परिचय
संसारको सबैभन्दा ठुलो समस्या के हो भनेर सोच्दा दुःख, गरिबि, भ्रष्टचार, अनैतिकता आदि पर्दछन् । के तपाईलाई थाहा छ यो भन्दा पनि ठुलो समस्या मानिसहरूमा रहेछ छ । त्यो हो पाप । यही पापबाट मानव जातिहरूलाई बचाउनको निम्ति एक निष्खोट बलिदान चाहिन्थ्यो र त्यो गर्नुहुने येशू ख्रीष्ट मात्र हुनुहुन्छ । पवित्र बाइबल अनुसार, मानिस पापमा पतित भएको छ (रोम ३:२३), र पापको ज्याला मृत्यु हो (रोमी ६:२३)। यसै कारण मुक्तिको लागि निर्दोष बलिदान आवश्यक थियो। येशू ख्रीष्टको पाप विहिनता यही सन्दर्भमा अत्यावश्यक सिद्ध हुन्छ।
१. येशूको पाप विहिनतामा बाइबलको शिक्षा
बाइबल येशूको निर्दोष र पाप विहिन स्वभावलाई स्पष्ट रूपमा प्रकट गर्छ।
- १ पत्रुस २:२२ मा लेखिएको छ, “उहाँले कुनै पाप गर्नु भएन, न त उहाँको मुखमा छल पाइयो।”
- २ कोरिन्थी ५:२१ ले भन्छ, “उहाँले पाप नजान्ने उहाँलाई हाम्रो निम्ति पाप ठहर गर्नुभयो ताकि हामी उहाँमा परमेश्वरको धार्मिकता ठहरिन सकौं।”
- हिब्रू ४:१५ मा भनिएको छ, “उहाँले सबै कुरामा हाम्रा जस्तै परीक्षा भोग्नुभयो, तैपनि पाप रहित रहनुभयो।”
- यसका साथै नयाँ करारका अरू लेखक तथा व्यक्तिहरूले पनि येशूको पाप विहिनताको बारेमा बताउँदछ । जस्तैः मत्ती २७:४, मत्ती २७:१९, लूका २३:४७, लूका २३:४१, १ यूहन्ना ३:५, यूहन्ना ८:४६, लूका २३:१४
यी पदहरूले बताउँदछ कि येशूले केवल पाप मात्र गर्नुभएन तर उहाँमा पापको स्वभाव पनि थिएन। येशू ख्रीष्टको पहिचान भनेको पाप विहिनताको जीवन र ख्रीष्टियान विश्वासमा नैतिकताको मेरूदण्ड हो । येशू ख्रीष्ट मात्र यस्तो गुरू हुनुहुन्छ, जसले कहिल्यै पनि कुनै अनैतिक कार्य गर्नुभएन । येशूको पाप विहिनता नै संसारको निम्ति नैतिकताको मापदण्ड हो ।
२. व्यवस्थामा मसिहको भविष्यवाणी
पुरानो नियमम पापको प्रायश्चितका निम्ति निर्दोष जनावरहरूको बलिदान गरिन्थे।1 त्यस समयको बलिदान भविष्यको मसीहको प्रतीक थियो । पूर्ण, निर्दोष, र पापरहित । यदि येशूले पाप गर्नुभएको भए, उहाँ स्वयं दोषी ठहरिनुहुन्थ्यो र अरूको पाप उठाउने योग्य हुनुहुन्नथ्यो। ईश्वरशास्त्री Charles Hodge भन्छन्,
“If Christ had been a sinner, His death would have been the penalty of His own sin, not an atonement for others.”2
अर्थात्, येशू पापी भए उहाँको मृत्यु केवल व्यक्तिगत सजाय हुन्थ्यो, मुक्ति होइन।
३. येशूको पाप विहिनता र परमेश्वरको न्याय
परमेश्वर न्यायी र पवित्र हुनुहुन्छ । उहाँले पापीलाई दण्ड बिना छोड्नुहुन्न। किनकि उहाँ धर्मी र सही न्याय गर्ने परमेश्वर हुनुहुन्छ । John Stott ले भन्छन्,
“The cross is the place where divine mercy and divine justice meet.”3
अर्थात, क्रूसमा येशूको निर्दोष मृत्युले न्याय पनि पूरा गर्यो र दया पनि प्रकट गर्यो। येशू पाप विहिन हुनुहुन्थ्यो, त्यसैले उहाँले हामी सबैको पापको सजाय आफैंमा लिने अधिकार लिनुभयो। जसबाट परमेश्वर र मानवजाति बिच ख्रीष्टको निष्खोट बलिदानद्वारा मेलमिलाप भयो ।
४. येशूको पाप विहिनतामा नै हाम्रो धार्मिकता
येशूको पाप विहिनतामा नै हाम्रो धार्मिकता स्थापना भएको पाइन्छ । येशू ख्रीष्टले हाम्रो पाप आफैंमा लिनुभयो भनेर (यशैया ५३:५–६) ले बताउँदछ । त्यसबापतमा हामी परमेश्वरको दृष्टिमा धार्मी ठहरिएका छौँ । यो “महान अदलाबदल” (Great Exchange) हो, जसको व्याख्या विश्व मण्डली इतिहासका सुधारक Martin Luther ले येशूको पाप विहिनताको बारेमा भन्छन्,:
