बाइबलीय ईश्वरशास्त्र

बाइबलीय ईश्वरशास्त्र भनेको बाइबलभित्र देखिने परमेश्वरको प्रकटतालाई त्यसको ऐतिहासिक विकासक्रम र उद्धार इतिहास  अनुसार अध्ययन गर्ने शास्त्र हो।[1] यसको उद्देश्य एउटै प्रणालीगत सिद्धान्त बनाउनु होइन, बरु परमेश्वरले बाइबलको इतिहासमा क्रमशः कसरी आफ्ना योजनाहरू प्रकट गर्दै जानुहुन्छ भन्ने कुरालाई देखाउनु हो। यसले विषयगत  भन्दा बढी ऐतिहासिक क्रमकथालाई महत्व दिन्छ।[2]

            यसले पुरानो नियम र नयाँ नियमबीचको सम्बन्धलाई पनि हेर्छ  जसरी परमेश्वरको करार, राज्य, र उद्धार क्रमशः स्पष्ट हुँदै गएको छ। यसर्थ, बाइबलीय ईश्वरशास्त्रले “बाइबलले आफैलाई आफै कसरी व्याख्या गर्छ” भन्ने आधारमा हाम्रो बुझाइलाई गहिरो पार्छ ।[3]

            बाइबलीय धर्मशास्त्रको अध्ययन आफैमा एउटा उद्देश्य होइन। यो परमेश्वरको प्रेरित वचनको रूपमा बाइबललाई राम्रोसँग बुझ्नको लागि एउटा उपकरण हो । बाइबलीय धर्मशास्त्रले हामीलाई ठूलो तस्वीर हेर्न, बाइबललाई एकसाथ राख्ने विषयवस्तुहरूको कदर गर्न, कथा कसरी विकसित हुन्छ भनेर बुझ्न, कहिलेकाहीं करारहरू मार्फत व्यक्त गरिएका पुरानो नियमका प्रतिज्ञाहरू येशू ख्रीष्टमा कसरी पूरा हुन्छन् भनेर हेर्न, नयाँ नियममा देखाइएझैं, र पुरानो नियमले कथामा पछिल्ला विकासहरूलाई व्याख्या गर्ने ढाँचा वा प्रकारहरू कसरी प्रदान गर्दछ भनेर बुझ्न मद्दत गर्दछ ।[4]

            बाइबलीय ईश्वरशास्त्र भनेको बाइबलमा रहेको परमेश्वरको सन्देशलाई त्यसको ऐतिहासिक विकासक्रम र उद्धारइतिहास  अनुसार अध्ययन गर्ने एक विशेष शास्त्र हो ।[5] यसले बाइबललाई कुनै दर्शन वा दार्शनिक प्रणाली जस्तो बनाउने प्रयास गर्दैन, बरु बाइबलले आफैंमा कसरी परमेश्वरको योजना क्रमशः प्रकट गर्दै गएको छ भन्ने कुरा देखाउँछ। उदाहरणका लागि, करार, परमेश्वरको राज्य, वा उद्धार जस्ता विषयहरूलाई पुरानो नियमदेखि नयाँ नियमसम्म कसरी विकसित हुँदै गएको छ भन्ने बुझाउन बाइबलीय ईश्वरशास्त्रले मद्दत गर्छ।

            यो सिस्टमाटिक ईश्वरशास्त्र भन्दा फरक छ, किनभने सिस्टमाटिक ईश्वरशास्त्रले विषयगत रूपमा शिक्षाहरूलाई संकलन गर्छ भने बाइबलीय ईश्वरशास्त्रले ऐतिहासिक रूपमा परमेश्वरले प्रकट गर्नुभएको योजनालाई क्रमशः अनुसरण गर्छ । धर्मशास्त्रको मुख्य विषय येशू ख्रीष्टलाई केन्द्रमा  राखेर सम्पूर्ण बाइबलको कथाबारे गरिने अध्ययन नै बाइबलीय ईश्वरशास्त्र हो । अर्को शब्दमा भन्नुपर्दा, येशूसम्म पुर्याउने धर्मशास्त्रीय नक्सा नै बाइबलीय ईश्वरशास्त्र हो ।[6] बाइबीय ईश्वरशास्त्र भनेको बाइबललाई एकमात्र ईश्वरीय लेखकद्वारा लेखिएको एउटै कथाको रूपमा पढ्ने तरिका हो, जुन येशू ख्रीष्टको व्यक्ति र कामम समापन हुँदछ । ताकि धर्मशास्त्रको प्रत्येक खण्डलाई उहाँसँगको सम्बन्धमा रहेर बुझ्न सकियोस् । बाइबलीय ईश्वरशास्त्रले हामीलाई बाइबलका धेरै ससाना पुस्तकहरू मिलेर बनेको एउटा ठुलो पुस्तक हो, जसले एउटै मुख्य कथा बताउँछ भनी बुझ्न सहायता गर्दछ । येशू ख्रीष्ट नै सत्य कथाको सुरूदेखि अन्तसम्म नायक र केन्द्रबिन्द्र हुनुहुन्छ ।[7]

