जब पवित्र धर्मशास्त्र बोल्दछ...

✝️ म विश्वास गर्दछु, एक परमेश्वर सर्वशक्तिमान् पिता, स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुनेमाथि। अनि उहाँको एक्लो पुत्र, हाम्रा प्रभु येशू ख्रीष्टमाथि, जो पवित्र आत्माको शक्तिबाट गर्भ धारण हुनुभयो, कन्या मरियमदेखि जन्मनुभयो, जसले पन्तियस पिलातसको अधीनमा दुःख भोग्नुभयो, क्रुसमा टाँगिनुभयो, मर्नुभयो, गाडिनुभयो, तेस्रो दिनमा मरेकाहरूबाट बिउँतनुभयो, स्वर्गमा चढ्नुभयो, सर्वशक्तिमान् परमेश्वर पिताको दाहिने हातपट्टि बस्नुभएको छ, जहाँदेखि उहाँ जीवित र मरेकाहरूको न्याय गर्न फेरि आउनुहुनेछ। म विश्वास गर्दछु पवित्र आत्मामाथि, पवित्र मण्डलीमाथि, पवित्रहरूको सङ्गतिमाथि, पापमोचनमाथि, शरीरको पुनरुत्थानमाथि, र अजम्मरी जीवनमाथि। आमिन्।
येशुले  कहिल्यै “म परमेश्वर हुँ मेरो आराधना गर ।” भनेर भन्नु भयो ?

येशुले कहिल्यै “म परमेश्वर हुँ मेरो आराधना गर ।” भनेर भन्नु भयो ?

बाइबलले हामीलाई यो विवरण दिदैन कि येशूले सुनिश्चित शब्द भन्नुभयो, “म परमेश्वर हुँ।” तैपनि, यसको यो अर्थ होइन कि, उहाँले यो घोषणा गर्नुभएन कि उहाँ परमेश्वरको होइन । लेखक निक्की गम्बेल लेख्छन्, “वास्तवमै हो, उहाँ आफू परमेश्वर हुँ भन्दै जताततै दौडनु भएन । तथापि उहाँले सिकाएका शिक्षा र गरेका कामलाई गौर गरेर हेर्ने हो भने येशू आफ्नो ईश्वरत्वप्रति सदैव सचेत रहनुभएको तथ्य सबैले स्पष्ट देख्नेछन् ।” कुनै पनि धर्मका स्थापकले आफू परमेश्वरका पुत्र वा ईश्वरीय व्यक्ति हुँ भनी दावी गरेको छैनन् । तर येशूले भन्नुभएझैँ उहाँ परमेश्वर हुनुहुन्छ भनी ख्रीष्टियनहरुले विश्वास गर्छन् । येशूले जे गर्नुभयो, जे भन्नुभयो, र उहाँ…
Read More
ख्रीष्टियान विश्वासमा Sola भनेको के हो ? यसको महत्व् के छ ?

ख्रीष्टियान विश्वासमा Sola भनेको के हो ? यसको महत्व् के छ ?

ख्रीष्टियान विश्वासमा "Sola" (सोला) भन्नाले प्रोटेस्टेन्ट सुधारकालीन पाँच मुख्य सिद्धान्तहरू लाई बुझिन्छ। यी सिद्धान्तहरू १६औं शताब्दीमा मार्टिन लुथर, जोन काल्भिन जस्ता सुधारकहरूले रोमन क्याथोलिक चर्चको विरुद्धमा प्रस्तुत गरेका थिए। यी पाँच सोला सिद्धान्तहरू यसप्रकार छन्: १. Sola Scriptura (केवल शास्त्र) अर्थ: बाइबल मात्र ईश्वरीय ज्ञानको आधारभूत र अन्तिम स्रोत हो। बाइबल मात्र ईश्वरीय प्रकाशनको अन्तिम र निर्णायक स्रोत हो। चर्चको परम्परा, मानवीय विचार, वा अन्य लेखनहरू बाइबलको बराबरीमा राख्न सकिँदैन । महत्व: मानवीय परम्परा, चर्चको अधिकार वा अन्य स्रोतलाई बाइबलभन्दा माथि राख्नु हुँदैन। विश्वास र व्यवहारको लागि बाइबल नै पर्याप्त छ। सुधारकहरूले देखेका समस्या: रोमन क्याथोलिक चर्चले आफ्ना परम्पराहरू, पोपको घोषणाहरू र मानवीय शिक्षाहरूलाई बाइबलको बराबरीमा राख्थ्यो। उदाहरण: मार्टिन लुथरले…
Read More
बाइबल अनुसार मुक्ति अवधारणा