“Christ took our sins and the sins of the whole world as if they were His own, and in return He gives us His righteousness.”4
यस अदलाबदलमा, हाम्रो पाप उहाँमा स्थानान्तरित भयो र उहाँको धार्मिकता हामीमा स्थानान्तरित भयो। यहि स्थानान्तरणबाट नै हामी परमेश्वरको सामु धर्मी ठहरिएका छौँ ।
५. येशूको पाप विहिन जीवन नै मानवताको पहिचान
येशू पूर्ण मानव र पूर्ण परमेश्वर हुनुहुन्थ्यो र हुनुहुन्थ्यो। उहाँले मानव शरीर धारण गर्नुभयो ताकि हाम्रो कमजोरी बुझ्न सकून्, तर पापविना रहनुभयो ताकि हामीलाई नयाँ जीवनको आदर्श देखाउन सकून् अर्थात ख्रीष्ट मानिस बन्नु भयो, ताकि विना पाप पनि जिउन सकिन्छ भनेर हामीहरूलाई उदाहरणको रूपमा देखाउन । “If Christ had been a sinner, His death would have been the penalty of His own sin, not an atonement for others.”2 पाप रहित जीवन जिउन वा पवित्र जीवन जिउनको निम्ति उदाहरण छोड्नु भएको पाउँदछौँ । Athanasius of Alexandria ले लेखेका छन्:
“He became what we are that He might make us what He is.”5
अर्थात्, येशूले मानव भएर पनि पाप नगर्नु भयो ताकि हामी उहाँको पवित्रतामा सहभागी हुन सकौं।
६. येशूको पाप विहिनतामा ख्रीष्टियान जीवनको व्यावहारिक प्रभाव
येशूको पाप विहिन जीवन केवल धर्मशास्त्रीय सत्य मात्र होइन; यो त सम्पूर्ण ख्रीष्टियान जीवनको लागि व्यावहारिक प्रेरणा हो।
- ख्रीष्टले पवित्र जीवनको स्पष्ट नमूना देखाउनुभयो (१ पत्रुस २:२१–२२)।
- ख्रीष्टको निर्दोष बलिदानले हामीलाई पापमुक्त जीवनमा बोलाउँछ (रोमी ६:११)।
- ख्रीष्टको पुनरुत्थानले ख्रीष्टियानहरूमा नयाँ जीवनको प्रमाण दिन्छ (१ कोरिन्थी १५:१७)।
निष्कर्ष
येशूले कहिले पाप स्वीकार गर्नु भएन । किनकि उहाँले कुनै पाप गर्नु भएन । येशू जस्तै पाप नगरि नैतिक जीवन जिउने कुनै पनि अरू धर्म गुरू संसारमा छैन् । येशूलाई कसैले पनि कहिल्यै पनि नैतिक पतनको बारेमा मुद्दा लागेन । किनिकि उहाँले कुनै अनैतिक कार्य गर्नु भएन । येशूको पाप विहिनता बिना मुक्तिको सन्देश अधुरो रहन्छ। उहाँको निर्दोषता नै हाम्रो उद्धारको योग्यता हो। पाप विहिन येशूले हाम्रो पाप उठाउनुभयो, परमेश्वरको न्याय पूरा गर्नुभयो, र हामीलाई धार्मिकता दिनुभयो। त्यसैले, येशूको पाप विहिन जीवन हाम्रो मुक्ति, हाम्रो विश्वास र हाम्रो भविष्यको आधार हो। “उहाँले पाप नजान्ने उहाँलाई हाम्रो निम्ति पाप ठहर गर्नुभयो ताकि हामी उहाँमा परमेश्वरको धार्मिकता ठहरिन सकौं।” — २ कोरिन्थी ५:२१ त्यसैले, येशूको पापविहिन जीवनले हाम्रो उद्धारलाई केवल सम्भव बनाएको होइन, निश्चित बनाएको हो। उहाँको निर्दोष मृत्युले न्याय पूरा गर्यो, दया प्रकट गर्यो, र हामीलाई धार्मिक ठहरायो। यसै कारण येशू ख्रीष्टको पापविहिनता हाम्रो मुक्तिको निश्चयताको आधार हो।
स्रोतहरू
- Exodus 12:5; Leviticus 4:3–4.
- Charles Hodge, Systematic Theology, Vol. 2 (Grand Rapids: Eerdmans, 1872), 587.
- John R. W. Stott, The Cross of Christ (Downers Grove: InterVarsity Press, 1986), 159.
- Martin Luther, Lectures on Galatians (1535), in Luther’s Works, Vol. 26, ed. Jaroslav Pelikan (St. Louis: Concordia Publishing House, 1963), 280.
- Athanasius, On the Incarnation, trans. John Behr (Yonkers: St. Vladimir’s Seminary Press, 2011), 54.
