जब पवित्र धर्मशास्त्र बोल्दछ...

“परमेश्वर अनादि हुनुहुन्छ भने, जन्म लिनुभएको येशू ख्रीष्ट कसरी परमेश्वर हुन सक्नुहुन्छ?”

1234567890

यूहन्ना ८ः४२ ले भन्दछ, “…किनभने म परमेश्वरबाट निस्कआएँ ।” । यस्तै कलस्सी १ः१५ मा लेखिएको छ, “सारा सृष्टिको ज्येष्ठ हुनुहुन्छ ।” हिब्रू १ः५ “तिमी मेरा पत्रु हौँ, मैले नै आज तिमीलाई जन्माएको छुँ… आफ्नो प्रथम जन्मेकालाई संसारमा ल्याउनुहुदाँ उहाँ फेरी भन्नुहुन्छ, ।” के यी पदहरुले येशूको सुरुवात छ भन्न खोजेको हो त ?


कलस्सी १ः१५ मा उल्लेख गरिएको वाक्यलाई हेरौँ , “सार सृष्टिका ज्येष्ठ हुनुहुन्छ ।” “यो वाक्यांशको अर्थ ख्रीष्ट सृष्टि गरिनुभएको थियो भन्ने लाग्दैन । बरु, “”ज्येष्ठ मा पुरानो करारको अर्थ छः “ओहोदामा पहिलो,” “उत्तराधिकारी” वा “सर्वाेच्च” (उदाहरणको लागि प्रस्थान ४ः२२, यर्मिया ३१ः९, भजनसंग्रह ८९ः२७ याद गर्नुहोस् । जहाँ दाऊदको शासनको निम्ति “जेठो” शब्द प्रयोग गरिएको छ, यद्यपी दाऊद जेठो छोरा थिएनन् ।) ख्रीष्ट अनन्त पुत्रको रुपमा सारा सृष्टिका उत्तराधिकारी र शासक हुनुहुन्छ ।

कलस्सी १ः१८ “उहाँ शरीर, अर्थात मण्डलीका शिर हुनुहुन्छ, उहाँ नै सुरु हुनुहुन्छ मरेकाहरुबाट जीवित हुनेहरुमा उहाँ ज्येष्ठ हुनुहुन्छ, ताकि प्रत्येक कुरामाथि उहाँ सर्वाेच्च होऊन् । हिब्रू १ः१–२ “…पुत्रलाई नै उहाँले सबै कुराका उत्तराधिकारी नियुक्त गर्नुभयो, उहाँद्वारा नै समस्त सृष्टि रच्नु पनि भयो ।” हिब्रू १ः५ मा परमेश्वर भन्नुहुन्छ “तिमी मेरा पुत्र हाँै, मैले नै आज तिमीहरुलाई जन्माएको छु…।” एक तर्फबाट हेर्दा यहाँ परमेश्वर पिताले येशू ख्रीष्टलाई जन्माउनु भएको जस्तै लाग्छ । तर हामीले हिब्रू १ः५ पढेर मात्र हुदैन हिब्रू १ः६ पनि पढ्नु अति आवश्यक छ । यहाँ लेखिएको छ, “आफ्नो प्रथम जन्मेकालाई संसारमा ल्याउनुहुदाँ उहाँ फेरी भन्नुहुन्छ…।” यहाँ हामीले याद गर्नु पर्ने कुरा चाहिँ यो चाहिँ येशूको सृष्टि वा रचिनु भएको कुरा भन्नु भएको होइन तर येशू ख्रीष्ट मानवको रुपमा संसारमा कन्या मरियमको गर्भमा आउनु भएको बेलामा भन्नुभएको कुरा हो ।

