जब पवित्र धर्मशास्त्र बोल्दछ...

योएलको पुस्तकको व्याख्या (The Book of Joel)

hq720

योएलकोपुस्तक (The Book of Joel)

परिचय:

लेखकयोएल

लेखिएको मिति: ८३५८३० . .अनुमान

मुख्य विषय:  परमप्रभुको महान भयानक दिन 

योएल अर्थ: “परमप्रभु परमेश्वर हुनुहुन्छहो।

योएलको पिताको नाम: “पतुएलहो। :

  समय

 बाइबलका विभिन्न ईश्वरशास्त्रीका अनुसार अगमवक्ता योएल यहूदा र यरुशलेमको निम्ति नियुक्त गरिएको अगमवक्ता थिए, भनि अनुमान गरिएको छ। त्यो समयमा योएल धेरै पुजाहारिहरुसंग चिरपरिचित भएको कारणले गर्दा उनलाई कतिजनाले “पूजाहारीय” अगमवक्ता थिए, भन्ने अनुमान पनि गरेका छन्।

ऎतिहसिकसन्दर्भ

 योएलले कुनै पनि राजा वा मिति निर्धारण गर्न सकिने गरि कुनै पनि ऎतिहासिक घटनाको बारेमा बताएका छैनन्। त्यहि कारणले गर्दा उनको अगम्वाणीय सेवा र सन्देशको मिति कहिले थियो भन्ने एकिन छैन्। कतिजना इस्वरशाश्त्रीका अनुसार यहुदीहरू निर्वासनबाट फर्केर मन्दिरको पुनर्निर्माण भए पछि योएलले सेवा गरेका थिए भन्ने विस्वास पनि गरेका छन्। (ई.पू. ५१०-४००) त्यो समयमा ईस्राएलमा कुनै पनि राजाहरु थिएनन्। तर सबैभनदा आत्मिक अगुवाहरु पूजाहारिहरु थिए।

 कतिजना बाइबलविदहरुका अनुसार उनको सेवाकाइ जवान राजा योआसको शासनको सुरुको दिनमा भएको थियो, भनि विश्वास गरेका छन्। (८३५-८३० ई.पू. ), त्यो समयमा योआश जम्मा ७ वर्षको कलिलो उमेरमा यहूदाको सिहासहनामा बसेका थिए (२ राजा ११:२१)। त्यो समयमा  प्रधान पूजाहारी यहोयादाको नायबिमा शासन गरे। त्यही कारणले गर्दा योएलको पुस्तकमा पूजाहारिको विवरणले प्रथम स्थान पायो, र कुनै पनि राजाको विषयमा कुनै पनि शन्दर्भ उल्लेख गरिएन। योएलको  अगमवाणीको विषयवस्तु ८औ शताब्दीका अगमवक्ताहरु  आमोश, मिका र यशैयासंग मेल खान्छन। त्यहि आधारमा उनको पुस्तक ९औ शतब्दितिर लेखिएको हुनसक्ने अनुमान गरिएको छ। निर्वासन  पछिका  अगमवक्ता हाग्गै ,  जाकारिया र मलाकीसंग उनको पत्र त्यति मेल खाएको  छैन।

यो पुस्तक लेख्नुको तत्कालिन कारण चाही सलहको आक्रम र भयानक खडेरी थियो। यी दुई विपत्तिले तत्कालिन  यहुदी समाजको सबै  वर्गका यहुदी  मानिसहरुको विध्वंस  गर्यो। धेरै  लामो दुरीसम्म कुनै पनि हरियो  बोटबिरुवा  नरहने गरि  नगण्य सलहहरुले त्यस क्षेत्रमा विपत्ति ल्याउन सक्ने सम्भावित अवस्थाको विषयमा  प्राचिन र आधुनिक दुवै समयको बारेमा  उल्लेख गरिएको छ।

उद्देश्य(purpose):

– दुइवटा प्राकृतिक विपत्तिहरु र यहूदामाथी विदेशी शैनिकाले आक्रमण गर्न सक्ने अवस्थाबारे चेतावनी दिन।

– एक ठुलो पवित्र सभामा मानिसहरुलाई एकसाथ परमप्रभुको सामु ल्याउनु (१:१४,२:१५-१६)।

– आफ्नो पापको पश्चाताप गरि उपवास सहित अन्तर्बिन्ति प्रार्थना,  विलाप  सहित परमप्रभु परमेस्वरमा फर्कन मानिसहरुलाई चेतावनी/अर्ति  दिन(२:१२-१७ )।