बाइबल अनुसार मुक्ति अवधारणा

बाइबलको शिक्षाअनुसार मुक्ति ख्रीष्टियन धर्मशास्त्रको केन्द्रिय विषय हो, जसले मानव जीवनको मूल समस्या—पाप—र त्यसको समाधान—उद्धार—लाई स्पष्ट रूपमा प्रस्तुत गर्दछ। बाइबल भन्छ कि मानिस परमेश्वरको स्वरूपमा सृष्टि भए तापनि पापका कारण उहाँसँगको सम्बन्ध बिग्रिएको छ, र यही कारणले उद्धारको आवश्यकता उत्पन्न हुन्छ । “किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमाबाट चुकेका छन्” (रोमी ३ः२३) र “पापको ज्याला मृत्यु हो” (रोमी ६ः२३) भन्ने पदहरूले देखाउँछन् कि सम्पूर्ण मानवजाति पापको अधीनमा छ र आत्मिक रूपमा परमेश्वरबाट अलग भएको छ । आदम र हव्वा को पतनपछि (उत्पत्ति ३) पाप संसारमा प्रवेश ग¥यो, जसले मानवलाई आफ्नै प्रयासले मुक्तिपाउन असमर्थ बनायो र परमेश्वरको हस्तक्षेप आवश्यक…
Read More
येशू ख्रीष्ट को हुनुहुन्छ ?

येशू ख्रीष्ट को हुनुहुन्छ ?

येशूको हुनुहुन्छ भन्ने प्रश्न २००० बर्ष देखि सोधिरहेको प्रश्न हो । यसको बिषयमा धेरै पुस्तकहरू लेखिए र हरेकले येशूको हुनुहुन्छ भन्ने कुरा व्याख्या गर्न थाले अनि अहिले पनि यो प्रश्न निकै प्रभावशाली छ र अहिले पनि मानिसहरूले येशूको हुनुहुन्छ भन्ने बारेमा लेख्दैछन् । धार्मिक, इतिहासिक, मनोवैज्ञानिक, साँस्कृतिक तथा राजनीतिक तरिकाबाट येशुको परिचय दिदछ । तर वास्तवमा येशू को हुनुहुन्छ ? उहाँको बारेमा बाइबलले के बताउँछ ?लेखक तथा पाष्टर आर. सी. स्प्रौल लेख्छन्, “ख्रीष्ट को हुनुहुन्छ भन्ने प्रश्नको उत्तर दिन खोजिएका प्रयासहरुले सटीक उत्तर दिनुको सट्टामा झन् धेरै भ्रमात्मक सिद्धान्तहरुको सिर्जना गरेको छ । जुन प्रश्न येशूले आफ्ना चेलाहरुलाई पनि सोध्नुभएको…
Read More
नेपालमा झुटो शिक्षाका १३ प्रमुख उदाहरण

नेपालमा झुटो शिक्षाका १३ प्रमुख उदाहरण

नेपालको दृष्टिकोणमा बाइबलीय “झुटो शिक्षा” भन्नाले बाइबलको मूल सत्य लाई तोडमोड गरेर, गलत अर्थ लगाएर, वा मानिसको स्वार्थ अनुसार नयाँ व्याख्या बनाएर प्रचार गरिने शिक्षा बुझिन्छ, जसले अन्ततः मानिसलाई ख्रीष्टबाट टाढा लैजान्छ र उद्धारको सुसमाचारलाई विकृत बनाउँछ। बाइबल अनुसार झुटो शिक्षा भनेको केवल “अरू धर्म” मात्र होइन, तर ख्रीष्टियन नाम लिएर पनि ख्रीष्टको साँचो शिक्षालाई बिगार्ने कुनै पनि सिद्धान्त हो। प्रेरित पावलले गलातीको चर्चलाई चेतावनी दिंदै “यदि कसैले हामीले प्रचार गरेको सुसमाचार बाहेक अर्को सुसमाचार प्रचार गर्छ भने त्यो श्रापित होस्” भनेका छन् (गलाती १:८–९)। यसले स्पष्ट देखाउँछ कि झुटो शिक्षा भनेको मानिसलाई परमेश्वरको सत्यबाट भड्काएर आत्मिक विनाशतर्फ लैजाने खतरनाक…
Read More
येशू परमेश्वर हुनुभएर पनि किन मानव शरीर आउनु भयो ?

