बाइबलले हामीलाई यो विवरण दिदैन कि येशूले सुनिश्चित शब्द भन्नुभयो, “म परमेश्वर हुँ।” तैपनि, यसको यो अर्थ होइन कि, उहाँले यो घोषणा गर्नुभएन कि उहाँ परमेश्वरको होइन । लेखक निक्की गम्बेल लेख्छन्, “वास्तवमै हो, उहाँ आफू परमेश्वर हुँ भन्दै जताततै दौडनु भएन । तथापि उहाँले सिकाएका शिक्षा र गरेका कामलाई गौर गरेर हेर्ने हो भने येशू आफ्नो ईश्वरत्वप्रति सदैव सचेत रहनुभएको तथ्य सबैले स्पष्ट देख्नेछन् ।” कुनै पनि धर्मका स्थापकले आफू परमेश्वरका पुत्र वा ईश्वरीय व्यक्ति हुँ भनी दावी गरेको छैनन् । तर येशूले भन्नुभएझैँ उहाँ परमेश्वर हुनुहुन्छ भनी ख्रीष्टियनहरुले विश्वास गर्छन् । येशूले जे गर्नुभयो, जे भन्नुभयो, र उहाँ जो हुनुहुन्थ्यो त्यसको कारणले उहाँ घोषणा गर्नुभयो । उहाँ जताततै भलाई गर्दै जानुभयो । “यस मानिस जस्तो त कुनै मानिसले बोलेन” (यूहन्ना ७ः४६) । “हामीले उहाँको महिमा देख्यौँ”(यूहन्ना १ः१४) । आफ्नो सेवाको अन्त्यथिर येशूले उहाँ को हुनुहुन्छ भनी आफ्ना तीनजना नजिकका चेलाहरुलाई सोध्नुभयो, र “तपाई ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरका पुत्र” (मत्ती १६ः१६) भनी पत्रुसले जवाफ दिएका थिए । यो प्रकाश परमेश्वरबाट नै आएको हो भनी येशूले पत्रुसलाई भन्नुभएको थियो ।
यो निकै महत्वपूर्ण प्रश्न हो । सम्पूर्ण ईशाई समाजलाई यो प्रश्न निकै पटक सोधिन्छ । बाइबलको बिषयमा प्रश्न गर्दा विश्वास नगरेका र बाइबल बिरोधीहरुले सोध्ने प्रश्नहरु मध्ये यो पनि एक हो । यो प्रश्नले सम्पूर्ण ईशाई समाजलाई चुनौती दिन्छ । मुस्लिम धर्मको एक प्रचारक डा. जाकिर नाइकले भनेका थिए “सम्पूर्ण बाइबलमा येशू आफैले कहाँ भन्नुभएको छ म परमेश्वर हुँ र मेरो आराधना गर । यदि यस्तो लेखिएको छ भनी म ईशाई हुनेछु ।” डा. जाकेर नाइकले गरेको यो प्रश्न र उसको कुरा सुनेर धेरै ब्यक्तिले ताली बजाए र ईसाइहरु माथि चुनौती दिए ।
स्पष्ट रुपमा यो सत्य हो कि बाइबललमा येशूले काही पनि म परमेश्वर हुँ र मेरो आराधाना गर भन्नु भएको छैन् । यो कुरा हामी स्वीकार गर्दछौँ तर हामी यो स्वीकार गर्दैनौ कि येशू परमेश्वर हुनुहुन्न । लूका ४ः८ मा येशूले भन्नुभयो “… तैले आफ्नो परमप्रभु, आफ्ना परमेश्वरलाई दण्डवत् गर्नु र उहाँको मात्र सेवा गर्नू ।” यहाँ येशूले म नै परमेश्वर हुँ भन्ने कुरा गर्दै हुनुहुन्छ । म बाहेक अरु कोहिँ ईश्वर छैन भन्ने कुरा येशू यहाँ गर्दै हुनुहुन्छ । यहाँ येशूले शैतानलाई भन्न खोज्नुभएको कुरा “तैले चाहिँ मलाई दण्डवत् गर्नुपर्दछ” भन्न खाजेको हो । येशूले सिधै म नै परमेश्वर हुँ भनी भन्नुभएको छैन । तर म नै परमेश्वर हुँ भन्ने कुरालाई संकेतिक रुपमा प्रष्ट पार्नुभएको छ । येशूले भन्नु भयो ‘म नै आदि र अन्त्य हुँ’ प्रकाश १ः१७ , यशैया ४४ः६ । येशू आफैले भन्नुभयो “ पिता र म म एक हौँ ।” (यूहन्ना १०ः३०) । पिता र म एक हौँ भन्नु अर्थ यो होइन कि पिता पनि उहाँ नै र पुत्र पनि उहाँ नै हो तर यसको अर्थ यो हो कि पिता पनि म जस्तै हुनुहुन्छ । परमेश्वर पिताको प्रतिरुप र प्रतिबिम्ब म मा छ भन्न खोजेको हो । येशू परमेश्वर पिताको प्रतिरुप हुनुुहुन्छ (कलस्सी १ः१५) । येशूले यूहन्ना १४ः६ मा भन्नु भयो “बाटो सत्य र जीवन म नै हुँ ।” यहाँ येशूले स्पष्टसँग भन्नुभएको छ म नै परमेश्वर हुँ । बाटो सत्य मात्र होइन तर येशू त जीवन पनि हुनुहुन्छ । जीवन दिनुहुने परमेश्वर नै हुनुहुन्छ ।
प्रकाश १ः७,८–हेर, उहाँ बालदहरुसाथ आउदैहुनुहुन्छ, र हरेक आँखाले उहाँलाई देख्नेछन् । तिनीहरु पनि, जसले उहाँलाई घोचे, र पृथ्वीका सबै कुलहरुले उहाँको कारण विलाप गर्नेछन् । यस्तै होस् । आमेन । “अल्फा र ओमेगा म नै हुँ,” सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो र जो आउनुहुनेछ । अल्फा ग्रीक वर्णमालाको पहिले अक्षर हो भने ओमेगा अन्तिम अक्षर हो । येशू ख्रीष्ट सुरु गर्ने परमेश्वर पनि हुनुहुन्छ भने अन्नतको पनि परमेश्वर हुनुहुन्छ । यस पदमा येशू ख्रीष्टको बारेमा स्पष्ट रुपमा व्याख्या गर्दछ । अल्फा र ओमेगा शब्द येशू नै बोल्नुभएको हो । यसमा येशू ख्रीष्टलाई सर्बशक्तिमान परमप्रभु परमेश्वर भनिएको छ । यसबाट हामी स्पष्ट सँग बुझ्छौँ येशू ख्रीष्ट सर्वशक्तिमान परमप्रभु परमेश्वर हुनुहुन्छ । हामीलाई पवित्र शात्र बाइबलले पनि सिकाउने यही हो ।
भजनसंग्रह ११०ः१ मा “परम्रभु मेरो परमेश्वरलाई भन्नुहुन्छ ” यसको अर्थ के हो परप्रभु ले पनि मेरो परमेश्वरलाई भन्नुभयो । मेरो परमेश्वरले येशू ख्रीष्ट लाई संकेत गर्दछ । येशू ख्रीष्ट निश्चिय नै बिना शंका उहाँ परमेश्वर हुनुहुन्छ । यशैया ९ः६ मा येशू ख्रीष्टलाई शक्तिशाली परमेश्वर भनी सम्बोधन गरिएको छ । भजनसंग्रह ९०ः२ “पहाड उत्पन्न हुनुभन्दा अघि, अथवा तपाईले पृथ्वी र संसार सृजनुभन्दा अघि, अनादिदेखि अन्नतसम्म तपाईंनै परमेश्वर हुनुहुन्छ ।” साथै प्रकाश २१ः६“… आदि र अन्त्य म