जब पवित्र धर्मशास्त्र बोल्दछ...

✝️ म विश्वास गर्दछु, एक परमेश्वर सर्वशक्तिमान् पिता, स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुनेमाथि। अनि उहाँको एक्लो पुत्र, हाम्रा प्रभु येशू ख्रीष्टमाथि, जो पवित्र आत्माको शक्तिबाट गर्भ धारण हुनुभयो, कन्या मरियमदेखि जन्मनुभयो, जसले पन्तियस पिलातसको अधीनमा दुःख भोग्नुभयो, क्रुसमा टाँगिनुभयो, मर्नुभयो, गाडिनुभयो, तेस्रो दिनमा मरेकाहरूबाट बिउँतनुभयो, स्वर्गमा चढ्नुभयो, सर्वशक्तिमान् परमेश्वर पिताको दाहिने हातपट्टि बस्नुभएको छ, जहाँदेखि उहाँ जीवित र मरेकाहरूको न्याय गर्न फेरि आउनुहुनेछ। म विश्वास गर्दछु पवित्र आत्मामाथि, पवित्र मण्डलीमाथि, पवित्रहरूको सङ्गतिमाथि, पापमोचनमाथि, शरीरको पुनरुत्थानमाथि, र अजम्मरी जीवनमाथि। आमिन्।
“परमेश्वर अनादि हुनुहुन्छ भने, जन्म लिनुभएको येशू ख्रीष्ट कसरी परमेश्वर हुन सक्नुहुन्छ?”

“परमेश्वर अनादि हुनुहुन्छ भने, जन्म लिनुभएको येशू ख्रीष्ट कसरी परमेश्वर हुन सक्नुहुन्छ?”

यूहन्ना ८ः४२ ले भन्दछ, “…किनभने म परमेश्वरबाट निस्कआएँ ।” । यस्तै कलस्सी १ः१५ मा लेखिएको छ, “सारा सृष्टिको ज्येष्ठ हुनुहुन्छ ।” हिब्रू १ः५ “तिमी मेरा पत्रु हौँ, मैले नै आज तिमीलाई जन्माएको छुँ… आफ्नो प्रथम जन्मेकालाई संसारमा ल्याउनुहुदाँ उहाँ फेरी भन्नुहुन्छ, ।” के यी पदहरुले येशूको सुरुवात छ भन्न खोजेको हो त ? कलस्सी १ः१५ मा उल्लेख गरिएको वाक्यलाई हेरौँ , “सार सृष्टिका ज्येष्ठ हुनुहुन्छ ।” “यो वाक्यांशको अर्थ ख्रीष्ट सृष्टि गरिनुभएको थियो भन्ने लाग्दैन । बरु, “”ज्येष्ठ मा पुरानो करारको अर्थ छः “ओहोदामा पहिलो,” “उत्तराधिकारी” वा “सर्वाेच्च” (उदाहरणको लागि प्रस्थान ४ः२२, यर्मिया ३१ः९, भजनसंग्रह ८९ः२७ याद गर्नुहोस् । जहाँ…
Read More
त्रिएक परमेश्वर सम्बन्धी सिद्धान्तको बिकास र योगदान

त्रिएक परमेश्वर सम्बन्धी सिद्धान्तको बिकास र योगदान

ख्रीष्टियन विश्वासको सबैभन्दा महत्वपूर्ण र गहिरो सिद्धान्तहरूमध्ये एक हो - त्रिएक परमेश्वर (Trinity)। “त्रिएक” भन्नाले एउटै परमेश्वर तीन व्यक्तित्वमा प्रकट हुनुभएको सत्यलाई जनाउँछः पिता परमेश्वर पुत्र परमेश्वर (येशू ख्रीष्ट) पवित्र आत्मा परमेश्वर । यी तीन अलग-अलग परमेश्वर होइनन्, तर एकै परमेश्वरका तीन व्यक्तित्व हुन्। अर्थात्, परमेश्वर स्वभाव, शक्ति, महिमा, र अस्तित्वमा एउटै हुनुहुन्छ, तर व्यक्तित्वमा तीन हुनुहुन्छ। शुरुका ख्रीष्टियानको निम्ति त्रिएकता साक्षात अनुभव थियो । कालान्तरमा यसलाई सिद्धान्तको रुपमा तर्जुमा गरियो । आथनेसियसको मातहातमा ३२५ ई.सं. मा नैसियाको परिषद्मा यसलाई मण्डलीको विश्वासको रुपमा घोषणा गरियो । एक शताब्दी पछि अगस्टिनले यो सिद्धान्तलाई त्यो रुप दिए, जुन आथनेसियन नामक विश्वासको सारमा…
Read More
पवित्र आत्मा एक व्यक्ति हुनुहुन्छ