येशू परमेश्वर हुनुभएर पनि किन मानव शरीर आउनु भयो ?

हामीहरु यस प्रश्नको उत्तर हामी ४ शब्दमा दिन सक्छौ: १.प्रकाश, २.तयारी, ३.सट्टा र ४.मध्यस्थ १.प्रकाशः                परमेश्वर कस्तो हुनुहुहुन्छ भनी हामीलाई देखाउन येशू ख्रीष्ट मानिस भएर जिउनुभयो । हामीहरु उहाँमा परमेश्वरको स्वभाव प्रकट भएको देख्छौँ । येशू ख्रीष्टलाई चिन्नाले हामी परमेश्वरलाई चिन्छौँ । सिद्ध मानवत्व कस्तो हुनसक्छ भनेर हामीलाई देखाउन परमेश्वरका पुत्र मानिस बन्नुभयो । हामी मानवजातिको निम्ति येशू ख्रीष्टको सिद्ध जीवन र स्वाभाव एक नमूनाको रुपमा देख्छौँ । यही नै उदाहरण हुनुहुन्छ । उहाँको स्तरबाट नै हाम्रा शब्दहरु, विचारहरु र कामहरुको नाप हुन्छ । उहाँमा हाम्रो जीवन कस्तो प्रकारको हुन सक्छ भन्ने कुरा उहाँले हामीलाई देखाउनुहुन्छ । उहाँ हामीमा…
Read More
येशूको ईश्वरत्वको बारेमा बाइबलीय ईश्वरशास्त्रीहरुका भर्नाइहरु

येशूको ईश्वरत्वको बारेमा बाइबलीय ईश्वरशास्त्रीहरुका भर्नाइहरु

१. Dr. Ray H. Hughes लेख्छन्, “येशू नाम सबैभन्दा उत्कृष्ट नाम हो, यो नाम हरेक नाम भन्दा माथि छ ।” २. ईश्वरशास्त्री लेविस चाफर लेख्छन्, “पृथ्वीमा कसैलाई पाप क्षमा गर्ने अधिकार छैन न त उसको हैसियत नै छ । कसैले क्षमा दिएको पापले उहाँलाई बचाउँन सक्दैन जसको विरुद्धमा सबैले पाप गरेका छन् । जब येशूले निश्चित रुपमा पापको क्षमा दिनुभयो उहाँले मानवीय अधिकारको अभ्यास गर्दै हुनुहुन्थेन । परमेश्वरले मात्रै पापको क्षमा दिन सक्ने भएकोले निष्कर्षमा यो प्रस्ट छ कि ख्रीष्टले पापको क्षमा गर्नुभएकोले उहाँ परमेश्वर हुनुहुन्छ । उहाँ परमेश्वर हुनुभएकोले अनन्त हुनुहुन्छ ।” ३. ख्रीष्टियन रक्षाशास्त्री साथै शिक्षक कमल अधिकारी…
Read More
येशू ख्रीष्टको अद्वितीयता

