जब पवित्र धर्मशास्त्र बोल्दछ...

✝️ म विश्वास गर्दछु, एक परमेश्वर सर्वशक्तिमान् पिता, स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुनेमाथि। अनि उहाँको एक्लो पुत्र, हाम्रा प्रभु येशू ख्रीष्टमाथि, जो पवित्र आत्माको शक्तिबाट गर्भ धारण हुनुभयो, कन्या मरियमदेखि जन्मनुभयो, जसले पन्तियस पिलातसको अधीनमा दुःख भोग्नुभयो, क्रुसमा टाँगिनुभयो, मर्नुभयो, गाडिनुभयो, तेस्रो दिनमा मरेकाहरूबाट बिउँतनुभयो, स्वर्गमा चढ्नुभयो, सर्वशक्तिमान् परमेश्वर पिताको दाहिने हातपट्टि बस्नुभएको छ, जहाँदेखि उहाँ जीवित र मरेकाहरूको न्याय गर्न फेरि आउनुहुनेछ। म विश्वास गर्दछु पवित्र आत्मामाथि, पवित्र मण्डलीमाथि, पवित्रहरूको सङ्गतिमाथि, पापमोचनमाथि, शरीरको पुनरुत्थानमाथि, र अजम्मरी जीवनमाथि। आमिन्।
परमेश्वर अदृश्य भएतापनि कसरी व्यक्तिगत हुनुहुन्छ ?

परमेश्वर अदृश्य भएतापनि कसरी व्यक्तिगत हुनुहुन्छ ?

मानिसहरूले प्रायः एउटा प्रश्न सोध्छन् “यदि परमेश्वरलाई देख्न सकिँदैन भने उहाँ कसरी वास्तविक र व्यक्तिगत हुन सक्नुहुन्छ ?” धेरै मानिसहरूलाई लाग्छ कि कुनै व्यक्ति हुनको लागि शरीर, अनुहार, वा दृश्य स्वरूप हुनुपर्छ। तर बाइबलले सिकाउने परमेश्वर केवल कुनै शक्ति, ऊर्जा, वा निराकार प्रभाव मात्र होइन; उहाँ जीवित, सचेत, प्रेममय, र सम्बन्ध राख्ने व्यक्तिगत परमेश्वर हुनुहुन्छ। “परमेश्वर अवैयक्तिक ‘शक्ति’ नभएर व्यक्तित्व सम्पन्न व्यक्ति हुनुहुन्छ । उहाँसित ज्ञान, शक्ति, इच्छा अनि भावना छ । मानिस जातिको पनि ज्ञान, शक्ति, इच्छा अनि भावना हुन्छ । तर यसको अर्थ परमेश्वर मानिस जस्तो हुनुहुन्छ भन्ने हुँदैन (होशे ११ः९) । यसको विपरीत यी गुणहरु परमेश्वरमा भएका…
Read More
यदि येशू परमेश्वर हुनुहुन्छ भने उहाँ कसरी साँचो मानिस पनि हुन सक्नुहुन्छ?

यदि येशू परमेश्वर हुनुहुन्छ भने उहाँ कसरी साँचो मानिस पनि हुन सक्नुहुन्छ?

नाइसिया परिषद, चाल्सेडोन परिषद, र बाइबलको प्रकाशमा एक धर्मशास्त्रीय अध्ययन ख्रीष्टिय धर्मशास्त्रको इतिहासमा सबैभन्दा गहिरो, रहस्यमय, र महत्वपूर्ण प्रश्नमध्ये एक हो, “यदि येशू परमेश्वर हुनुहुन्छ भने उहाँ कसरी साँचो मानिस पनि हुन सक्नुहुन्छ?” यो प्रश्न केवल दार्शनिक बहस वा धार्मिक विवाद मात्र होइन; यो सम्पूर्ण ख्रीष्टिय विश्वासको केन्द्रमा रहेको विषय हो। ख्रीष्टियन धर्ममा उद्धार, परमेश्वरको प्रेम, मानव मुक्ति, र परमेश्वर–मानव सम्बन्धको आधार नै येशू ख्रीष्टको व्यक्तित्वमा आधारित छ। यदि येशू केवल मानिस मात्र हुनुहुन्थ्यो भने उहाँ संसारका अरू महान धार्मिक गुरुहरूजस्तै मात्र हुनुहुन्थ्यो। यदि उहाँ केवल परमेश्वर मात्र हुनुहुन्थ्यो र वास्तविक मानिस बन्नुभएन भने मानव पीडा, प्रलोभन, र मृत्युमा उहाँको…
Read More
परमेश्वरको अस्तित्वका लागि प्रमाणहरू