पवित्र आत्मा एक व्यक्ति हुनुहुन्छ

पवित्र आत्मा केवल कुनै शक्ति, प्रभाव, वा ऊर्जा मात्र होइन; उहाँ जीवित परमेश्वर हुनुहुन्छ र एक वास्तविक व्यक्ति हुनुहुन्छ । बाइबलले पवित्र आत्मालाई त्रिएक परमेश्वरको तेस्रो व्यक्तिको रूपमा प्रकट गर्दछ । पिता परमेश्वर, पुत्र येशू ख्रीष्ट, र पवित्र आत्मा यी तीनै जना एउटै ईश्वरीय स्वभावमा एक हुनुहुन्छ, तर व्यक्तित्वमा भिन्न हुनुहुन्छ । धेरै मानिसहरूले पवित्र आत्मालाई केवल “शक्ति” वा “सामर्थ्य” को रूपमा बुझ्ने गर्छन् । विशेष गरी केही सम्प्रदायहरू, जस्तै Jehovah's Witnesses, पवित्र आत्मालाई व्यक्तित्व नभएको सक्रिय शक्ति मात्र ठान्छन् । तर बाइबलले स्पष्ट रूपमा सिकाउँछ कि पवित्र आत्मामा व्यक्तित्वका सबै गुणहरू छन् । उहाँ सोच्नुहुन्छ, महसुस गर्नुहुन्छ, बोल्नुहुन्छ, सिकाउनुहुन्छ,…
Read More
परमेश्वरबाट सुरु हुने वास्तविकता: उत्पत्ति १:१ को अध्ययन

परमेश्वरबाट सुरु हुने वास्तविकता: उत्पत्ति १:१ को अध्ययन

उत्पत्ति १:१ को व्याख्या “आदिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो।” — उत्पत्ति १:१ यो पद सम्पूर्ण बाइबलको पहिलो पद मात्र होइन, सम्पूर्ण सृष्टि, समय, जीवन, र परमेश्वरको कार्यको आधारभूत घोषणा पनि हो। उत्पत्ति १:१, सम्पूर्ण बाइबलको आधारशिला र सम्पूर्ण ख्रीष्टिय विश्वदृष्टिकोणको प्रारम्भिक घोषणा हो। “आदि मा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो” भन्ने यस एउटा पदभित्र सृष्टि, समय, अस्तित्व, मानव जीवन, नैतिकता, उद्धार र परमेश्वरको स्वरूपसम्बन्धी गहिरा सत्यहरू समेटिएका छन्। बाइबलको सुरुवात मानवबाट, धर्मबाट वा कुनै दर्शनबाट होइन, परमेश्वरबाट हुन्छ। यसले देखाउँछ कि वास्तविकताको केन्द्र मानव होइन, परमेश्वर हुनुहुन्छ। बाइबलले परमेश्वरको अस्तित्व प्रमाणित गर्न खोज्दैन; यसले सीधै उहाँ हुनुहुन्छ…
Read More
एलियालाई एलिशाले “दोब्बर भाग” दिनुहोस् भन्नुको अर्थ चाहिँ के हो ?

एलियालाई एलिशाले “दोब्बर भाग” दिनुहोस् भन्नुको अर्थ चाहिँ के हो ?

