जब पवित्र धर्मशास्त्र बोल्दछ...

✝️ म विश्वास गर्दछु, एक परमेश्वर सर्वशक्तिमान् पिता, स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुनेमाथि। अनि उहाँको एक्लो पुत्र, हाम्रा प्रभु येशू ख्रीष्टमाथि, जो पवित्र आत्माको शक्तिबाट गर्भ धारण हुनुभयो, कन्या मरियमदेखि जन्मनुभयो, जसले पन्तियस पिलातसको अधीनमा दुःख भोग्नुभयो, क्रुसमा टाँगिनुभयो, मर्नुभयो, गाडिनुभयो, तेस्रो दिनमा मरेकाहरूबाट बिउँतनुभयो, स्वर्गमा चढ्नुभयो, सर्वशक्तिमान् परमेश्वर पिताको दाहिने हातपट्टि बस्नुभएको छ, जहाँदेखि उहाँ जीवित र मरेकाहरूको न्याय गर्न फेरि आउनुहुनेछ। म विश्वास गर्दछु पवित्र आत्मामाथि, पवित्र मण्डलीमाथि, पवित्रहरूको सङ्गतिमाथि, पापमोचनमाथि, शरीरको पुनरुत्थानमाथि, र अजम्मरी जीवनमाथि। आमिन्।
BurnedByGod

जब दुःखमा हुनुहुन्छ, परमेश्वर कहाँ छन्?

“परमेश्वर कहाँ हुनुहुन्छ जब म दुःखमा हुन्छु ?”

“परमेश्वर कहाँ हुनुहुन्छ जब म दुःखमा हुन्छु ?”


जीवन जिउँदै गर्दा हामीहरूको जीवनमा विभिन्न प्रकारका समस्याहरू वा आधीँहरू आउँने गर्दछ । यी आधीँहरूले हाम्रो जीवनको विभिन्न पक्षहरूलाई तहसनहस पारि दिन्छ । त्यस आधीँले हाम्रो जीवनलाई गहिरो नमिटिने चोट दिएर जान्छ । त्यस अवस्थामा हामी निक्कै कमजोर हुन्छौँ र परमेश्वरलाई प्रश्न गर्न पुग्छौँ कि, “परमेश्वर तपाई कहाँ हुनुनुहुन्थ्यो, जब म दुःखमा थिए ? वा परमेश्वर तपाई कहाँ हुनुहुन्छ, जब म दुःखमा हुन्छु ?” यो मानिसको जीवनमा आउँने र आफ्नो विश्वासलाई अनुभव र परिस्थितिसँग तुलना गरी परमेश्वरसँग आवेगले वा परमेश्वरमाथिको विश्वास्ततामाथि गरिने अम्भिर र आशावादी  प्रश्न हो । यस प्रश्नले मुलत २ कुराहरूको खोजी गरिरहेको हुन्छ । १. परमेश्वर उपस्थिति र २. परमेश्ववरको अस्तित्वको प्रमाण ।

1400x450 6

          जब हामी अति दुःखी हुन्छौ तब परमेश्वरले हामीहरूलाई वास्ता नगर्नुभएको वा परमेश्वर नै हुनुहुन्न कि जस्तो शंका हाम्रो जीवनमा आउने गर्दछ । यस प्रश्नले हाम्रो वास्तविक समस्यामाथि परमेश्वरको अन्तरदृष्टि के छ र उहाँको प्रतिक्रिया कस्तो हुन्छ भन्ने अपेक्षा गरिहरेका हुन्छौँ । दुःख, पीडा, रोग, वियोग, प्राकृतिक विपत्ति, अन्याय, र मृत्युका क्षणमा सबैले सोध्छन् “यदि परमेश्वर छ भने उहाँ कहाँ हुनुहुन्छ?” यो मानिसहरूको वास्तविक जीवनको प्रश्न हो । बाइबलमा अय्यूब, दाऊद, यशैया, र पावल जस्ता व्यक्तिहरूले दुःख अनुभव गरेका छन्। बाइबलले यस प्रश्नलाई लुकाउँदैन, बरु स्पष्ट जवाफ दिन्छ। धेरै मानिसहरू दुःखका कारण आस्थाबाट टाढा हुन्छन् तर  दुःखमा पनि परमेश्वर उपस्थित हुनुहुन्छ, र उहाँकै प्रेम र योजनामा भरोसा राख्न सकिन्छ ।