परमेश्वरको अस्तित्वका लागि प्रमाणहरू

                     २१ औँ शताब्दीको अति प्रगतिशील र सूचनाको युगमा रहेर पनि परमेश्वर हुनुहुन्छ भन्ने कुरा विश्वास गर्नु मुर्खता होइनन् र ? भौतिक उन्नतिले आजको विश्वमा पनि परमेश्वरको अस्तित्वमाथि विश्वास गर्नु भनेको अज्ञानता हो भन्ने धेरै भौतिकवादी व्यक्तिहरू भेटिन्छन् । जब जब रस्हयका तथ्यहरू खोलिदै जान्छ तब मानिसहरू परमेश्वरको अस्तित्व देखि टाढा गइरहेको समाज हामीहरूको बीचमा रहेको छ । धर्म भित्र रहेका विभिन्न अन्धविश्वासहरूलार्इ वैज्ञानिक खोज तथा अनुसन्धानले गलत प्रमाणित गरिदिएपछि मानिसहरूले परमेश्वरको अस्तित्वमाथि प्रश्न उठाउन थाले र परमेश्वरको अस्तित्वलार्इ पूर्ण रूपमा इन्कार गर्ने समाजको सृजना भयो । यस सम्पूर्ण व्राह्माण्ड कुनै र्इश्वरले सृष्टि नगरि आफै कुनै समय अस्तित्वमा आएको…
Read More
ख्रीष्टियान विश्वासमा Sola भनेको के हो ? यसको महत्व् के छ ?

ख्रीष्टियान विश्वासमा Sola भनेको के हो ? यसको महत्व् के छ ?

ख्रीष्टियान विश्वासमा "Sola" (सोला) भन्नाले प्रोटेस्टेन्ट सुधारकालीन पाँच मुख्य सिद्धान्तहरू लाई बुझिन्छ। यी सिद्धान्तहरू १६औं शताब्दीमा मार्टिन लुथर, जोन काल्भिन जस्ता सुधारकहरूले रोमन क्याथोलिक चर्चको विरुद्धमा प्रस्तुत गरेका थिए। यी पाँच सोला सिद्धान्तहरू यसप्रकार छन्: १. Sola Scriptura (केवल शास्त्र) अर्थ: बाइबल मात्र ईश्वरीय ज्ञानको आधारभूत र अन्तिम स्रोत हो। बाइबल मात्र ईश्वरीय प्रकाशनको अन्तिम र निर्णायक स्रोत हो। चर्चको परम्परा, मानवीय विचार, वा अन्य लेखनहरू बाइबलको बराबरीमा राख्न सकिँदैन । महत्व: मानवीय परम्परा, चर्चको अधिकार वा अन्य स्रोतलाई बाइबलभन्दा माथि राख्नु हुँदैन। विश्वास र व्यवहारको लागि बाइबल नै पर्याप्त छ। सुधारकहरूले देखेका समस्या: रोमन क्याथोलिक चर्चले आफ्ना परम्पराहरू, पोपको घोषणाहरू र मानवीय शिक्षाहरूलाई बाइबलको बराबरीमा राख्थ्यो। उदाहरण: मार्टिन लुथरले…
Read More
बाइबल अनुसार मुक्ति अवधारणा

