येशूको ईश्वरत्वको बारेमा बाइबलीय ईश्वरशास्त्रीहरुका भर्नाइहरु

१. Dr. Ray H. Hughes लेख्छन्,

“येशू नाम सबैभन्दा उत्कृष्ट नाम हो, यो नाम हरेक नाम भन्दा माथि छ ।”

२. ईश्वरशास्त्री लेविस चाफर लेख्छन्,

“पृथ्वीमा कसैलाई पाप क्षमा गर्ने अधिकार छैन न त उसको हैसियत नै छ । कसैले क्षमा दिएको पापले उहाँलाई बचाउँन सक्दैन जसको विरुद्धमा सबैले पाप गरेका छन् । जब येशूले निश्चित रुपमा पापको क्षमा दिनुभयो उहाँले मानवीय अधिकारको अभ्यास गर्दै हुनुहुन्थेन । परमेश्वरले मात्रै पापको क्षमा दिन सक्ने भएकोले निष्कर्षमा यो प्रस्ट छ कि ख्रीष्टले पापको क्षमा गर्नुभएकोले उहाँ परमेश्वर हुनुहुन्छ । उहाँ परमेश्वर हुनुभएकोले अनन्त हुनुहुन्छ ।”

३. ख्रीष्टियन रक्षाशास्त्री साथै शिक्षक कमल अधिकारी लेख्छन्,

“येशू मात्र एक यस्तो व्यक्तित्व हुनुहुन्छ जसमा मानवीय  ईश्वरीय दुवै स्वाभावहरु थिए । उहाँ परमेश्वर–मानव हुनुहुन्थ्यो । पवित्र धर्मशास्त्र बाइबलको साक्षीअनुसार उहाँ आधा मानिस  आधा परमेश्वर हुनुहुन्न, तर र्पूर्ण मानिस र पूर्ण परमेश्वर हुनुहुन्छ ।” 

४. लेखक, जुडी वार्टेल द्वारा संकलित राल्फ एम.रीग्स् , आफ्नो पुस्तकमा लेख्छन्,

“येशू ख्रीष्ट अदृश्य परमेश्वरको दृश्य रुप हुनुहुन्छ । हामीले उहाँलाई अझै बुझ्न सकौँ र हाम्रा निम्ति भएको उहाँको उद्धारको योजनालाई सिक्नसकौँ भनेर उहाँ मानिस बन्नुभयो । उहाँले मानव बन्नलाई रोज्नुभएको हुनाले अब एउटै व्यक्ति येशूमा ईश्वरीय र मानव गरी दुई स्वभावहरु छन् ।”

५. सुव्यवस्थित ईश्वरशास्त्रका लेखक वेन ग्रुडम लेख्छन्,

“नयाँ करारले सयौँ प्रस्टै पदहरुमा येशूलाई “परमेश्वर” र “प्रभु” भन्छ अनि उहाँतिर इङ्गित गर्नलाई अरु धेरै उपाधिहरु प्रयोग गर्छ अनि परमेश्वर स्वयम्बारे मात्र सत्य हुनजाने क्रियाकलाप र वचनहरुको श्रेय उहाँलाई  दिन्छ र त्यसरी येशू ख्रीष्ट पूर्ण र परम परमेश्वरत्वलाई पुष्टि गर्छ ।”

६.लेखक, एल्टर जी.हिल, आफ्नो पुस्तकमा लेख्छन्,

“येशू ख्रीष्ट मानव बन्दैमा उहाँबाट परमेश्वरीय अस्तित्व हटेको थिएन । मानिस हुँदा पनि परमेश्वरको पुत्र परमेश्वर नै हुनुहुन्थ्यो । मानिसको पुत्र बनेर एकै व्यक्तिमा उहाँले मानव स्वभाव र ईश्वरीय स्वभाव धारण गर्नुभयो । यसैले येशू ख्रीष्ट साँचो परमेश्वर र साँचो मानिस हुनुहुन्छ ।”

७. जीन–बप्तिस्टे स्वाडोगो र मारसीया ए कङ्गर लेख्छन्,

“येशू ख्रीष्ट मानिसले बुझ्न प्रकारमा दिइएको परमेश्वरको कारण, इच्छा उद्देश्यको पूर्ण वर्णन हुनुहुहुन्छ र ख्रीष्ट मानिससँग कुरा गर्ने परमेश्वर हुनुहुन्छ ।”

८.अगस्टिन 

“मैले प्लेटो र सिसेरोको भनाईहरु पढेको छु, जुन ज्ञानी र अति धेरै सुन्दर छ तर मैले उनीहरूको पुस्तकमा यो कहिल्यै पढिन ‘हे सबै थोकका र बोझले दबेका हो म कहाँ आओ ।’”   सबै थोकेका र बोझले दबेकाहरुलाई बिश्राम चाहिँ परमेश्वर बाहेक अरु कसैले दिन सक्दैन ।

