जब पवित्र धर्मशास्त्र बोल्दछ...

✝️ म विश्वास गर्दछु, एक परमेश्वर सर्वशक्तिमान् पिता, स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुनेमाथि। अनि उहाँको एक्लो पुत्र, हाम्रा प्रभु येशू ख्रीष्टमाथि, जो पवित्र आत्माको शक्तिबाट गर्भ धारण हुनुभयो, कन्या मरियमदेखि जन्मनुभयो, जसले पन्तियस पिलातसको अधीनमा दुःख भोग्नुभयो, क्रुसमा टाँगिनुभयो, मर्नुभयो, गाडिनुभयो, तेस्रो दिनमा मरेकाहरूबाट बिउँतनुभयो, स्वर्गमा चढ्नुभयो, सर्वशक्तिमान् परमेश्वर पिताको दाहिने हातपट्टि बस्नुभएको छ, जहाँदेखि उहाँ जीवित र मरेकाहरूको न्याय गर्न फेरि आउनुहुनेछ। म विश्वास गर्दछु पवित्र आत्मामाथि, पवित्र मण्डलीमाथि, पवित्रहरूको सङ्गतिमाथि, पापमोचनमाथि, शरीरको पुनरुत्थानमाथि, र अजम्मरी जीवनमाथि। आमिन्।
येशूको ईश्वरत्वको बारेमा बाइबलीय ईश्वरशास्त्रीहरुका भर्नाइहरु

येशूको ईश्वरत्वको बारेमा बाइबलीय ईश्वरशास्त्रीहरुका भर्नाइहरु

१. Dr. Ray H. Hughes लेख्छन्, “येशू नाम सबैभन्दा उत्कृष्ट नाम हो, यो नाम हरेक नाम भन्दा माथि छ ।” २. ईश्वरशास्त्री लेविस चाफर लेख्छन्, “पृथ्वीमा कसैलाई पाप क्षमा गर्ने अधिकार छैन न त उसको हैसियत नै छ । कसैले क्षमा दिएको पापले उहाँलाई बचाउँन सक्दैन जसको विरुद्धमा सबैले पाप गरेका छन् । जब येशूले निश्चित रुपमा पापको क्षमा दिनुभयो उहाँले मानवीय अधिकारको अभ्यास गर्दै हुनुहुन्थेन । परमेश्वरले मात्रै पापको क्षमा दिन सक्ने भएकोले निष्कर्षमा यो प्रस्ट छ कि ख्रीष्टले पापको क्षमा गर्नुभएकोले उहाँ परमेश्वर हुनुहुन्छ । उहाँ परमेश्वर हुनुभएकोले अनन्त हुनुहुन्छ ।” ३. ख्रीष्टियन रक्षाशास्त्री साथै शिक्षक कमल अधिकारी…
Read More
उद्देश्य प्रेरित जीवन- पुस्तक समीक्षा

उद्देश्य प्रेरित जीवन- पुस्तक समीक्षा

रिक वारेन (Rick Warren) द्वारा लिखित उद्देश्य प्रेरित जीवन आधुनिक ख्रीष्टियन साहित्यमा अत्यन्त लोकप्रिय, व्यापक रूपमा पढिएको, र विश्वव्यापी प्रभाव छोड्न सफल भएको एक उल्लेखनीय आत्मिक पुस्तक हो, जसले मानिसको जीवनको सबैभन्दा गहिरो र अस्तित्वसँग सम्बन्धित प्रश्न “म किन जन्मिएको हुँ?” “म किन बाँचिरहेको छु?” “मेरो जीवनको उद्देश्य के हो?” “परमेश्वरले मलाई किन सृष्टि गर्नुभयो?” भन्ने प्रश्नहरूको उत्तर बाइबलको प्रकाशमा खोज्ने प्रयास गर्दछ। यो पुस्तक सन् २००२ मा Zondervan प्रकाशन गृहबाट प्रकाशित भएको हो र प्रकाशित भएदेखि नै यसले करोडौं पाठकहरूलाई आत्मिक रूपमा चुनौती दिने, जीवनको दिशा बदल्ने, र परमेश्वर केन्द्रित जीवनतर्फ उन्मुख गराउने कार्य गरेको देखिन्छ।             पुस्तकको आरम्भमै…
Read More
बाइबल बारे जान्नै पर्ने तथ्यहरू