येशू ख्रीष्टको अद्वितीयता

परिचय मानव इतिहासमा धेरै धार्मिक गुरुहरू, दार्शनिकहरू, सुधारकहरू र आत्मिक अगुवाहरू जन्मिए। बुद्ध, कन्फ्युसियस, मोहम्मद, सुकरात, प्लेटो, अरस्तुजस्ता व्यक्तिहरूले मानव सोच, नैतिकता र समाजलाई गहिरो प्रभाव पारे तर येशू ख्रीष्टको स्थान यी सबैभन्दा भिन्न र अद्वितीय छ। येशू केवल एक शिक्षक, अगमवक्ता, वा नैतिक सुधारक मात्र होइनन्; उहाँले आफूलाई परमेश्वरको पुत्र, संसारको मुक्तिदाता, र जीवनको एकमात्र मार्गको रूपमा प्रकट गर्नुभयो। ख्रीष्टियन विश्वासको केन्द्रमै येशूको अद्वितीयता अवस्थित छ। यस लेखमा येशू ख्रीष्टको अद्वितीयता विभिन्न दृष्टिकोणबाट विश्लेषण गरिनेछ । उहाँको व्यक्तित्व, जन्म, शिक्षा, अधिकार, चमत्कार, पापरहित जीवन, क्रूसमृत्यु, पुनरुत्थान, उद्धारकार्य, र उहाँको सार्वभौमिक दाबीहरू। साथै, यी सबै पक्षहरूले येशूलाई मानव इतिहासमा अद्वितीय…
Read More
इस्लाम, नास्तिक हुदै ख्रीष्टसम्मको यात्रा : रिद्भान आयदेमिरको आध्यात्मिक रूपान्तरण यात्रा

इस्लाम, नास्तिक हुदै ख्रीष्टसम्मको यात्रा : रिद्भान आयदेमिरको आध्यात्मिक रूपान्तरण यात्रा

परिचयआधुनिक विश्वमा धर्म केवल आस्थाको विषय मात्र होइन, पहिचान, राजनीति, संस्कृति र व्यक्तिगत अस्तित्वसँग गहिरो रूपमा गाँसिएको यथार्थ हो। यस सन्दर्भमा रिद्भान आयदेमिरको जीवनयात्रा एउटा साधारण धर्मान्तरणको कथा होइन; यो सत्यको खोजमा रहेको आधुनिक व्यक्तिको आन्तरिक सङ्घर्ष, बौद्धिक इमानदारी र विश्वासतर्फको साहसी कदमको जीवित उदाहरण हो। इस्लाम, नास्तिकता र अन्ततः ख्रीष्टियन विश्वास हुँदै गुज्रिएको उनको यात्रा आजको समयको गहिरो आत्मिक बहसलाई प्रतिबिम्बित गर्छ। इस्लामभित्रको हुर्काइ र प्रारम्भिक आस्थारिद्भान आयदेमिरको जन्म जर्मनीमा टर्की मुस्लिम परिवारमा भयो। बाल्यकालदेखि नै उनी इस्लामी परम्परा, धार्मिक अनुशासन र सामुदायिक पहिचानमा हुर्किए। इस्लाम उनको लागि केवल विश्वास प्रणाली मात्र थिएन; त्यो जीवनको सम्पूर्ण संरचना, नैतिकता, सामाजिक…
Read More
येशू को हुनुहुन्छ ?

येशू को हुनुहुन्छ ?

 येशु को हुनुहुन्छ  भन्ने प्रश्न २००० बर्ष देखी सोधि रहेको प्रश्न हो । यसको बिषयमा धेरै पुस्तकहरू लेखिए र हरेकले येशु को हुनुहुन्छ भन्ने कुरा व्याख्य गर्न थाले अनि अहिले पनि यो प्रश्न निकै प्रभावशाली छ र अहिले पनि मानिसहरूले येशु को हुनुहुन्छ भन्ने बारेमा लेख्दैछन् । धार्मिक, इतिहासिक, मनोवैज्ञानिक, साँस्कृतिक तथा राजनीतिक तरिकाबाट येशुको परिचय दिदछ ।[1]  लेखक तथा पाष्टर आर. सी. स्प्रौल लेख्छन्, “ख्रीष्ट को हुनुहुन्छ भन्ने प्रश्नको उत्तर दिन खोजिएका प्रयासहरुले सटीक उत्तर दिनुको सट्टामा झन् धेरै भ्रमात्मक सिद्धान्तहरुको सिर्जना गरेको छ । जुन प्रश्न येशूले आफ्ना चेलाहरुलाई पनि सोध्नुभएको थियो “तर तिमीहरुचाहिँ के भन्छौँ, म को हुँ ?” यो प्रश्न यतिधेरै महत्वपूर्ण छ कि, एक…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.