Biblical Theology, Watch Video through link: https://youtu.be/xgj1OnJ9btU

            बाइबलीय धर्मशास्त्रको ईश्वरशास्त्र भनेको बाइबलको प्रत्येक भागले बाइबलको व्यापक कथामा कसरी विशिष्ट तरिकाले योगदान पुर्‍याउँछ र यस कथाको जागरूकताले बाइबलको प्रत्येक भागको हाम्रो बुझाइलाई कसरी सूचित गर्छ भनेर बुझ्नु हो। जब यो प्राप्त हुन्छ, बाइबलीय धर्मशास्त्र दृढ रूपमा ख्रीष्ट-केन्द्रित हुन्छ ।[8] बाइबलको कुनै एक विशेष विषय वा विषयवस्तु कसरी शुरु भयो‚ र कसरी समयसँगै त्यसको विकास भयो‚ र त्यसले आकार र स्वरूप लियो र समयको अवधिमा बाइबलको त्यस विषयमा परिवर्तन आयो ‚ र त्यसको तत्कालीन सन्दर्भ कसरी बाइबलको कथा रेखामा बग्छ र त्यसले कसरी येशूको व्यक्तित्व र कार्यमा (सुसमाचारस् येशूको जन्म‚ जीवन‚ मृत्यु‚ पुनरुत्थान‚ स्वर्गारोहण‚ राज्य अभिषेक‚ महिमिकरण र पिताको दाहिने हातमा विराजमान) मा गएर सम्बन्धित हुन्छ र अन्त्यमा यस विषय कसरी प्रकाशको पुस्तकमा समापन र पूरा भएको छ भन्ने कुराको अध्ययन गर्नु नै बाइबलीय ईश्वरशास्त्र हो । जसले चाहीँ बाइबलमा भएका ६६ वटा पुस्तकहरु एउटै मुख्य विषय  (उद्धार) र व्यक्ति (येशू ख्रीष्ट) मा केन्द्रीत छ भन्ने कुरालाई देखाउँछ ।

बाइबलको सुरुको पुस्तक उत्पतिमा र अन्तिम पुस्तक प्रकाशमा एउटै भनाई पाउँछौँ । जसले गर्दा बाइबल एउटा पूर्ण परमेश्वरको पुस्तक हो । जस्तै‚ उत्पतिमा शैतानको प्रवेश‚ मानिस र परमेश्वरको सम्बन्ध बिग्रिएको‚ स्वर्गीय जीवन नष्ट भएको‚ श्रापको शुरु‚ द्वन्द्वको सुरुवात‚ स्वर्ग र पृथ्वी पुरानो भएको तर अन्तिम पुस्तक प्रकाशमा शैतान नष्ट भएको‚ मानिस र परमेश्वरको सम्बन्ध पुनस्थापना भएको‚ स्वर्गीय जीवन फेरी आएको‚ श्रापको अन्त्य‚ स्वर्ग र पृथ्वीको नवीकरण भएको । यसकारण बाइबल एउटा पूर्ण पुस्तक हो ।।[9]  

करारको बाइबलीय ईश्वरशास्त्रको एक उदाहरणलाई हेरौँ [10]