बाइबल बारे जान्नै पर्ने तथ्यहरू

परिचयः संसारमा करिब ४,३०० धर्महरू रहेको पाइन्छ । यी धर्महरूमा प्रमुख धर्महरू ख्रीष्टियान, इस्लाम, हिन्दु, बुद्धिष्ट र यहुदी धर्म मानिबाइबल बारे जान्नै पर्ने तथ्यहरून्छ । संसारमा ख्रीष्टियन ३३ प्रतिशत ख्रीष्टियान, इस्लाम २१ प्रतिशत, हिन्दु १४ प्रतिशत, बौद्ध ५ प्रतिशत र यहुदी ०.२२ प्रतिशत रहेको पाइन्छ । हेरक धर्मको आफ्नो आस्था अनुरुपको आफ्नै धर्मशास्त्र हुने गर्दछ । ख्रीष्टियानको बाइबल, इस्लामको कुअरान, हिन्दुको वेद, बुद्धिष्टको त्रिपिटक र यहुदीको तालमुड नै उनीहरूको धर्मशास्त्र हो । बिशेषगरी धर्मशास्त्रले त्यस धर्मका अनुयायीहरूलाई धार्मिक कुराहरूको बारेमा सिकाउँने गर्दछ र समाजमा एक चरित्रवान नैतिक व्यक्तिको रुपमा स्थापित गर्न सिकाउँछ । साथै उनीहरूले गर्ने विश्वास र परम्पराको बारेमा…
Read More
बाइबलको अद्वितीयता ||Uniqueness of the Bible||

बाइबलको अद्वितीयता ||Uniqueness of the Bible||

परिचय             बाइबल संसारकै सबैभन्दा धेरै पढिएको, अनुवाद गरिएको र प्रभावशाली पुस्तक हो। यो केवल धार्मिक ग्रन्थ मात्र नभई, विश्वास, इतिहास, नैतिकता र आत्मिक जीवनको आधार हो। संसारमा धेरै धार्मिक पुस्तकहरू भए तापनि बाइबल आफ्नो उत्पत्ति, सन्देश, संरचना, विश्वसनीयता र जीवन परिवर्तन गर्ने शक्तिका कारण पूर्णतः अद्वितीय छ।             बाइबलको विशेषता यसमा छ कि यो एउटै पुस्तक जस्तो देखिए पनि वास्तवमा ६६ वटा पुस्तकहरूको संग्रह हो, जुन फरक–फरक समयमा, फरक–फरक लेखकद्वारा लेखिएको हो। यति धेरै विविधता हुँदाहुँदै पनि यसको सन्देश एकीकृत छ। बाइबल एक अद्वितीय र ईश्वरीय पुस्तक हो, जसले १५०० वर्षभन्दा बढी समय, ४० भन्दा बढी लेखक, र विभिन्न…
Read More
‘संसार बदल्ने १०१  ओटा वैज्ञानिक खोज (भाग १)’ पुस्तक समीक्षा

‘संसार बदल्ने १०१  ओटा वैज्ञानिक खोज (भाग १)’ पुस्तक समीक्षा

यो लेखमा ‘संसार बदल्ने १०१ ओटा वैज्ञानिक खोज (भाग १)’ पुस्तकको समीक्षा प्रस्तुत गरिएको छ, जसमा ख्रिस्टियन वैज्ञानिकहरूको योगदान र विज्ञानको विकासबारे चर्चा गरिएको छ। परिचय ‘संसार बदल्ने १०१ ओटा वैज्ञानिक खोज (भाग १)’ पुस्तकका लेखक कमल अधिकारी हुन्। उनी लेखक, सम्पादक, अनुवादक, शिक्षक तथा ख्रिस्टियन रक्षाशास्त्री हुन्। आफूलाई लेखक र रक्षाशास्त्री भन्न रुचाउने अधिकारीले हालसम्म १७ भन्दा बढी (एकल तथा सामूहिक) पुस्तकहरू लेखिसकेका छन्। सन् २०११ मा ‘बाइबल, विज्ञान र परमेश्वर’ नामक पहिलो पुस्तकबाट उनले आफ्नो लेखन यात्रा आरम्भ गरेका हुन्।हालसम्म उनले करिब ८० वटा पुस्तक तथा पुस्तिकाहरू अनुवाद गर्नुका साथै झन्डै २०० भन्दा बढी पुस्तक–पुस्तिकाहरू सम्पादन तथा प्रूफरिडिङ…
Read More
येशू ख्रीष्टको अद्वितीयता