नै हुँ ।” यी दुई खण्डहरुले येशू ख्रीष्ट नै परमेश्वर हुनुहुन्छ भन्ने कुराको स्पष्ट विवरण दिदछ । कलस्सी १ः१६ ले भन्दछ “किनकी उहाँमा नै (येशु ख्रीष्टमा नै) सबै थोक सृष्टि भएका थिए । स्वर्गमा र पृथ्वीमाथि भएका दृश्य र अदृश्य थोकहरु, चाहे सिंहासनहरु, चाहे प्रभुत्वहरु, चाहे अधिकारहरु सबैथोक उहाँद्धारै । उहाँकै निम्ति सृजिएका हुन् ।” यस पदले पनि येशूलाई सृष्टिकर्ता परमेश्वरको रुपमा चिनाउँदछ । येशू ख्रीष्ट सुष्टिकर्ता परमेश्वर हुनुहुन्छ । येशू ख्रीष्ट स्वयम परमेश्वर हुनुहुन्छ । मानव स्वरुपमा उहाँ यस संसारमा आउनुहुदाँ पवित्र आत्माको शक्तिद्धारा कन्या स्त्रीको कोखबाट जन्मनुभयो । यसरी जन्मेको कारण उहाँ मानिसको पुत्र कहलाइनुभयो । मानिसको पुत्र भएता पनि उहाँ परमेश्वर हुनुहुन्थ्यो ।
येशूले कहिले पनि म परमेश्वर हुँ भन्ने वाक्य प्रयोग गर्नु भएन तर उहाँले गर्नुभएको कार्य र उहाँले बोल्नुभएको वाक्यमा म नै परमेश्वर हुँ भन्ने कुरा लाक्षिणिक तरिकाले भन्नुभयो । येशूसँग परमेश्वरका सबै गुणहरु छन् । उहाँको आदि (सुरु) थिएन, उहाँ अनन्त (अजम्बरी) हुनुहुन्छ । उहाँको मृत्यु कहिले हुदैन र हुने पनि छैन । उहाँ सधै परमेश्वरसँग हुनुहुन्थ्यो (यूहन्ना १७ः१–७) । “यो स्पष्ट छ कि सुसमाचारका लेखकहरु र पत्रहरुका लेखकहरुले येशू परमेश्वर हुनुहुन्छ भनेर विश्वास गर्थे । (मत्ती १ः२३,२८ः२०, लूका १ः३२,२ः११, यूहन्ना १ः१–३,१८, १ कोरिन्थी २ः८, ८ः६, कलस्सी १ः१६,२ः९, हिब्रू १ः१–३, याकूब २ः१, १ पत्रुस ३ः१५, २ पत्रुस १ः१,११” येशू ख्रीष्टले “म परमेश्वर हुँ मेरो आराधाना गर” भन्ने शब्द भन्नु नभएता पनि उहाँ परमेश्वर हुनुहुन्छ भन्ने प्रमाणहरु नयाँ करारमा पुस्तकहरुमा धेरै छ । “यो सत्य हो, ‘येशू ख्रीष्टले म परमेश्वर हुँ’ भन्ने वाक्य बोल्नु भएको छैन् । तर उहाँले विभिन्न तरिकाबाट दाबीहरू भने गर्नुभयो, जुन सुन्नेहरूले ठिक रूपमा बुझ्दथे । जस्तै यूहन्ना १०ः३० मा येशूले भन्नुभयो ‘म र पिता एकै हौँ ।’ जब यहुदीहरूले यो सुने येशूले ईश्वरीय दाबी गर्दै हुनुहुन्छ भन्ने कुरा उनीहरूले थाहा पाए । यसैले उनीहरूले प्रतिक्रिया देखाए अर्थात येशूलाई ढुङ्गाले हान्न लागे ।” यसैले येशूले ‘म परमेश्वर हुँ ।’ भन्ने वाक्य जस्ताको तस्तै प्रयोग नगर्नु भएता पनि बाइबलमा उहाँले धेरै दाबीहरू गर्नुभएको छ जसले उहाँ परमेश्वर हुनुहुन्छ भन्ने कुरा स्पष्ट रुपमा प्रमाणित गर्दछ ।