. आदमसँगको करार (सृष्टिको करार‚ कामको करार‚ जीवनको करार) उत्पत्ति १–३

           क. यद्यपि यहाँ “करार” शब्द प्रयोग गरिएको छैन तर करारमा हुने तत्त्वहरू छन् ।

            होशे ६:७ ले भने आदम सितको करार गर्नुभएको थियो भनेर पुष्टी गर्छ ।

                        १. शर्तहरु: तैले असल र खराबको ज्ञानदिने रूखबाट नखानु

                        २. करारको चिन्ह: २ वटा रूखहरू

                        ३. शपथ वा प्रतिज्ञा: आशिष वा श्राप (जीवन वा मृत्यु)

भविष्यका सबै करारहरूको लागि चरण तय गर्दछ । मानीस असफल हुन्छ‚ तर परमेश्वरले उद्धारको सुरुवात गर्नुहुन्छ ।

. नोआसितको करार – उत्पत्ति ६–९

           क। जलप्रलय पछि‚ परमेश्वरले नोआ र सबै सृष्टिसँग एकतर्फि करार बाँध्नुहुन्छ ।

                        १. शपथ वा प्रतिज्ञास् फेरि कहिल्यै जलप्रलयद्वारा पृथ्वीलाई नष्ट गर्नेछैन

                        २. करारको चिन्हस् इन्द्रेणी

                        ३. रगतः बलिदान

  संरक्षणको विश्वव्यापी करार – संसारलाई स्थिर बनाउँछ ताकि मुक्ति प्रकट हुन सकोस् ।

. अब्राहामसितको करार – उत्पत्ति १२‚ १५‚ १७

           क. परमेश्वरले अब्राहामलाई बोलाउनुहुन्छ र एक बिनाशर्त अनुग्रहको करार बाँध्नुहुन्छ ।

                         शपथ वा प्रतिज्ञाहरूस् सन्तान‚ भूमि‚ सबै राष्ट्रहरूलाई आशीष ।

                         करारको चिन्ह: खतना

                         रगत: बलिदान

परमेश्वरले अब्राहामको सन्तान माफर्त संसारलाई आशीष दिनुहुनेछ ।

. मोशासितको करार  (सिनै पर्वतमा)  – प्रस्थान १९–२४

           शपथ वा प्रतिज्ञा: आज्ञापालनको परिणाम आशिष

           करारको चिन्ह: शबाथ‚ दशआज्ञा‚ पवित्रवासस्थान

           रगत: बलिदान

मुक्ति व्यवस्थामा आधारित छैन तर अनुग्रहद्धारा मात्र संम्भव छ तर व्यवस्था पवित्र जीवनलाई मार्गदर्शन गर्न दिइएको थियो ।

परमेश्वरको पवित्रता र पूर्ण रूपमा आज्ञा पालन गर्न इस्राएलको असमर्थता देखाउँछ मध्यस्थकर्ताको आवश्यकतालाई औंल्याउँछ ।

. दाऊद सितको करार – २ शमूएल ७

           १. शपथ वा प्रतिज्ञा स् मन्दिर निर्माणकर्ता स् आज्ञापालनको परिणाम: उतराधिकारको कहिल्यै कमी नहुने ।

           २. करारको चिन्ह स् मन्दिर र दाऊदवंशी राजाहरु

    न्याय र शान्तिमा परमेश्वरका मानिसहरू माथि शासन गर्ने अनन्त राजालाई औंल्याउँछ ।

. नयाँ करार – यर्मिया ३१‚ इजकिएल ३६‚ लूका २२

           क. मोशाको करारलाई विस्थापन गरिदिनुभयो र सन्तानको रुपमा सबैलाई को आषिश दिन आउनुभयो ।

                        १. सर्तहरू: सर्तरहित, त्यसैले मुक्ति गुम्दैन ।

                        २. करारको चिन्ह: बप्तिस्मा र प्रभु भोज (लुका २२ः२०)

                        ३. शपथ वा प्रतिज्ञा: अनुग्रह र विश्वासद्वारा मुक्ति (यहून्ना ३ः१६)

                        ४. रगत:  क्रुसको बलिदान

  सबै करारहरूको चरम सीमा (पूर्णता) – परमेश्वरले ख्रीष्टको बलिदान  मार्फत आफ्ना मानिसहरूलाई पुनर्स्थापित गर्नुहुन्छ ।

. नयाँ करारको मध्यस्थकर्ता येशू ख्रीष्ट ।

           क.  हिब्रु ८–१० येशू उत्तम करारको मध्यस्थकर्ता हुनुहुन्छ ।

           ख.  पुरानो चाहिँ असल र अस्थायी थियो‚ नयाँ चाहिँ उत्तम र स्थायी छ । (हिब्रु ८:६)

