जब पवित्र धर्मशास्त्र बोल्दछ...

एलियालाई एलिशाले “दोब्बर भाग” दिनुहोस् भन्नुको अर्थ चाहिँ के हो ?

Untitled 1

यो प्रश्न बाइबल (पुरानो करार) को गहिरो धर्मशास्त्रीय अर्थसँग जोडिएको छ। विशेष गरी २ राजा २:९ मा एलिशाले एलियासँग गरेको अनुरोध हो।  “तपाईंमा भएको आत्माको दोब्बर भाग मलाई दिनुहोस्।” के एलिशाले “दोहोर्‍याएर शक्ति चाहियो” भन्नेको हो  त? होइन । एलिशाले “एलियाभन्दा दुई गुणा चमत्कार गर्न” वा “अझ ठूलो भविष्यवक्ता बन्न” चाहेको होइन।

त्यसो भए “दोब्बर भाग (Double Portion)” भनेको चाहिँ के हो ? र यसको  ऐतिहासिक अर्थ के हो ?

यसलाई यहूदी कानुनी सन्दर्भ हेर्नु पर्दछ । व्यवस्था २१:१७ अनुसार जेठो छोराले बुवाको सम्पत्तिमा दोब्बर भाग पाउँथ्यो । यसले उत्तराधिकारी (legal heir) भन्ने अर्थ राख्थ्यो त्यसैले “double portion” भन्नाले उत्तराधिकार, पहिलो छोरा (firstborn) को हैसियत र अधिकार र जिम्मेवारीको हस्तान्तरण भन्ने हुन्छ ।

 एलिशाले के मागिरहेका भन्ने कुरा चाहिँ  “म तपाईंको आध्यात्मिक उत्तराधिकारी बनिन चाहन्छु” भन्ने हुन्छ, अर्थात् एलियाको सेवकाइ (prophetic office), एलियाको आत्मिक अधिकार । एलियाको मिशनको निरन्तरता र एलियाको स्थानमा बस्ने अधिकार मागिरहेका थिए । त्यसो भए “आत्माको दोब्बर भाग” भन्नुको अर्थ के हो त ? यहाँ “आत्मा” भन्नाले पवित्र आत्माको मात्रा (Holy Spirit dose) होइन तर भविष्यवक्ताको आत्मा वा अधिकार हो ।

त्यसो भए एलियाले “यो गाह्रो कुरा हो” किन भने त ?(२ राजा २:१०) ।

यो कुरा एलियाको नियन्त्रणमा थिएन, परमेश्वरले मात्र उत्तराधिकारी चयन गर्नुहुन्थ्यो त्यसैले एलियाले भने “यदि तिमीले मलाई स्वर्गमा उठाइँदै गरेको देख्यौ भने…” किनकि यसो भन्नुको अर्थ परमेश्वरको स्वीकृति प्रमाणित हुने संकेत हो ।

के एलिशाको दोब्बरभाग पाए त?

बाइबल अध्ययन गर्दा एलियाले ८ वटा चमत्कार गरेका थिए भनी एलिशाले १६ वटा चमत्कारको कार्य गरेका थिए । यो शक्ति प्रदर्शनको प्रतियोगिता होइन तर उत्तराधिकारीको पुष्टि (confirmation) हो । एलिशाले  “Double portion” = उत्तराधिकारीको अधिकार, पद, जिम्मेवारी र आत्मिक विरासत मागे । यो नम्र तर साहसी विश्वासको प्रार्थना थियो तर शक्ति–लोभ वा घमण्ड होइन । यसैले एलिशाले एलियासँग “दोहोर्‍यो भाग” माग्नु भनेको “म तपाईंको सेवकाइको कानुनी र आत्मिक उत्तराधिकारी बनिन चाहन्छु” भन्ने हो ।

By संगम श्रेष्ठ

संगम श्रेष्ठ लेखन पेशाका साथै ग्राफिक डिजाइनर, वेव डेप्लपर, लेखक, सम्पादक साथै शिक्षक हुन् । ५ भन्दा बढी पुस्तकहरूमा कलम चलाएका उनी ललितपुरमा बसोबास गर्छन् । इश्वरशास्त्रीय क्षेत्रमा पावल थियोलोजिक सेमिनारीबाट B.Th. का साथै हिमालयन ग्राजुएट स्कूल अफ थियोलोजीबाट M.Div. उर्तीण गरेका श्रेष्ठ हाल त्रिभुवन विश्वविद्घालयमा पत्रकारिता विषयमा M.A गर्दै छन् ।

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.