमा सहभागी भए तर उनी वचनको बेला भन्ने मज्जाले निदाए । जब संगतीको अन्त्य तिर आइपुग्यो तब उनी निन्द्राबाट ब्युझिए र उनले आफ्नो दायाँ र बायाँका मानिसहरु घुडा टेकेर प्रार्थना गरिरहेको देखे । तब उनले पनि धर्म प्रति आदार प्रटक गर्न घुडाँ टेके तब उनले फरक अनुभुति गरे । उनले भित्र आत्मामा शान्तिको अनुभव गरिरहेका थिए भने बाहिरी रुपमा उनी कामी रहेका थिए र येशूको नाम बारम्बार लिई रहेका थिए । जब संगती समाप्त भयो तब उनले आफ्नो साथीसँग बाइबल मागे र उनको साथीले उनलाई नयाँ नियमको बाइबल दिए । जब उनले बाइबल पाए तब पहिलो दिनमा पढे, दोस्रो दिनमा पनि पढे र उनी अध्ययन गर्दै युहन्नाको ३ अध्यायमा आइपुग्दा आफ्नो पापहरु सम्झे र धेरै रोए र आफ्नो पापको क्षमा मागे र येशू मेरो हृदयमा हुनुहुन्छ भन्ने कुराको आभास उनले पाए ।
१९३२ फ्रेबरी ४ मा क्यानाडामा उनले बप्तिस्मा लिए । त्यस पश्चात उनी विभिन्न स्थानहरुमा गई सुसमाचार प्रचार गरे । उनी विदेश गएको ८ बर्ष पछि आफ्नो देश फर्के । तब उनका आमा पिताले उनलाई आफ्नो शिख धर्ममा फर्किने बारेमा सल्लाह दिए तब सिंहले जबाफ दिए, “सास नफेरी के म बाच्नु सक्छु ? येशू नै मेरो जीवन हुनुहुन्छ भने उहाँ बिना म कसरी बाच्न सक्छु र ?” उनका पिताले पनि धेरै समयपछि येशूमा विश्वास गरेका थिए ।
बख्तलाई दक्षिण एसियाको एक महान ख्रीष्टियान प्रचारका साथै भारतका विल्ली ग्राहम भनेर पनि चिनिन्छ । उनलाई बाइबलीय शिक्षा र भारतमा मण्डली आन्दोलनको तथा सुसमाचार प्रचारमा एक महान हस्तीको रुपमा लिने गरिन्छ । साथै उनलाई “२१ औँ शताब्दीको एलिया”को रुपमा पनि लिने गरिन्छ । उनले भारतमा १० हजार भन्दा धेरै मण्डलीहरु स्थापना गरेका थिए । उनको मृत्यु ख्रीष्टाब्द २००० सेप्टेम्बर १७ मा भयो ।

By संगम श्रेष्ठ

संगम श्रेष्ठ लेखक, ग्राफिक डिजाइनर, वेब डेभलपर, सम्पादक तथा शिक्षक हुन्। उनले B.Th. र M.Div. उपाधि हासिल गरेका छन् तथा पाँचभन्दा बढी पुस्तकहरूको लेखन र सम्पादनमा योगदान दिएका छन्। हाल उनी त्रिभुवन विश्वविद्यालयमा पत्रकारिता तथा आमसञ्चार विषयमा M.A. अध्ययनरत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.