येशु को हुनुहुन्छ भन्ने प्रश्न २००० बर्ष देखी सोधि रहेको प्रश्न हो । यसको बिषयमा धेरै पुस्तकहरू लेखिए र हरेकले येशु को हुनुहुन्छ भन्ने कुरा व्याख्य गर्न थाले अनि अहिले पनि यो प्रश्न निकै प्रभावशाली छ र अहिले पनि मानिसहरूले येशु को हुनुहुन्छ भन्ने बारेमा लेख्दैछन् । धार्मिक, इतिहासिक, मनोवैज्ञानिक, साँस्कृतिक तथा राजनीतिक तरिकाबाट येशुको परिचय दिदछ ।[1] लेखक तथा पाष्टर आर. सी. स्प्रौल लेख्छन्, “ख्रीष्ट को हुनुहुन्छ भन्ने प्रश्नको उत्तर दिन खोजिएका प्रयासहरुले सटीक उत्तर दिनुको सट्टामा झन् धेरै भ्रमात्मक सिद्धान्तहरुको सिर्जना गरेको छ । जुन प्रश्न येशूले आफ्ना चेलाहरुलाई पनि सोध्नुभएको थियो “तर तिमीहरुचाहिँ के भन्छौँ, म को हुँ ?” यो प्रश्न यतिधेरै महत्वपूर्ण छ कि, एक व्यक्तिले दिने उत्तरसँगै उसको अनन्त भविष्य पनि गाँसिएको हुन्छ ।” [2]

“येशू बास्तवमा को हुनुहुन्छ ? यो बुझ्नैपर्ने विषय हो । प्रभु येशू ख्रीष्ट सर्वशक्तिमान् परमेश्वर हुनुहुन्छ भनेर म साँच्चै विश्वास गर्दछु भने निश्चय म उहाँलाई दण्डवत् गर्नेछु, उहाँलाई प्रेमपूर्वक भक्ति चढाउँनेछु । उहाँ प्रभु हुनुहुन्छ भनेर म साँच्चै विश्वास गर्दछु भने, म उहाँको सेवा गर्नेछु र उहाँका आज्ञाहरू पालन गर्नेछु । येशू झूटा हुन् भन्ने व्यक्तिले के उहाँमाथि भरोसा राख्न सक्छ वा उहाँका वचनमाथि विश्वास गर्न सक्छ ? येशू पागल हुन् भन्ने व्यक्तिले के उहाँलाई मुक्तिदाताको रूपमा विश्वास गर्न सक्छ ? उहाँलाई असल गुरु मात्र मान्नेले उहाँका भनाइलाई सुन्नेछ तर उसले अन्य शिक्षकहरूका भनाइलाई पनि सुन्नेछ र विश्वास गर्नेछ । ख्रीष्टलाई भविष्यवक्ता मात्र मान्नेले परमेश्वरको बाटो देखाउने अन्य भविष्यवक्ताहरूलाई पनि उत्तिकै मान्यता दिनेछ । येशू २००० वर्ष अघि मर्नुभएको केवल एउटा मानिस मात्र हुनुहुन्थ्यो भने उहाँ मरेको मरै हुनुभयो र उहाँले कसैको जीवनमा खास परिवर्तन ल्याउन सक्नुहुन्न ।[3] येशूको बारेमा महत्वपूर्ण शब्दहरुद्वारा लेख्दै विश्वचर्चित इतिहासकार पेलिकानले लेखे, “नासरतका येशूको विषयमा कुनै पनि व्यक्तिले व्यक्तिगत रुपमा जे जस्तो सोच राखेतापनि झण्डै बिस शताब्दीसम्म पाश्चात्य जगत्को इतिहासमा उहाँ प्रभावशाली पात्र हुनु भएको छ ।” [4] “येशू को हुनुहुन्छ ? सम्भवतः सारा मानव इतिहासमा अन्य कुनै प्रश्नभन्दा यो प्रश्नको बारेमा बढी खोज र अनुसन्धान गरिएको छ । येशू गैरख्रिस्टियानहरूका लागि असल शिक्षक, मुसलमानहरूका लागि एक अगमवक्ता त ख्रीष्टियानहरूका लागि परमेश्वरका पुत्र हुनुहुन्छ ।[5]

तपाईंको विचारमा येशू ख्रीष्ट को हुनुहुन्छ ?