यो प्रश्न बाइबल (पुरानो करार) को गहिरो धर्मशास्त्रीय अर्थसँग जोडिएको छ। विशेष गरी २ राजा २:९ मा एलिशाले एलियासँग गरेको अनुरोध हो।  “तपाईंमा भएको आत्माको दोब्बर भाग मलाई दिनुहोस्।” के एलिशाले “दोहोर्‍याएर शक्ति चाहियो” भन्नेको हो  त? होइन । एलिशाले “एलियाभन्दा दुई गुणा चमत्कार गर्न” वा “अझ ठूलो भविष्यवक्ता बन्न” चाहेको होइन। त्यसो भए “दोब्बर भाग (Double Portion)” भनेको चाहिँ के हो ? र यसको  ऐतिहासिक अर्थ के हो ? यसलाई यहूदी कानुनी सन्दर्भ हेर्नु पर्दछ । व्यवस्था २१:१७ अनुसार जेठो छोराले बुवाको सम्पत्तिमा दोब्बर भाग पाउँथ्यो । यसले उत्तराधिकारी (legal heir) भन्ने अर्थ राख्थ्यो त्यसैले “double portion” भन्नाले उत्तराधिकार,…
Read More
परमेश्वर अदृश्य भएतापनि कसरी व्यक्तिगत हुनुहुन्छ ?

परमेश्वर अदृश्य भएतापनि कसरी व्यक्तिगत हुनुहुन्छ ?

मानिसहरूले प्रायः एउटा प्रश्न सोध्छन् “यदि परमेश्वरलाई देख्न सकिँदैन भने उहाँ कसरी वास्तविक र व्यक्तिगत हुन सक्नुहुन्छ ?” धेरै मानिसहरूलाई लाग्छ कि कुनै व्यक्ति हुनको लागि शरीर, अनुहार, वा दृश्य स्वरूप हुनुपर्छ। तर बाइबलले सिकाउने परमेश्वर केवल कुनै शक्ति, ऊर्जा, वा निराकार प्रभाव मात्र होइन; उहाँ जीवित, सचेत, प्रेममय, र सम्बन्ध राख्ने व्यक्तिगत परमेश्वर हुनुहुन्छ। “परमेश्वर अवैयक्तिक ‘शक्ति’ नभएर व्यक्तित्व सम्पन्न व्यक्ति हुनुहुन्छ । उहाँसित ज्ञान, शक्ति, इच्छा अनि भावना छ । मानिस जातिको पनि ज्ञान, शक्ति, इच्छा अनि भावना हुन्छ । तर यसको अर्थ परमेश्वर मानिस जस्तो हुनुहुन्छ भन्ने हुँदैन (होशे ११ः९) । यसको विपरीत यी गुणहरु परमेश्वरमा भएका…
Read More
बाइबल वास्तवमा कसरी बन्यो? बाइबलीय क्यानोन

बाइबल वास्तवमा कसरी बन्यो? बाइबलीय क्यानोन

बाइबललाई आज संसारभरिका ख्रीष्टियनहरूले परमेश्वरको वचनको रूपमा स्वीकार गर्छन्। धेरै मानिसहरू बाइबललाई एउटा पूर्ण पुस्तकको रूपमा हेर्छन्, मानौँ यो कुनै एक समयमा एकै व्यक्तिद्वारा लेखिएको हो। तर ऐतिहासिक रूपमा हेर्दा बाइबल त्यस्तो पुस्तक होइन। वास्तवमा बाइबल विभिन्न समय, विभिन्न भूगोल, विभिन्न भाषा, र फरक धार्मिक समुदायहरूद्वारा विकसित गरिएको विशाल ग्रन्थसङ्ग्रह हो। यसको निर्माण प्रक्रिया लगभग हजार वर्षभन्दा बढी समयसम्म फैलिएको थियो। प्रारम्भिक कथाहरू मौखिक रूपमा सुनाइन्थे। त्यसपछि तिनीहरूलाई लेख्न थालियो। पछि विभिन्न सम्पादक समूहहरूले ती सामग्रीहरूलाई पुनःसंरचना गरे। धार्मिक संकट, युद्ध, निर्वासन, राजनीतिक परिवर्तन, र धार्मिक बहसहरूले पनि बाइबलको विकासमा गहिरो प्रभाव पारे। यही सम्पूर्ण प्रक्रियाबाट “बाइबलीय क्यानोन” को जन्म…
Read More
यदि येशू परमेश्वर हुनुहुन्छ भने उहाँ कसरी साँचो मानिस पनि हुन सक्नुहुन्छ?

यदि येशू परमेश्वर हुनुहुन्छ भने उहाँ कसरी साँचो मानिस पनि हुन सक्नुहुन्छ?