येशू ख्रीष्टको अद्वितीयता

परिचय मानव इतिहासमा धेरै धार्मिक गुरुहरू, दार्शनिकहरू, सुधारकहरू र आत्मिक अगुवाहरू जन्मिए। बुद्ध, कन्फ्युसियस, मोहम्मद, सुकरात, प्लेटो, अरस्तुजस्ता व्यक्तिहरूले मानव सोच, नैतिकता र समाजलाई गहिरो प्रभाव पारे तर येशू ख्रीष्टको स्थान यी सबैभन्दा भिन्न र अद्वितीय छ। येशू केवल एक शिक्षक, अगमवक्ता, वा नैतिक सुधारक मात्र होइनन्; उहाँले आफूलाई परमेश्वरको पुत्र, संसारको मुक्तिदाता, र जीवनको एकमात्र मार्गको रूपमा प्रकट गर्नुभयो। ख्रीष्टियन विश्वासको केन्द्रमै येशूको अद्वितीयता अवस्थित छ। यस लेखमा येशू ख्रीष्टको अद्वितीयता विभिन्न दृष्टिकोणबाट विश्लेषण गरिनेछ । उहाँको व्यक्तित्व, जन्म, शिक्षा, अधिकार, चमत्कार, पापरहित जीवन, क्रूसमृत्यु, पुनरुत्थान, उद्धारकार्य, र उहाँको सार्वभौमिक दाबीहरू। साथै, यी सबै पक्षहरूले येशूलाई मानव इतिहासमा अद्वितीय…
Read More
इस्लाम, नास्तिक हुदै ख्रीष्टसम्मको यात्रा : रिद्भान आयदेमिरको आध्यात्मिक रूपान्तरण यात्रा

इस्लाम, नास्तिक हुदै ख्रीष्टसम्मको यात्रा : रिद्भान आयदेमिरको आध्यात्मिक रूपान्तरण यात्रा

परिचयआधुनिक विश्वमा धर्म केवल आस्थाको विषय मात्र होइन, पहिचान, राजनीति, संस्कृति र व्यक्तिगत अस्तित्वसँग गहिरो रूपमा गाँसिएको यथार्थ हो। यस सन्दर्भमा रिद्भान आयदेमिरको जीवनयात्रा एउटा साधारण धर्मान्तरणको कथा होइन; यो सत्यको खोजमा रहेको आधुनिक व्यक्तिको आन्तरिक सङ्घर्ष, बौद्धिक इमानदारी र विश्वासतर्फको साहसी कदमको जीवित उदाहरण हो। इस्लाम, नास्तिकता र अन्ततः ख्रीष्टियन विश्वास हुँदै गुज्रिएको उनको यात्रा आजको समयको गहिरो आत्मिक बहसलाई प्रतिबिम्बित गर्छ। इस्लामभित्रको हुर्काइ र प्रारम्भिक आस्थारिद्भान आयदेमिरको जन्म जर्मनीमा टर्की मुस्लिम परिवारमा भयो। बाल्यकालदेखि नै उनी इस्लामी परम्परा, धार्मिक अनुशासन र सामुदायिक पहिचानमा हुर्किए। इस्लाम उनको लागि केवल विश्वास प्रणाली मात्र थिएन; त्यो जीवनको सम्पूर्ण संरचना, नैतिकता, सामाजिक…
Read More
येशू को हुनुहुन्छ ?

येशू को हुनुहुन्छ ?

 येशु को हुनुहुन्छ  भन्ने प्रश्न २००० बर्ष देखी सोधि रहेको प्रश्न हो । यसको बिषयमा धेरै पुस्तकहरू लेखिए र हरेकले येशु को हुनुहुन्छ भन्ने कुरा व्याख्य गर्न थाले अनि अहिले पनि यो प्रश्न निकै प्रभावशाली छ र अहिले पनि मानिसहरूले येशु को हुनुहुन्छ भन्ने बारेमा लेख्दैछन् । धार्मिक, इतिहासिक, मनोवैज्ञानिक, साँस्कृतिक तथा राजनीतिक तरिकाबाट येशुको परिचय दिदछ ।[1]  लेखक तथा पाष्टर आर. सी. स्प्रौल लेख्छन्, “ख्रीष्ट को हुनुहुन्छ भन्ने प्रश्नको उत्तर दिन खोजिएका प्रयासहरुले सटीक उत्तर दिनुको सट्टामा झन् धेरै भ्रमात्मक सिद्धान्तहरुको सिर्जना गरेको छ । जुन प्रश्न येशूले आफ्ना चेलाहरुलाई पनि सोध्नुभएको थियो “तर तिमीहरुचाहिँ के भन्छौँ, म को हुँ ?” यो प्रश्न यतिधेरै महत्वपूर्ण छ कि, एक…
Read More
परमेश्वरले मानिसलाई उहाँको आफ्नै स्वरूप (image) र प्रतिरूप (likeness) मा बनाउनुभयो” भन्नुको अर्थ के हो ?

परमेश्वरले मानिसलाई उहाँको आफ्नै स्वरूप (image) र प्रतिरूप (likeness) मा बनाउनुभयो” भन्नुको अर्थ के हो ?

बाइबल (विशेषगरी उत्पत्ति 1:26–27) मा “परमेश्वरले मानिसलाई उहाँको आफ्नै स्वरूप (image) र प्रतिरूप (likeness) मा बनाउनुभयो” भन्नुको अर्थ के हो भन्ने प्रश्न गहिरो बाइबलीय र हिब्रू भाषिक अध्ययनसँग जोडिएको छ। मूल हिब्रू शब्दहरू हेर्दा उत्पत्ति 1:26 मा प्रयोग भएका दुई मुख्य हिब्रू शब्दहरू छन्:(क) स्वरूप = צֶלֶם (Tselem) जसको शाब्दिक अर्थ: मूर्ति, छवि, प्रतिनिधि प्रतिमा भन्ने हुन्छ । प्रतिनिधित्व गर्ने छविको अर्थमा स्वरूप भन्ने शब्द प्रयोग गरिएको छ । परमेश्वरको “स्वरूप” हुनु भनेको मानिस परमेश्वरको प्रतिनिधि भएर पृथ्वीमा उहाँको शासन र अधिकार झल्काउने प्राणी हो भन्ने अर्थमा यस शब्दको प्रयोग गरिएको हो । (ख) प्रतिरूप = דְּמוּת (Demut) भन्ने शब्दको…
Read More
बाइबलीय ईश्वरशास्त्र

बाइबलीय ईश्वरशास्त्र

बाइबलीय ईश्वरशास्त्र भनेको बाइबलभित्र देखिने परमेश्वरको प्रकटतालाई त्यसको ऐतिहासिक विकासक्रम र उद्धार इतिहास  अनुसार अध्ययन गर्ने शास्त्र हो।[1] यसको उद्देश्य एउटै प्रणालीगत सिद्धान्त बनाउनु होइन, बरु परमेश्वरले बाइबलको इतिहासमा क्रमशः कसरी आफ्ना योजनाहरू प्रकट गर्दै जानुहुन्छ भन्ने कुरालाई देखाउनु हो। यसले विषयगत  भन्दा बढी ऐतिहासिक क्रमकथालाई महत्व दिन्छ।[2]             यसले पुरानो नियम र नयाँ नियमबीचको सम्बन्धलाई पनि हेर्छ  जसरी परमेश्वरको करार, राज्य, र उद्धार क्रमशः स्पष्ट हुँदै गएको छ। यसर्थ, बाइबलीय ईश्वरशास्त्रले “बाइबलले आफैलाई आफै कसरी व्याख्या गर्छ” भन्ने आधारमा हाम्रो बुझाइलाई गहिरो पार्छ ।[3]             बाइबलीय धर्मशास्त्रको अध्ययन आफैमा एउटा उद्देश्य होइन। यो परमेश्वरको प्रेरित वचनको रूपमा बाइबललाई राम्रोसँग बुझ्नको लागि एउटा उपकरण हो । बाइबलीय धर्मशास्त्रले हामीलाई ठूलो तस्वीर हेर्न, बाइबललाई एकसाथ राख्ने विषयवस्तुहरूको कदर गर्न, कथा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.