बाइबल अनुसार मुक्ति अवधारणा

बाइबलको शिक्षाअनुसार मुक्ति ख्रीष्टियन धर्मशास्त्रको केन्द्रिय विषय हो, जसले मानव जीवनको मूल समस्या—पाप—र त्यसको समाधान—उद्धार—लाई स्पष्ट रूपमा प्रस्तुत गर्दछ। बाइबल भन्छ कि मानिस परमेश्वरको स्वरूपमा सृष्टि भए तापनि पापका कारण उहाँसँगको सम्बन्ध बिग्रिएको छ, र यही कारणले उद्धारको आवश्यकता उत्पन्न हुन्छ । “किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमाबाट चुकेका छन्” (रोमी ३ः२३) र “पापको ज्याला मृत्यु हो” (रोमी ६ः२३) भन्ने पदहरूले देखाउँछन् कि सम्पूर्ण मानवजाति पापको अधीनमा छ र आत्मिक रूपमा परमेश्वरबाट अलग भएको छ । आदम र हव्वा को पतनपछि (उत्पत्ति ३) पाप संसारमा प्रवेश ग¥यो, जसले मानवलाई आफ्नै प्रयासले मुक्तिपाउन असमर्थ बनायो र परमेश्वरको हस्तक्षेप आवश्यक…
Read More
नयाँ बर्ष परमेश्वरसँग नयाँ जीवनको सुरूवात

नयाँ बर्ष परमेश्वरसँग नयाँ जीवनको सुरूवात

“हेर, म एउटा नयाँ कुरो गर्दैछु! त्‍यो अब हुन आउँछ । के तिमीहरू त्‍यो देख्‍दैनौ? म मरुभूमिमा एउटा बाटो र रूखो जमिनमा खोलाहरू बनाउँदैछु ।” (यशैया ४३:१९) नयाँ वर्षमा परमेश्वरको निमन्त्रणा आज हामी समयको एउटा मोडमा उभिएका छौं  । पुरानो वर्ष समाप्त भयो, नयाँ वर्ष सुरु भयो । संसारले यसलाई उत्सव, योजना, र संकल्पको समय मान्छ तर आत्मिक दृष्टिकोणले हेर्दा, नयाँ वर्ष भनेको परमेश्वरको विशेष निमन्त्रणा हो ।  निमन्त्रणा केको लागि? नयाँ जीवनको लागि नयाँ सोचको लागि परमेश्वरसँग नयाँ सम्बन्धको लागि हामीले आफैलाई गम्भीर प्रश्न सोध्नुपर्छ: “के म केवल वर्ष बदल्दैछु, कि मेरो जीवन पनि बदलिँदैछ?” धेरै मानिसहरूको जीवन वर्षौंसम्म…
Read More
बाइबलीय अगुवापनको परिभाषा र त्यसका गुण

बाइबलीय अगुवापनको परिभाषा र त्यसका गुण

जे. ओस्वाल्ड स्यान्डर्स भन्छनु, “नेतृत्व त्यो क्षमता हो जसले व्यक्तिमा भएको विशेष क्षमता थाहा पाउँछ र त्यसलाई त्यो कार्यमा प्रयोग गर्न उत्साह र मौका दिन्छ जहाँ यसले आफ्नो क्षमता अत्याधिक मात्रामा प्रयोग गर्न सक्छ ।” नेतृत्वलाई नेपाली बोलोचालीको भाषामा अगुावाई गर्ने व्यक्ति वा कुनै पनि समुहलाई संचालन, नियन्त्रण, समन्वय र व्यवस्थापन गर्न अनुमति प्राप्त व्यक्तिलाई अगुवा भनिन्छि भनि त्यस व्यक्तिले गर्ने कार्यलाई अगुवाई वा नेतृत्व भनिन्छि । “नेतृत्व भनेको खास उद्देश्य पूर्तिका लागि आफ्नो मातहतमा रहेका व्यक्तिहरूलाई उत्साहपूवर्क कार्य गर्न प्रभावित गर्ने प्रक्रिया हो । संगठनमा नेतृत्व भन्नाले संगठनात्मक लक्ष्य र उद्देश्य प्राप्तिका लागि आफू अधिनसाथ कामदार तथा कर्मचारीलाई निर्देशन…
Read More
नेपालमा झुटो शिक्षाका १३ प्रमुख उदाहरण