९.सी.एस लुइस

“जतिसुकै अनौठो भयपूर्ण र अविश्वासनीय नै लागे पनि येशू परमेश्वर हुनुहुन्थ्यो र हुनुहुन्छ भन्ने तथ्यलाई मैले स्वीकार गर्नु नै पर्छ ।” 

(उनी ख्रीष्टियान रक्षाशास्त्री हुन् । उनी ख्रीष्टियान हुनु भन्दा अघि नास्तिक थिए र बाइबल र ख्रीष्टियान आलोचक थिए ।)

१०. लेखक निक्की गम्बेल लेख्छन्,

“वास्तवमै हो, उहाँ आफू परमेश्वर हुँ भन्दै जताततै दौडनु भएन । तथापि उहाँले सिकाएका शिक्षा र गरेका कामलाई गौर गरेर हेर्ने हो भने येशू आफ्नो ईश्वरत्वप्रति सदैव सचेत रहनुभएको तथ्य सबैले स्पष्ट देख्नेछन् ।”

११. लेखक डेरेक विल्यम्स लेख्छन्,

येशू पुत्र हुनु भए तापनि उहाँ पिताद्धारा सृष्टि गरिनुभएको व्यक्ति हुनुहुन्न वा पिताभन्दा निम्नस्तरको हुनुहुन्न । यसको बिपरीत उहाँ परमेश्वर हुनुहुन्छ अनि पितामा जस्तै स्वभाव उहाँमा पनि छ ।

१२.लेखक डोल रोटन भन्छन्,

“येशू परमेश्वर हुनुहुन्छ  अनि सधै जीवित हुनुहुन्छ । तर पनि इतिहासको कुनै एक निश्चित समयमा उहाँले मावन रुप लिनुभयो । अनि परमेश्वरको शक्तिद्धारा कन्या मरियमको कोखबाट जन्मिनु भयो । उहाँले एक पाप रहित जीवन जीउनु भयो। जो उहाँको शत्रुहरुले उहाँलाई क्रूसमा टाँग्दा अचानक समाप्त भयो । उहाँलाई गाडेको तीन दिन पश्चात उहाँ पुनर्जीवित हुनुभयो । चालिस दिन पछि स्वर्गपर्फ उठाइनु भयो ।” 

तसर्थ, निष्कर्षमा येशू शत प्रतिशत मानिस हुनुहुन्थ्यो र शत प्रतिशत परमेश्वर हुनुहुन्थ्यो तापनि उहाँ एक व्यक्ति हुनुहुन्थ्यो । “येशू पूर्ण रुपमा मानिस र पूर्ण रुपमा परमेश्वर हुनुहुन्थ्यो, अनि उहाँको मानव स्वभाव पूर्ण रुपमा मानव नै रहयो र उहाँको परमेश्वरीय स्वभाव पूर्ण रुपमा परमेश्वरीय नै रहयो ।”  येशू यस पृथ्वीमा रहनु हुदाँ पाप रहित जीवन बिताउँनु भयो । यस बिषयमा विल्बर स्मिथ भन्छन्, “येशूले यस धर्तीमा एक करोड पचास लाख मिनेटको जीवन बिताउनुभयो । उहाँले आफ्नो जीवन दुष्ट र भ्रष्ट पुस्ताको बिचमा बिताउनुभयो । तरै पनि पृथ्वीमा जन्म लिनुभएदेखि क्रुसमा प्राण त्याग नगरुन्जेलसम्म उहाँको हरेक विचार, हरेक कार्य, हरेक उद्देश्य, हरेक काम जुन व्यक्तिगत रुपमा गरिएका हुन् वा सार्वजनिक रुपमा गरिएका हुन् ती सबै नै परमेश्वरद्वारा अनुमोदित थिए । एकै पटक पनि हाम्रा प्रभुले पापको स्वीकार गर्नभएन किनकि उहाँमा कुनै पाप थिएन ।”  यसैकारण येशू परमेश्वर हुनुहुन्थ्यो अनि मानिस पनि भएर बाँच्नु भयो र मानिस नै भई रहनु हुन्छ तर पनि उहाँ एक व्यक्ति हुनुहुन्छ ।

By संगम श्रेष्ठ

संगम श्रेष्ठ लेखन पेशाका साथै ग्राफिक डिजाइनर, वेव डेप्लपर, लेखक, सम्पादक साथै शिक्षक हुन् । ५ भन्दा बढी पुस्तकहरूमा कलम चलाएका उनी ललितपुरमा बसोबास गर्छन् । इश्वरशास्त्रीय क्षेत्रमा पावल थियोलोजिक सेमिनारीबाट B.Th. का साथै हिमालयन ग्राजुएट स्कूल अफ थियोलोजीबाट M.Div. उर्तीण गरेका श्रेष्ठ हाल त्रिभुवन विश्वविद्घालयमा पत्रकारिता विषयमा M.A गर्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.