           दुःखको क्षणमा पनि परमेश्वर तपाईंलाई कहिल्यै छोड्नुहुन्न। परमेश्वर टाढा होइन, दुःखकै बीचमा हुनुहुन्छ। दुःख मानव जीवनको सबैभन्दा कठिन प्रश्न हो। पीडा केवल शारीरिक मात्र होइन, आत्मिक र भावनात्मक पनि हुन्छ। दुःखले कहिलेकाहीँ हामीलाई परमेश्वर नजिक ल्याउने ढोका पनि खोल्छ। त्यसैले जब हामी पीडामा हुन्छौं, उहाँ टाढा होइन, बरु हाम्रो पीडामा सहभागी हुनुहुन्छ। सबै पीडाको पूर्ण कारण हामी बुझ्दैनौं, तर परमेश्वर विश्वासयोग्य हुनुहुन्छ। केही मानिसहरू पीडाबाट बलियो बन्छन्। अरू कतिपय भने निराश भएर परमेश्वरबाट टाढा जान्छन्। मुख्य कुरा के हो भने पीडाले हामीलाई तोड्छ कि बनाउन सक्छ भन्ने हाम्रो दृष्टिकोणमा निर्भर गर्छ। दुःखमा परमेश्वर टाढा हुनुहुन्न, बरु अझ नजिक हुनुहुन्छ। उहाँले हाम्रो पीडा बुझ्नुहुन्छ, उहाँकै प्रेममा हामी सुरक्षित छौं । प्रश्न “परमेश्वर कहाँ हुनुहुन्छ?” को उत्तर हो “उहाँ हाम्रो दुःखकै बीचमा हुनुहुन्छ।

१. परमेश्वर नजिकै हुनुहुन्छ

भजनसंग्रह ३४:१८ भन्छ: “प्रभु टुटेको हृदयवालाको नजिक हुनुहुन्छ, र चित्त दुःखीहरूलाई उहाँले उद्धार गर्नुहुन्छ।”
 जब हामी टुट्छौं, उहाँ टाढा होइन, अझ नजिक हुनुहुन्छ।

२. येशूले पनि दुःख भोग्नुभयो

यशैया ५३:३ मा भनिएको छ: “उहाँ दुःख भोग्ने मानिस, र पीडामा परीचित हुनुहुन्थ्यो।”
येशू आफैंले दु:ख, अस्वीकार, र पीडा भोग्नु भएकोले हाम्रो पीडालाई बुझ्नुहुन्छ।

३. दुःखमा परमेश्वरको उद्देश्य हुन्छ

रोमी ८:२८: “हामीलाई थाहा छ कि सबै कुराले परमेश्वरलाई प्रेम गर्नेहरूका लागि भलोका निम्ति काम गर्दछ।”
कहिलेकाहीँ हाम्रो पीडामा परमेश्वरले ठूलो योजना लुकाउनु भएको हुन्छ – हाम्रो विश्वासलाई बलियो बनाउन, हामीलाई उहाँसँग नजिक ल्याउन वा अरूलाई आशीर्वाद दिन ।

४. उहाँ कहिल्यै हामीलाई नछोड्नुहुन्न

हिब्रू १३:५: “म तिमीलाई कहिल्यै छोड्ने छैन्, न त त्याग्नेछु।”
मान्छेहरूले छोडे पनि, परमेश्वरको उपस्थितिबाट हामी कहिल्यै वञ्चित हुँदैनौं।

५. दुःख अस्थायी हो, महिमा (शाश्वत) स्थायी हो

२ कोरिन्थी ४:१७: “हाम्रो हलुका र क्षणिक कष्टहरूले हामीलाई अतुलनीय शाश्वत महिमा उत्पादन गर्दैछ।”
हाम्रो पीडा अस्थायी हो, तर स्वर्गमा पाउने आनन्द र महिमा स्थायी (शाश्वत) हुनेछ।

 निष्कर्ष
दुःखको समयमा परमेश्वर टाढा होइन, अझ नजिक हुनुहुन्छ। उहाँले हाम्रो आँसु देख्नुहुन्छ, हाम्रो पीडा बुझ्नुहुन्छ, र उहाँकै हातले हामीलाई अघिल्लो भन्दा बलियो बनाएर अघि बढाउनुहुन्छ।

By संगम श्रेष्ठ

संगम श्रेष्ठ लेखक, ग्राफिक डिजाइनर, वेब डेभलपर, सम्पादक तथा शिक्षक हुन्। उनले B.Th. र M.Div. उपाधि हासिल गरेका छन् तथा पाँचभन्दा बढी पुस्तकहरूको लेखन र सम्पादनमा योगदान दिएका छन्। हाल उनी त्रिभुवन विश्वविद्यालयमा पत्रकारिता तथा आमसञ्चार विषयमा M.A. अध्ययनरत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.