नेपालमा झुटो शिक्षाका १३ प्रमुख उदाहरण

नेपालको दृष्टिकोणमा बाइबलीय “झुटो शिक्षा” भन्नाले बाइबलको मूल सत्य लाई तोडमोड गरेर, गलत अर्थ लगाएर, वा मानिसको स्वार्थ अनुसार नयाँ व्याख्या बनाएर प्रचार गरिने शिक्षा बुझिन्छ, जसले अन्ततः मानिसलाई ख्रीष्टबाट टाढा लैजान्छ र उद्धारको सुसमाचारलाई विकृत बनाउँछ। बाइबल अनुसार झुटो शिक्षा भनेको केवल “अरू धर्म” मात्र होइन, तर ख्रीष्टियन नाम लिएर पनि ख्रीष्टको साँचो शिक्षालाई बिगार्ने कुनै पनि सिद्धान्त हो। प्रेरित पावलले गलातीको चर्चलाई चेतावनी दिंदै “यदि कसैले हामीले प्रचार गरेको सुसमाचार बाहेक अर्को सुसमाचार प्रचार गर्छ भने त्यो श्रापित होस्” भनेका छन् (गलाती १:८–९)। यसले स्पष्ट देखाउँछ कि झुटो शिक्षा भनेको मानिसलाई परमेश्वरको सत्यबाट भड्काएर आत्मिक विनाशतर्फ लैजाने खतरनाक…
Read More
येशू ख्रीष्टको पुनरूत्थान ख्रिस्टियन विश्वासको मुटु हो

येशू ख्रीष्टको पुनरूत्थान ख्रिस्टियन विश्वासको मुटु हो

येशू ख्रीष्टको पुनरूत्थान ख्रिस्टियन विश्वासको मुटु हो भन्ने भनाइ केवल धार्मिक भावनाको अभिव्यक्ति मात्र होइन, बरु सम्पूर्ण ख्रिस्टियन धर्मशास्त्र, इतिहास र आस्थाको केन्द्रबिन्दु हो । यदि पुनरूत्थानको घटना नभएको भए, ख्रिस्टियन विश्वासको आधार नै खण्डित हुन्थ्यो । यसैले बाइबलका विभिन्न पदहरू, साथै बाइबल विद्वान र इतिहासकारहरूको अध्ययनले पनि पुनरूत्थानलाई अत्यन्तै महत्वपूर्ण सत्यका रूपमा प्रस्तुत गरेका छन् । सबैभन्दा पहिले, बाइबल स्वयं पुनरूत्थानको स्पष्ट साक्षी हो । नयाँ करारको सुसमाचारहरूका पुस्तकहरू मत्ती, मर्कुस, लूका र यूहन्ना सबैले येशू ख्रीष्टको मृत्युपछि तेस्रो दिनमा उहाँ जीवित हुनुभएको विवरण दिन्छन् । मत्ती २८:६ मा लेखिएको छ, “उहाँ यहाँ हुनुहुन्न; उहाँ उठ्नुभएको छ, जसरी उहाँले…
Read More
असल शुक्रबार कसरी असल ?

असल शुक्रबार कसरी असल ?

आजको संसारमा असल शुक्रबार व्यापक रूपमा मनाउदै आइरहेको छ । “असल शुक्रबार” को अर्थ बुझ्नका लागि हामीले केवल एउटा ऐतिहासिक घटनालाई होइन, त्यसको गहिरो आध्यात्मिक सन्देशलाई बुझ्न आवश्यक हुन्छ । बाहिरी रूपमा हेर्दा यो दिन अत्यन्त दुःखद देखिन्छ, किनकि यही दिन येशू ख्रीष्ट लाई क्रूसमा टाँगेर कठोर पीडा दिइयो र अन्ततः उहाँको मृत्यु भयो । तर ख्रीष्टियन विश्वासमा यही घटनालाई “असल” भनिन्छ, र आजको आधुनिक संसारमा पनि यसको महत्त्व झन् बढ्दो रूपमा देखिन्छ । यसको कारण के हो भने “Good Friday (असल शुक्रबार)” केवल दुःखको कथा होइन, तर आशा, उद्धार, प्रेम, र जीवन परिवर्तनको सन्देश बोकेको दिन हो । सबैभन्दा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.