जब पवित्र धर्मशास्त्र बोल्दछ...

dfdfddfdf

बाइबलीय अगुवापनको परिभाषा र त्यसका गुण

जे. ओस्वाल्ड स्यान्डर्स भन्छनु, “नेतृत्व त्यो क्षमता हो जसले व्यक्तिमा भएको विशेष क्षमता थाहा पाउँछ र त्यसलाई त्यो कार्यमा प्रयोग गर्न उत्साह र मौका दिन्छ जहाँ यसले आफ्नो क्षमता अत्याधिक मात्रामा प्रयोग गर्न सक्छ ।” नेतृत्वलाई नेपाली बोलोचालीको भाषामा अगुावाई गर्ने व्यक्ति वा कुनै पनि समुहलाई संचालन, नियन्त्रण, समन्वय र व्यवस्थापन गर्न अनुमति प्राप्त व्यक्तिलाई अगुवा भनिन्छि भनि त्यस व्यक्तिले गर्ने कार्यलाई अगुवाई वा नेतृत्व भनिन्छि । “नेतृत्व भनेको खास उद्देश्य पूर्तिका लागि आफ्नो मातहतमा रहेका व्यक्तिहरूलाई उत्साहपूवर्क कार्य गर्न प्रभावित गर्ने प्रक्रिया हो । संगठनमा नेतृत्व भन्नाले संगठनात्मक लक्ष्य र उद्देश्य प्राप्तिका लागि आफू अधिनसाथ कामदार तथा कर्मचारीलाई निर्देशन दिने तथा उनीहरूलाई प्रभावित पार्ने कार्य भन्ने बुझिन्छ ।” यसैले नेतृत्व वा अगुवापन भनेको कुनै पनि कार्य गर्नका लागि आफु तथा अन्य व्यक्तिलाईहरुलाई उत्प्रेरित गर्न सक्ने व्यक्तिलाई बुझिन्छ ।
बाइलीय अगुवापन भन्नाले परमेश्वरको बगाललाई असल तरिकाबाट हेरचाह गरी परमेश्वरको सामु लाने कार्यलाई अगुवापन भनिन्छ । बाइलीय अगुवापन केवल परमेश्वरमा केन्द्रित हुन्छ र परमेश्वरको महिमा गर्नु र विश्वासीजनहरुलाई परमेश्वरको बारेमा बुझाई परमेश्वरको सम्मुख लाने हुदँछ ।