कोही मानिसले भन्छन् उहाँ एक महान् गुरु हुनुहन्थ्यो, अरुहरुले उहाँलाई भविष्यवक्ता, दार्शनिक, पश्चिमी ईश्वर अथवा असल मानिस जसको उदाहरण हामीले पछ्याउनु पर्दछ भनी भन्दछन् । प्रभु येशू ख्रीष्ट महान् गुरु र भविष्यवक्ता हुनुहुन्थ्यो तर उहाँ यी कुराहरुभन्दा पनि धेरै हुनुहुन्छ । उहाँ दार्शनिक वा हाम्रो उदाहरण भन्दा धेरै हुनुहुन्छ । प्रभु येशू ख्रीष्ट पश्चिमी देश बेलायत व अमेरिकामा जन्मनुभएको होइन र यसकारण हामीहरु उहाँलाई पश्चिीमी ईश्वर भन्न सक्दैनौँ । उहाँ मध्यपूर्वी देश इस्राएलमा भन्डै २,००० वर्ष पहिले जन्मनुभएको थियो र पनि संसार वरिपरिका करोडौँ मानिसहरुले उहाँलाई व्यक्तिगत रुपमा चिनेका दावी गर्दछन् । तिनीहरु उहाँको निम्ति मर्न पनि तयार छन् ।” [6] येशू ख्रीष्टको बारेमा लेखक कमल अधिकारी लेख्छन्, “येशूको सेवा–कार्य केवल साँढे तिन वर्ष लम्बिएको थियो । तर त्यस सङ्क्षिप्त अवधिले मानव–जातिमा नमेटिने छाप छोडेर गएको छ । उहाँ आफ्नो जन्मस्थान इस्राएल देशमा मात्र परिचित हुनुहुन्न तर मानव–जाति बसोबास भएको ६ वटै महादेशमा उहाँलाई पछ्याउनेहरु मानग्गे छन् । आफुले स्थापना गर्नुभएको ख्रिस्टियमतमा मात्र उहाँको चर्चा हुँदैन तर संसारका प्रायः सबै धर्महरुले उहाँलाई आदर्श व्यक्तित्वको रुपमा हेर्छन् । येशू ख्रीष्टियानहरुको पर्खालभित्र मात्र होइन तर गैरख्रिस्टियानहरुको मैदानमा पनि उपस्थित हुनुहुन्छ ।” [7]
“येशू केवल मानिस वा शिक्षक मात्र हुनुहुन्न तर उहाँ त पुरानो करारले केन्द्रित गरिएको प्रतिज्ञाका मसिह हुनुहुन्छ । उहाँ मानिसहरुलाई पाप र मृत्युबाट बचाउँनको लागि आउनु भयो र परमेश्वर प्रेम प्रमाणित गर्नुभयो । येशू पुत्र हुनुहुन्छ अर्को शब्दमा भन्नु पर्दा येशू परमेश्वरको पुत्र हुनुहुन्छ । उहाँले शक्ति दिनुभयो, परमेश्वरको सुसमाचार प्रचार गर्नुभयो र उहाँले उदेकको आश्चर्यकर्म पनि गर्नु भयो ।” [8]
“येशू को हुनुहुन्छ भन्ने प्रश्न दुई हजार बर्ष देखि सोधि रहेको प्रश्न हो । येशू ख्रीष्ट आफैले उहाँलाई पछ्याउनेहरुलाई सोध्नु भयो मानिसहरुले म को हुँ भनि भन्छन् ? कतिले उहाँलाई नासरतमा बस्ने एक ऐतिहासिक मानिस भन्छन् । अरुले भन्दछन् उहाँ चाहिँ परमेश्वरले पठाउनु भएको अगमबक्ता हुन् । अन्यले भन्दछन् उहाँ एक धार्मिक सुधारवादीका दार्शनशास्त्री र नैतिकवान व्यक्ति हुनुहुन्छ । कतिले भन्दछन् येशू केवल एक झुटो कहानी मात्र हो । तर बाइबलले के भन्छ ? बाइबलले बताउँछ कि येशू मानिस हुनुहुन्छ जसको प्रमाण उहाँको जन्म, जीवन र मृत्युले दिदछ । बाइबलले यो पनि भन्दछ कि येशू ख्रीष्ट चाहिँ परमेश्वरका पुत्र हुनुहन्छ र उहाँ आफै र आफ्नै अस्तित्वमा परमेश्वरमा परमेश्वर हुनुहुन्छ । सत्य चाहिँ येशू नामको अर्थ परमेश्वरले मुक्तिदाता हुनुहुन्छ भन्ने हुन्छ । उहाँलाई अनन्तका पिता पनि भनिन्छ, शक्तिशाली परमेश्वर र इम्मानुएल जसको अर्थ हो परमेश्वर हामीहरु सँग । यसैले येशू मानिस हुनुहुन्छ कि परमेश्वर हुनुहुन्छ ? उत्तर हुन्छ दुबै हुनुहुन्छ । बाइबलले बताउँछ उहाँ सत्य परमेश्वर हुनुहुन्छ र सोही समय मानिस पनि हुनुहुन्छ भनेर बताउँछ । किनकि उहाँ पूर्ण रुपमा पाप रहित मानव जीवन बिताउँनु भयो । साढे ३३ बर्षको उमेरमा क्रुसमा मर्नुभयो र हामीहरुको पाप उठाइ लैजानु भयो र हामीहरुलाई मृत्युको पापको श्रापबाट बचाउनु भयो । उहाँले आर्फलाई अर्पण गर्नुभयो र हामीलाई बचाउँनु भयो । किनकि उहाँ आफै अनन्तका परमेश्वर हुनुहुन्छ । किनकि उहाँ मृत्युको अधिनमा भइरहनु असम्भ थियो । उहाँ तेस्रो दिनमा पुनरुत्थान हुन भयो र जीवन दिने आत्मा हुनु भयो । उहाँले हामीलाई अनन्तको जीवन दिनु भयो । उहाँ माथि विश्वास गर्ने व्यक्तिहरु सँग हरेक स्थानमा हरेक व्यक्तिहरु सँग उहाँ उपस्थिति हुनुहुन्छ ।” [9]
[1] http://sthasangam33.blogspot.com/2019/05/blog-post_9.html7/23/2020,8:45.
[2] R.C Sproul, Who is Jesus? (Kathamandu: Gospel Publication Pvt.Ltd, 2017), 7-8.
[3] https://wordoftruth.com.np/life-of-christ-04/7/23/2020,8:32.
[4] Jaraslov Pelikan, quoted by Kenneth D.Book & Robert M.Bowman Jr.)pg,118.
[5] https://kamaladhikari.com.np/16/7/23/2020,8:28.
[6] lxn hL=PN6g, o]z” v|Li6 sf] x’g’x’G5 < -sf7df08f}FMcfO{=;L=cfO{ o’lgel;{6L,@)!@_k]h !$.
[7] clwsf/L, sdn, o]z” sf] x’g’x’G5< -sf7df08f}FM ;fdbfg k|sfzg, @)!*_ k]h,&&.
[8] https://www.youtube.com/watch?v=fkE73ltbUO4,7/15/2020,5:18.
[9] https://www.youtube.com/watch?v=TywlLxR7kQs,7/15/2020,5:44.