जब पवित्र धर्मशास्त्र बोल्दछ...

✝️ म विश्वास गर्दछु, एक परमेश्वर सर्वशक्तिमान् पिता, स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुनेमाथि। अनि उहाँको एक्लो पुत्र, हाम्रा प्रभु येशू ख्रीष्टमाथि, जो पवित्र आत्माको शक्तिबाट गर्भ धारण हुनुभयो, कन्या मरियमदेखि जन्मनुभयो, जसले पन्तियस पिलातसको अधीनमा दुःख भोग्नुभयो, क्रुसमा टाँगिनुभयो, मर्नुभयो, गाडिनुभयो, तेस्रो दिनमा मरेकाहरूबाट बिउँतनुभयो, स्वर्गमा चढ्नुभयो, सर्वशक्तिमान् परमेश्वर पिताको दाहिने हातपट्टि बस्नुभएको छ, जहाँदेखि उहाँ जीवित र मरेकाहरूको न्याय गर्न फेरि आउनुहुनेछ। म विश्वास गर्दछु पवित्र आत्मामाथि, पवित्र मण्डलीमाथि, पवित्रहरूको सङ्गतिमाथि, पापमोचनमाथि, शरीरको पुनरुत्थानमाथि, र अजम्मरी जीवनमाथि। आमिन्।

विलापको पुस्तकको परिचय 

विलापको अर्थ चिच्याउनु, शोक गर्नु वा विलाप गर्नु हो । यो पुस्तक यर्मियाद्धारा लेखिएको हो भन्ने धेरै ईश्वरशास्त्रीहरुको विश्वास रही आएको छ । वास्तवमा यो पुस्तकको कथा बस्तु हेर्दा यर्मियाले यरुशलेमको पतनको चेतावनी दिदै अधिल्ला तिर हेर्छन तर विलापले रुदै परमेश्वरको प्रतिज्ञाहरु , न्याय,र पतन तर्फ पछिल्ला तिर हेर्छन् । जब यर्मिया दया, दुःखको साथमा साथीहरुको साथमा पुग्छन् । उनी रोइ रहेको र विालप गरिरहकेको कारण यहाँ, यस पूस्तकमा यर्मियालाई रुन्चे अगमबक्ता भनिन्छ । यस पुस्तकमा उल्लेख गरिएका ५ वटा अध्यायले ५ वटा कविताको प्रतिनिधित्व गर्दछ । यसैले विलापको पुस्तक ५ वटा कविताको संग्रह हो । 

यो पुस्तक विलापहरु कहलाइने पाचँओटा  कविताहरुको एउटा संकलन हो । यी कविताहरु कण्ठस्थ गर्न सजिलो हुने तरिकाले मौलिक हिब्रूमा राम्रो सँग लेखिएका छन् ।

 यर्मियाको विलापः

अगमबक्ताले जसै बेबिलोनहरुबाट भएका विध्वंस र लूटपाटपछि यरुशलेमको मन्दिर र शहरका ध्वंसावशेषहरुलाई देख्छन्, अनि यी कविताहरुद्धारा उनी हाद्धिक शोक प्रकट गर्दछन् । ती परमेश्वरद्धारा उहाँका प्रजाहरुका पापहरुको निम्ति न्यायको रुपमा गरिएका थिए । 

परमेश्वरका जनहरु मध्ये पेलिएकाहरुको निम्ति विलाप ३ मा आशा छ, किनकि यर्मिया २१–२३ पदहरुमा प्रभुको बारेमा उनी यसो भन्छन्, परमेश्वरको महान प्रेमले गर्दा नष्ट भएका छैनौँ । हरेक विहान परमेश्वरको कृपा नयाँ हुन्छ । तपाई आफ्नै आसुहरुको बेशीहुदो गरारहनु भएका सबै प्रियजनहरुका निम्ति यो पुस्तक पढेर त्यसमाथि प्रार्थना निष्ठायुक्त ध्यान गर्न महत्वपूर्ण हुन्छ । 

By Christian Belief

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.