नयाँ करारमा उल्लेख गरिएका आरमेइक शब्दहरु
नयाँ करारका विवरणहरू कोइने ग्रीक भाषामा लेखिएका थिए । तर येशूको समयमा र येशू स्वयमले पनि आरमेइक भाषा बोल्नु हुन्थ्यो भनेर बाइबल विद्वाहरू भन्दछन् । नयाँ करारमा कुनै कुनै स्थानहरूमा आरमेइक शब्दहरू प्रयोग गरिएको छ । १. इप्फाता, अर्थः खोलिजा (मर्कूस ७:३४) २. अब्बा, अर्थः पिता (मर्कूस ९:३६। गलाती ४:६, रोमी ८:१५) ३. राका, अर्थः तँ मूर्ख (मत्ती५:२२) ४. मम्मन, अर्थः धनको सेवा (मत्ती ६:२४) ५. मारानाथा, अर्थः हे हाम्रा प्रभु, आउनुहोस् (१ कोरन्थि १६:२२) ६. इलोई, इलोई, लामा सबखथनी ?, अर्थः हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ ? (मत्ती २७:४६, मर्कूस १५:३४) ७. कुर्बान,…