नाइसिया परिषद, चाल्सेडोन परिषद, र बाइबलको प्रकाशमा एक धर्मशास्त्रीय अध्ययन ख्रीष्टिय धर्मशास्त्रको इतिहासमा सबैभन्दा गहिरो, रहस्यमय, र महत्वपूर्ण प्रश्नमध्ये एक हो, “यदि येशू परमेश्वर हुनुहुन्छ भने उहाँ कसरी साँचो मानिस पनि हुन सक्नुहुन्छ?” यो प्रश्न केवल दार्शनिक बहस वा धार्मिक विवाद मात्र होइन; यो सम्पूर्ण ख्रीष्टिय विश्वासको केन्द्रमा रहेको विषय हो। ख्रीष्टियन धर्ममा उद्धार, परमेश्वरको प्रेम, मानव मुक्ति, र परमेश्वर–मानव सम्बन्धको आधार नै येशू ख्रीष्टको व्यक्तित्वमा आधारित छ। यदि येशू केवल मानिस मात्र हुनुहुन्थ्यो भने उहाँ संसारका अरू महान धार्मिक गुरुहरूजस्तै मात्र हुनुहुन्थ्यो। यदि उहाँ केवल परमेश्वर मात्र हुनुहुन्थ्यो र वास्तविक मानिस बन्नुभएन भने मानव पीडा, प्रलोभन, र मृत्युमा उहाँको…
Read More
येशुले  कहिल्यै “म परमेश्वर हुँ मेरो आराधना गर ।” भनेर भन्नु भयो ?

येशुले कहिल्यै “म परमेश्वर हुँ मेरो आराधना गर ।” भनेर भन्नु भयो ?

बाइबलले हामीलाई यो विवरण दिदैन कि येशूले सुनिश्चित शब्द भन्नुभयो, “म परमेश्वर हुँ।” तैपनि, यसको यो अर्थ होइन कि, उहाँले यो घोषणा गर्नुभएन कि उहाँ परमेश्वरको होइन । लेखक निक्की गम्बेल लेख्छन्, “वास्तवमै हो, उहाँ आफू परमेश्वर हुँ भन्दै जताततै दौडनु भएन । तथापि उहाँले सिकाएका शिक्षा र गरेका कामलाई गौर गरेर हेर्ने हो भने येशू आफ्नो ईश्वरत्वप्रति सदैव सचेत रहनुभएको तथ्य सबैले स्पष्ट देख्नेछन् ।” कुनै पनि धर्मका स्थापकले आफू परमेश्वरका पुत्र वा ईश्वरीय व्यक्ति हुँ भनी दावी गरेको छैनन् । तर येशूले भन्नुभएझैँ उहाँ परमेश्वर हुनुहुन्छ भनी ख्रीष्टियनहरुले विश्वास गर्छन् । येशूले जे गर्नुभयो, जे भन्नुभयो, र उहाँ…
Read More
परमेश्वरको अस्तित्वका लागि प्रमाणहरू

परमेश्वरको अस्तित्वका लागि प्रमाणहरू

                     २१ औँ शताब्दीको अति प्रगतिशील र सूचनाको युगमा रहेर पनि परमेश्वर हुनुहुन्छ भन्ने कुरा विश्वास गर्नु मुर्खता होइनन् र ? भौतिक उन्नतिले आजको विश्वमा पनि परमेश्वरको अस्तित्वमाथि विश्वास गर्नु भनेको अज्ञानता हो भन्ने धेरै भौतिकवादी व्यक्तिहरू भेटिन्छन् । जब जब रस्हयका तथ्यहरू खोलिदै जान्छ तब मानिसहरू परमेश्वरको अस्तित्व देखि टाढा गइरहेको समाज हामीहरूको बीचमा रहेको छ । धर्म भित्र रहेका विभिन्न अन्धविश्वासहरूलार्इ वैज्ञानिक खोज तथा अनुसन्धानले गलत प्रमाणित गरिदिएपछि मानिसहरूले परमेश्वरको अस्तित्वमाथि प्रश्न उठाउन थाले र परमेश्वरको अस्तित्वलार्इ पूर्ण रूपमा इन्कार गर्ने समाजको सृजना भयो । यस सम्पूर्ण व्राह्माण्ड कुनै र्इश्वरले सृष्टि नगरि आफै कुनै समय अस्तित्वमा आएको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.