येशू  मार्फत ‚ हामी शान्तिको अनन्त करारमा प्रवेश गर्छौं (हिब्रु १३:२०) ।

. परमेश्वर आफ्ना मानिसहरूसँग अनन्त वास गर्नुहुन्छ – नयाँ करार पूरा भयो

प्रकाश २१:३ सिंहासनबाट यसो भन्ने एउटा चर्को सोर मैले सुनें‚ “हेर‚ परमेश्वरको वास मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग वास गर्नुहुनेछ‚ र तिनीहरू उहाँका प्रजा हुनेछन्‌‚ र परमेश्वर आफै तिनीहरूका परमेश्वर भएर तिनीहरूसँग रहनुहुनेछ ।

 अव अर्को करारको आवश्यकता पर्दैन कारण येशू ख्रीष्टद्वारा बाँधिएको करार नै अनन्त करार हो । (प्रकाश २२:३)

यसैले,

बाइबलीय ईश्वरशास्त्र भनेको बाइबलभित्र देखिने परमेश्वरको प्रकटतालाई त्यसको ऐतिहासिक विकासक्रम र उद्धार इतिहास  अनुसार अध्ययन गर्ने शास्त्र हो।


                [1] Geerhardus Vos, Biblical Theology: Old and New Testaments (Grand Rapids: Wm. B. Eerdmans, 1948), 5–7.

                [2] Brevard S. Childs, Biblical Theology in Crisis (Philadelphia: Westminster Press, 1970), 10.

                [3] Walter Brueggemann, Theology of the Old Testament: Testimony, Dispute, Advocacy (Minneapolis: Fortress Press, 1997), 25–28.

                [4] An Essay By and T. D. Alexander, “Biblical Theology,” The Gospel Coalition, accessed September 16, 2025, https://www.thegospelcoalition.org/essay/biblical-theology/.

                [5] Geerhardus Vos, Biblical Theology: Old and New Testaments (Grand Rapids: Wm. B. Eerdmans, 1948), 5–7.

                [6] निक रोअर्क र रोर्बट क्लाइन। बाइबलीय र्इश्वरशास्त्र (काठमाडौ: गस्पल पब्लिकेसन, २०१३), १९।

                [7] निक रोअर्क र रोर्बट क्लाइन। बाइबलीय र्इश्वरशास्त्र (काठमाडौ: गस्पल पब्लिकेसन, २०१३), २२।

                [8] An Essay By and T. D. Alexander, “Biblical Theology,” The Gospel Coalition, accessed September 16, 2025, https://www.thegospelcoalition.org/essay/biblical-theology/.

                [9] “बाइबलीय ईश्वरशास्त्र भनेको के हो ? यसमा हुनुपर्ने गुणहरू के के हुन् ?,” Coram Deo Publication, accessed September 16, 2025, https://coramdeopublication.com/what-is-biblical-theology-what-are-the-qualities-it-should-have/.

                [10] Christianity Nepal, “बाइबलीय ईश्वरशास्त्र भनेको के हो ? यसमा हुनुपर्ने गुणहरू के के हुन् ?,” Christianity Nepal, accessed September 16, 2025, https://christianitynepal.com/what-is-biblical-theology-what-are-the-qualities-it-should-have/. 

Recoment Artical Link: https://www.grace.edu/biblical-studies-vs-theology-what-is-the-difference/

By संगम श्रेष्ठ

संगम श्रेष्ठ लेखन पेशाका साथै ग्राफिक डिजाइनर, वेव डेप्लपर, लेखक, सम्पादक साथै शिक्षक हुन् । ५ भन्दा बढी पुस्तकहरूमा कलम चलाएका उनी ललितपुरमा बसोबास गर्छन् । इश्वरशास्त्रीय क्षेत्रमा पावल थियोलोजिक सेमिनारीबाट B.Th. का साथै हिमालयन ग्राजुएट स्कूल अफ थियोलोजीबाट M.Div. उर्तीण गरेका श्रेष्ठ हाल त्रिभुवन विश्वविद्घालयमा पत्रकारिता विषयमा M.A गर्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.