अगुवापनको अर्थ र परिभाषा


“अरुहरुलाई नियन्त्रण गर्ने, काबूमा राख्ने व्यक्ति नै अगुवा हो । घरमा होस् वा देशमा, उसले मुख्य ठाँउ ओगट्छ । अनि आफ्नै पदकै कारण आफूले डोर्याउनेहरुलाई प्रेम र हेरचाह गर्नु उसको जिम्मेवारी हुन्छ ।” अगुवा भनको आफ्नो समूहलाई प्रेम र हेरचाह गरि आवश्यक परेको स्थानमा निन्त्रण र कामूमा राख्न सक्ने व्यक्ति हो, जसले विशेष स्थान ओगट्दछ । “परमेश्वरले आफ्नो महिमाको वास्ता राख्नुहुन्छ र उहाँले स्थानीय चर्चद्वारा आफ्नो महिमा प्रदर्शन गर्न चाहनुहुन्छ । यही उद्देश्यको निम्ति परमेश्वरले चर्चमा एल्डरहरू, डिकनहरू, सदस्यहरू, र चर्च सदस्यहरूको अधिकार स्थापित गर्नुभएको छ ।” पमेश्वरले यही खडा गर्नुभएको वा स्थापित गर्नुभएको व्यक्तिहलाई अगुवा भनिन्छ । ग्रीक भाषमा अगुवालनई खिलियार्खाेस् (χιλίαρχος) भन्ने शब्द प्रयोग गरिएको छ जसको अर्थ उच्च पदाधिकारी (मर्कूु ६ः२१), कप्तान (यूहन्ना १८ः१२), सेनापति (प्रेरित २१ः३१), मण्डलीका अगुवा, पास्टर, डिकन, एल्डर विशप (१ तिमोथी ३ः१२, ५ः१७, तितस १ः५–७) मा प्रयोग गरिएको छ । यसका साथै अर्काे शब्द स्ट्राटेगोस् (στρατηγός) भन्ने शब्द पनि प्रयोग गरिएको पाइन्छ जसको अर्थ ‘ठुला पधारिकारीहरु, कप्तान (लूका २२ः४,५२), मन्दिरका मुख्य पुजाहारी (प्रेरित ४ः१, ५ः२४) भन्ने हुदँछ ।’
यसैले बाइबलीय अगुवा भनेको चाहिँ परमेश्वरको काम गर्नको निम्ति परमेश्वरबाट नै अधिकार प्राप्त व्यक्ति हो, जसमा अगुवापनको गुण हुने गर्दछ । पुरानो करारमा हेर्दछौँ भने मोशा, यहोशू, नोआ, न्यायकर्ताहरु, दाऊद एक अगुवा हो । जसलाई परमेश्वरको काम गर्नको निम्ति परमेश्वरले नै चुन्नु भएको थियो ।
“नेतृत्व भनेको योजनाद्वारा चर्चको लागि परमेश्वरद्वारा नियुक्त गरिएको नम्र, मायालु सेवाको पद हो । चर्च नेतृत्व व्यवस्थापनको काम होइन तर सेवकाई हो । परमेश्वरद्वारा नेता हुन बोलाइएकाहरूलाई राजाको रूपमा शासन गर्न बोलाइँदैन, तर नम्र सेवकहरूको रूपमा; सेलिब्रेटीहरूको रूपमा होइन, तर मेहनती कामदारहरूको रूपमा । परमेश्वरका मानिसहरूलाई नेतृत्व गर्नेहरूले सबैले त्याग, भक्ति, समर्पण र नम्रताको उदाहरण दिनेछन् । येशूले आफ्ना चेलाहरूको खुट्टा धुन उभिनुहुँदा आफूलाई यस प्रणालीमा समर्पण गर्नुभयो, यो कार्य सबैभन्दा तल्लो दर्जाका दासहरूले मात्र गर्नुपर्ने थियो ( यूहन्ना १३ः१–२२) ।) यदि ब्रह्माण्डका प्रभुले त्यसो गर्न सक्नुहुन्छ भने, कुनै पनि चर्च नेतालाई आफूलाई ठूलो व्यक्तित्वको रूपमा सोच्ने अधिकार छैन । यसैले मण्डलीका अगुवाले अगुपावन गर्दै गर्दा नम्रतामा, आदार साथ एक आर्कालाई श्रेष्ठ ठाने गर्नु पर्दछ । यस्तो अगुवा मात्र साँचो अगुवापनमा बृद्धि भएको व्यक्ति हो । ख्रीष्टियान अगुवापन भन्नाले येशू ख्रीष्टको शिक्षालाई आधार बनाएर अरूको सेवामा खटिनु र परमेश्वरको महिमा प्रकट गर्ने उद्देश्यले अगुवाइ गर्ने कार्यलाई जनाउँछ । यस प्रकारको अगुवापन स्वार्थ होइन, सेवा केन्द्रित हुन्छ । ख्रीष्टले भन्नुभयो, “जो तिमीहरूमा ठूलो बन्न चाहन्छ, ऊ तिमीहरूको सेवक होस् ।” त्यसैले ख्रीष्टियान अगुवाको प्रमुख चिनारी नम्रता, सेवा भाव, प्रेम, र आत्मिक परिपक्वता हो।
येशू ख्रीष्ट आफैँ ख्रीष्टियान अगुवापनको सर्वोत्तम उदाहरण हुनुहुन्छ। उहाँले आफ्नो शिष्यहरूका खुट्टा धुनुभयो जुन त्यो समयको एकदमै नम्र सेवा थियो । यसबाट स्पष्ट हुन्छ कि ख्रीष्टियान अगुवापन पद वा अधिकारको कुरा होइन, तर सेवा र बलिदानमा आधारित अगुवाइ हो । ख्रीष्टियान अगुवापन बाइबलमा आधारित दृष्टिकोण हो, जहाँ अगुवाले प्रभुको निर्देशन अनुसार विश्वासीहरूको आत्मिक वृद्धिमा सहयोग पु¥याउँछ । आधुनिक ख्रीष्टियान अगुवापनमा पवित्र आत्माको मार्गदर्शन, बाइबलको सत्यमा आधारित शिक्षा, र समर्पण अत्यावश्यक तत्वहरू हुन् । एक सच्चा ख्रीष्टियान अगुवा सधैं प्रभुको इच्छामा आफ्नो योजना मिलाउने प्रयासमा रहन्छ । यसरी ख्रीष्टियान अगुवापन संसारिक नेतृत्त्व जस्तो होइन । यो सेवा, प्रेम, नम्रता र आत्मिक उत्तरदायित्वमा आधारित अद्वितीय अगुवाइ शैली हो ।

स्रोतहरूः

तिमोथी अर्याल, स्वस्थ अन्तरसम्बन्ध र प्रभावकारी नेतृत्व (काठमाडौँः हार्भेस्ट परामर्श प्रा.लि., २०६४) पेज,६५।

Ekarmachari. “नेपालमा नेतृत्वः अवधारणा, अवस्था, समस्या,चुनौती र आगामी कार्यदिशा.” Ekarmachari. Last modified September 28, 2023. Accessed June 15, 2025. https://surl.li/pcyfyu.

Brian J. Bailey , Leadership (Kathamandu: Goodnews Publisher, 2012) pg, 11.

“चर्च अगुवापन सम्बन्धी बुझाइ – Gospel Publication.” 2025. Gospel Publication. June 9, 2025. https://gospelpublication.com/product/understanding-church-leadership-2/.

“दार्जिलिङ, सिक्किम, कालेबुङ, खरसाङ (United Christian Fellowship) | ‘अगुवा’ भनेको के हो | Facebook.” 2022. Facebook.com. Facebook Groups. 2022. https://www.facebook.com/groups/2486655654885240/posts/3550129505204511/.

“मसीही अगुवापन क्या है?” 2025. Gotquestions.org. 2025. https://www.gotquestions.org/Hindi/Hindi-christian-leadership.html.

Mark 10:43–45, The Holy Bible, English Standard Version

John 13:14–15, The Holy Bible, English Standard Version.

By संगम श्रेष्ठ

संगम श्रेष्ठ लेखन पेशाका साथै ग्राफिक डिजाइनर, वेव डेप्लपर, लेखक, सम्पादक साथै शिक्षक हुन् । ५ भन्दा बढी पुस्तकहरूमा कलम चलाएका उनी ललितपुरमा बसोबास गर्छन् । इश्वरशास्त्रीय क्षेत्रमा पावल थियोलोजिक सेमिनारीबाट B.Th. का साथै हिमालयन ग्राजुएट स्कूल अफ थियोलोजीबाट M.Div. उर्तीण गरेका श्रेष्ठ हाल त्रिभुवन विश्वविद्घालयमा पत्रकारिता विषयमा M.A गर्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.