जब पवित्र धर्मशास्त्र बोल्दछ...

✝️ म विश्वास गर्दछु, एक परमेश्वर सर्वशक्तिमान् पिता, स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुनेमाथि। अनि उहाँको एक्लो पुत्र, हाम्रा प्रभु येशू ख्रीष्टमाथि, जो पवित्र आत्माको शक्तिबाट गर्भ धारण हुनुभयो, कन्या मरियमदेखि जन्मनुभयो, जसले पन्तियस पिलातसको अधीनमा दुःख भोग्नुभयो, क्रुसमा टाँगिनुभयो, मर्नुभयो, गाडिनुभयो, तेस्रो दिनमा मरेकाहरूबाट बिउँतनुभयो, स्वर्गमा चढ्नुभयो, सर्वशक्तिमान् परमेश्वर पिताको दाहिने हातपट्टि बस्नुभएको छ, जहाँदेखि उहाँ जीवित र मरेकाहरूको न्याय गर्न फेरि आउनुहुनेछ। म विश्वास गर्दछु पवित्र आत्मामाथि, पवित्र मण्डलीमाथि, पवित्रहरूको सङ्गतिमाथि, पापमोचनमाथि, शरीरको पुनरुत्थानमाथि, र अजम्मरी जीवनमाथि। आमिन्।
रोमन क्याथोलिक चर्चका २ हजार बर्षहरू

रोमन क्याथोलिक चर्चका २ हजार बर्षहरू

परिचय रोमन क्याथोलिक चर्च ख्रीष्टियन धर्मको सबैभन्दा ठूलो र प्राचीन धार्मिक संस्था हो। यस चर्चले येशू ख्रीष्टका शिक्षा, प्रेरितहरूको परम्परा तथा बाइबललाई आफ्नो धार्मिक आधार मान्दछ। यसको मुख्य केन्द्र Vatican City मा रहेको छ र यसको सर्वोच्च धार्मिक अगुवा (पोप) Pope हुन्छन् । रोमन क्याथोलिक चर्च ख्रीष्टियन धर्मको प्रमुख शाखा हो जसको उत्पत्ति पहिलो शताब्दीमा येशूका शिक्षा र उहाँका प्रेरितहरूको कार्यबाट भएको मानिन्छ। ख्रीष्टियन परम्पराअनुसार प्रेरित पत्रुसलाई पहिलो पोप मानिन्छ, र उहाँबाट नै पोपको परम्परा सुरु भएको विश्वास गरिन्छ। यस चर्चले विश्वभरका विश्वासीहरूलाई एउटै धार्मिक संगठनभित्र राख्ने काम गर्दछ। रोमन क्याथोलिक चर्चको संरचना अत्यन्त व्यवस्थित हुन्छ। यसको नेतृत्व पोपले गर्छन्,…
Read More
“येशूको पछि म हिँड्न” २७६ नं भजन भित्रको वास्तविकता

“येशूको पछि म हिँड्न” २७६ नं भजन भित्रको वास्तविकता

नेपाली ख्रीष्टिय भजन नं. ३७६ मा एउटा निक्कै मार्मिक र आत्मिक खुराक बोकेको भजन छ । त्यो भजन हो, "येशूको पछि म हिँड्न" । यो भजन भर्खरै ख्रीष्टमा विश्वास गरेकाहरूको निम्ति विश्वासको संकल्पको ध्वनी स्वरूप गुन्जिने आशा र विश्वास सहितको भजन हो भने विश्वासमा परिपक्व भइरहेका र भइसकेकाहरूको निम्ति गहिरो विश्वास र मुक्तिको मार्गमा निरन्तर ख्रीष्टसँगै भएर अगाडी बढ्न उत्प्रेरणा दिने भजन हो । येशूको पछि म हिँड्न लागें भन्ने भजन भारतको आसामका एक गारो जनजाति आफ्नो विश्वासको कारण मारिनु अघि एक बोलेको अन्तिम वाक्यहरुलाई गीतको रूप दिएर भजन बनाइएको थियो ।   करिब आज भन्दा १५० वर्ष अघि धेरै मिसनरीहरू सुसमाचार प्रचार गर्न भारतको उत्तरपुर्वी…
Read More
येशूको पाप विहिनता हाम्रो मुक्तिको निश्चयता

येशूको पाप विहिनता हाम्रो मुक्तिको निश्चयता

परिचय संसारको सबैभन्दा ठुलो समस्या के हो भनेर सोच्दा दुःख, गरिबि, भ्रष्टचार, अनैतिकता आदि पर्दछन् । के तपाईलाई थाहा छ यो भन्दा पनि ठुलो समस्या मानिसहरूमा रहेछ छ । त्यो हो पाप । यही पापबाट मानव जातिहरूलाई बचाउनको निम्ति एक निष्खोट बलिदान चाहिन्थ्यो र त्यो गर्नुहुने येशू ख्रीष्ट मात्र हुनुहुन्छ । पवित्र बाइबल अनुसार, मानिस पापमा पतित भएको छ (रोम ३:२३), र पापको ज्याला मृत्यु हो (रोमी ६:२३)। यसै कारण मुक्तिको लागि निर्दोष बलिदान आवश्यक थियो। येशू ख्रीष्टको पाप विहिनता यही सन्दर्भमा अत्यावश्यक सिद्ध हुन्छ। १. येशूको पाप विहिनतामा बाइबलको शिक्षा बाइबल येशूको निर्दोष र पाप विहिन स्वभावलाई स्पष्ट रूपमा…
Read More
येशू परमेश्वर भएर पनि किन मानव शरीरमा आउनु भयो ?

येशू परमेश्वर भएर पनि किन मानव शरीरमा आउनु भयो ?

पवित्र धर्मशास्त्र बाइबल अनुसार येशू परमेश्वर भएर पनि मानव रूपमा यस धर्तीमा जन्मलिनु भएको कुरा बताउँछ । वास्तवमा येशू परमेश्वर हुनुभएर पनि किन मावन रूप धारण गरी जन्मनु भयो भन्ने अति महत्वपूर्ण र गम्भिर प्रश्न हो । यसको जवाफलाइ हामी तलका बुदाँहरूको रूपमा हेर्ने छाैँ । १.प्रकाश परमेश्वर कस्तो हुनुहुहुन्छ भनी हामीलाई देखाउन येशू ख्रीष्ट मानिस भएर जिउनुभयो । हामीहरु उहाँमा परमेश्वरको स्वभाव प्रकट भएको देख्छौँ । येशू ख्रीष्टलाई चिन्नाले हामी परमेश्वरलाई चिन्छौँ । सिद्ध मानवत्व कस्तो हुनसक्छ भनेर हामीलाई देखाउन परमेश्वरका पुत्र मानिस बन्नुभयो । हामी मानवजातिको निम्ति येशू ख्रीष्टको सिद्ध जीवन र स्वाभाव एक नमूनाको रुपमा देख्छौँ ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.