–  तिनीहरुको साचो पश्चातापको समयमा उहाका मानिसहरुक निम्ति परमेस्वरको अगमवाणीय बचनको लिखित विवरण तयार पर्न (२:१८-३:२१) ।

मुख्यपद: योएल१:१५

” हाय! त्यो दिन, किनकि परमप्रभुको दिन नजिकै छ। त्यो त सर्वशक्तिमानको तर्फबाट सर्वनास जस्तै आउने छ।”

योएल :२८

“त्यसपछि म मेरो आत्मा सबै मानिसमाथि खन्याउने छु। तिनीहरुका छोराछोरीहरुले अगमवाणी बोल्नेछन् । तिनीहरुका बूढा मानिसहरु स्वप्नदर्शी हुनेछन् ,र तिनीहरुका युवाहरुले दर्शन देख्नेछन्।”

विषयवस्तु (subject matter)

सलहकोठूलोविपत्ति (परमेश्वर दण्डको रुपमा)

अध्याय:  १: १-२०

 यहूदामा परमेस्वरले पठाउनुभएको विपत्तिको बारेमा योएलले आफ्नो पुस्तकमा उल्लेख गरेका छन्।  त्यो समयमा मानिसहरु आफ्नो पापको कारण कठिन जीवनयापन गर्न बाध्य थिए। त्यहि कारणले गर्दा अगमवक्तले मानिसहरुलाई परमेस्वरबाट आएको  दण्डबाट छुट्काराको लागी परमेस्वरमा पूर्ण हृदयले एउटी दुलहीले आफ्नो जवान अवस्थाको दुलाहा गुमाउनु पर्दाको अवस्थामा जसरि विलाप गर्छे, त्यसरीनै  विलाप गर्नको लागि अनुरोध गरे। त्यो विपत्ति परमेस्वरको दिनको चिन्ह भएको कारण अब परमेस्वरको दिन  नजिकै आइरहेको छ भनि शन्देश दिनको लागि थियो।  र परमेस्वरको दिन वा दण्डबाट बच्नको लागि पाफ्नो पापहरु स्वीकारेर नम्रताको साथमा पार्थना गर्नको लागि योएलले सचेत गराए।

अध्याय: (:१७)

 विपत्ति परमेस्वरको दिन (२:१-१७)

 यो खण्डमा परमेस्वरको न्यायको दिनलाई मानिसहरुको यूद्धसंग तुलना गरिएको छ। यस  पुस्तकमा  र  अध्यायमा “परमेस्वरको दिन” शब्दलाई चुनौतिपुर्ण वा महत्वपुर्ण विषयको रुपमा प्रस्तुत गरिएको छ। किनकि त्यो समय र दिन भयानक  त्रास र डरले भरिएको हुनेछ (२:११)। सलहको विपतिले सखाप भएको भूमि पुन: पहिलेकै आवस्थामा ल्याउनको लागि अगमवक्ताले तत्कालिन समयका मानिसहरुलाई परमेस्वरमा पश्चाताप गर्नको लागि  आग्रह /आदेश दिएका  छन् (योएल २:१२-१७)। किनकि त्यो समयका मानिसहरुले परमेस्वर विरुद्धमा  अनाज्ञाकारी भएर आफूमाथि परमेस्वरको क्रोध ल्याएका थिए।त्यहि कारण परमेस्वरको क्रोधबाट छुटकारा पाउनको लागि पश्चातापको खाचो छ र अझै ढिला भएको छैन पश्चाताप गर भन्ने आदेश यो खण्डमा अगमवक्ता योएलले तत्कालिन समयका मानिसहरुलाई गरेका छन्।

अध्याय: (२:१८-३: २१)

परमप्रभुको दिन(२:१८-३: २१)

 यो अध्यायमा जब मानिसहरुले परमेस्वरलाई आफ्नो पश्चातापी हृदय लिएर पुकारा गर्छन तब उहाले तिनीहरुको पुकारा सुन्नुहुन्छ र उनीहरुलाई आफ्नो क्रोधबाट अलग गरि प्रशस्त मात्रामा आशिष दिनुहुन्छ। आशिष स्वरुप परमेस्वरले  उनीहरुको आत्मिक र भौतिक पक्षलाइ सबल बनाउनुहुन्छ। फलस्वरूप आय आर्जनको क्षेत्र खेति उब्जनीमा आशिष दिनुहुनेछ। जसकारण उनीहरुले भोग्नु परेको अभावको  जीवनबाट प्रशस्ततामा परिणत हुनेछन। अनि उनीहरुले खुशीका साथमा परमेस्वरको प्रशंशा गर्नेछन। तब परमप्रभु परमेस्वरले आफ्ना जनलाई आत्मिकी रुपमा पनि आशिष दिएर पवित्र आत्माले भरिपुर्ण पार्नुहुनेछ अनि मानिसहरु स्वप्नदर्शी भएर अगमवाणी बोल्नेछन। परमेस्वरले अन्य राष्ट्रलाई

दण्ड दिएर यहुदी जतिको उद्धार गर्नुहुनेछ र परमेस्वरका जातिहरु आनन्दित हुनेछन्।

नयाँ करारसँग सम्बन्ध(Relation to the New Testament)

 आत्मिकी  आशिषको रुपमा  मानिसहरु पवित्र आत्माद्वारा भरिपूर्ण हुनेछ भनेर योएल २:२८ -३२ मा उल्लेख गरिएको छ। त्यहि अगमवाणी नयाँ करारको पुस्तक (प्रेरित २:१४-२१)  मा पत्रुसले  पेन्टकोष्टको दिनमा पुरा भएको बताएका छन्। योएलको पुस्तक अनुसार “परमेस्वरको दिन” को अर्थ  परमेस्वरको दण्ड र उद्धार  दुबै दिनलाई संकेत  गरेको छ। तर नयाँ करारमा परमेस्वरको दिन भन्नाले येशुख्रिष्टको दोस्रो आगमनको दिन वा समयलाई जनाउदछ। ख्रीष्टको दोस्रो आगमनको समयमा ख्रीष्टलाई विस्वास नगर्नेहरुले दण्ड भोग्नेछन्।  तर विस्वाशिहरुले  मुक्ति र आशिषको रुपमा अनुभव गर्नेछन्।

ख्रीष्टियन जीवनसँग सम्बन्ध (Relationship to the Christian Life) र शन्देश(message)

 हामीले योएलको पुस्तकलाई अध्यायन गरिसके पछि यो कुरामा प्रष्ट भएका छौ, कि परमेस्वरको बचन विपरित भएर  उहाको करार भङ्ग गर्ने सबैजानालाई  उहाले  विभिन्न प्राकृतिक प्रकोप पठाएर दण्ड  दिनुहुन्छ। जस्तै : बाढीपहिरो, आधिबेहेरी,  अनिकाल, सलहको विपत्ति अन्य धेरै प्रकोप हुनसक्छ।  यसकारण यस्ता खालाको विपति हामी विरुद्ध पनि आउन सक्छन्। जसरि यहुदी जातिलाई परमेस्वरले सलहको विपत्ति द्वारा दण्ड दिनु भयो। त्यसकारण परमेस्वरको क्रोधबाट आउने विपत्तिबाट बच्नको लागि हामीले सधै उहाको  बचन अनुसारको  जीवनयापन गर्नु पर्दछ। जसद्वारा परमेस्वरको महिमा होस्।  हामी कहिले पनि परमेस्वरको बचन विपरीत भएर मूर्तिलाई पुज्ने खालको कार्य गर्नु हुदैन। किनकि हामीले अहिलेको  संसारलाई नियाल्छौ भने परमेस्वरको दिन नजिकै छ। हामी उहाको दिनमा आशिषित हुनको लागि हामीले उहाको बचन अनुसारको बाटोमा  हिड्यौ भने परमेस्वरले यहुदीहरुलाई बचाउनको लागि उनीहरुको  शत्रुलाई दण्ड दिनुभयो, त्यसै गरी उहाले हामीलाई हाम्रा शत्रुबाट बचाउनुहुन्छ,  र हाम्रो हरेक समस्याको समाधान पनि उहाबाट आउछ। त्यसकारण हामी सधै परमेस्वरमा जोदिएर उहामा नै समर्पित जीवन जिउनु पर्दछ।

By संगम श्रेष्ठ

संगम श्रेष्ठ लेखन पेशाका साथै ग्राफिक डिजाइनर, वेव डेप्लपर, लेखक, सम्पादक साथै शिक्षक हुन् । ५ भन्दा बढी पुस्तकहरूमा कलम चलाएका उनी ललितपुरमा बसोबास गर्छन् । इश्वरशास्त्रीय क्षेत्रमा पावल थियोलोजिक सेमिनारीबाट B.Th. का साथै हिमालयन ग्राजुएट स्कूल अफ थियोलोजीबाट M.Div. उर्तीण गरेका श्रेष्ठ हाल त्रिभुवन विश्वविद्घालयमा पत्रकारिता विषयमा M.A गर्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.