परमेश्वरले प्रथम जन्मेकालाई संसारमा ल्याउनु हुदाँ भन्ने वाक्यले येशू सृष्टि गरिनु भएको हो भन्ने अर्थ लाग्दैन तर उहाँ कन्या मरियमको कोखमा मानवको रुपमा धारणा गर्नु भएको हो भन्ने कुरा बुझिन्छ । ख्रीष्ट, अनन्त परमेश्वर मानव बन्नुभयो । फिलीप्पी २ः५–९ पदले भन्दछ, “… परमेश्वरको स्वरुपमा (रुपमा) भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटन पव्रिmराख्ने बस्तुजस्तो ठान्नुभएन । तर आफैलाई रित्त्याईकन कमाराको रुप (स्वभाव) धारण गरेर। तथा मनुष्य भएर जन्मनुभयो । स्वरुपमा मानिसजस्तै भएर आफैलाई होच्याउनुभयो, र मृत्युसम्मै आज्ञाकारी रहनुभयो । त्यसैकारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो, र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो, जो हरेक नाउँ भन्दा उच्च छ ।”


यसैले हामी भन्न सक्छौँ कि येशू सृष्टि गरिएको होइन तर उहाँ त अनन्त देखी नै हुनुहुन्छ । (यूहन्ना १ः१–३,१०,हिब्रू १ः१–३, प्रकाश १ः८,१८,२२ः१३) । येशू अल्फा र ओमेगा हुनुहुन्छ, उहाँलाई कसैले सृष्टि गरिएको होइन तर उहाँ त अनन्त देखी नै अस्तित्वमा हुनुहुन्थ्यो, हुनुहुन्छ र भईरहनुहुनेछ । “पवित्र आत्माद्वारा गर्भमा उत्रिनहुने येशूको मानिसको रुपमा शुरुवात छ, तर परमेश्वरको रुपमा प्रभु येशूको न त शुरुवात छ, नत अन्त नै । (यूहन्ना ८ः५६–५८, कलस्सी १ः१७, यूहन्ना १ः१८, यशैया ९ः६) ।”

यसैले, बाइबलमा प्रयोग भएका “ज्येष्ठ,” “प्रथम जन्मेका,” र “जन्माएको” भन्ने शब्दहरूलाई केवल साधारण जन्म वा सृष्टिको अर्थमा बुझ्नु हुँदैन। धेरैले कलस्सी १ः१५ को “सारा सृष्टिका ज्येष्ठ” भन्ने वाक्यलाई आधार बनाएर येशू सृष्टि गरिनुभएको हो भन्ने निष्कर्ष निकाल्छन्। तर बाइबलमा “ज्येष्ठ” शब्दले प्रायः स्थान, अधिकार, सर्वोच्चता, वा उत्तराधिकारी भन्ने अर्थ दिन्छ। उदाहरणका लागि, दाऊद आफ्ना बाबुको जेठो छोरा थिएनन्, तर भजनसंग्रह ८९ः२७ मा उनलाई “जेठो” भनिएको छ, जसको अर्थ सर्वोच्च राजा भन्ने हो। त्यसैले कलस्सी १ः१५ ले येशू सृष्टिको भाग हुनुहुन्छ भन्ने होइन, तर सम्पूर्ण सृष्टिमाथि अधिकार राख्ने प्रभु हुनुहुन्छ भन्ने जनाउँछ।

हिब्रू १ः५–६ मा “मैले आज तिमीलाई जन्माएको छु” र “प्रथम जन्मेकालाई संसारमा ल्याउँदा” भन्ने वाक्य पनि येशू सृष्टि हुनुभएको प्रमाण होइन। यहाँ येशू मानव रूपमा संसारमा आउनुभएको कुरा बताइएको हो। परमेश्वरका अनन्त पुत्रले कन्या मरियमको गर्भद्वारा मानव शरीर धारण गर्नुभयो। अर्थात्, उहाँको मानव जीवनको सुरुवात थियो, तर परमेश्वरको रूपमा उहाँ अनादिदेखि नै अस्तित्वमा हुनुहुन्थ्यो।

यूहन्ना १ः१–३ स्पष्ट रूपमा भन्छ कि “आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, र वचन परमेश्वर हुनुहुन्थ्यो।” साथै, “सबै कुरा उहाँद्वारा सृष्टि भए।” यदि सबै कुरा उहाँद्वारा सृष्टि भयो भने, उहाँ स्वयं सृष्टि गरिएको हुन सक्नुहुन्न। त्यसैले येशू ख्रीष्ट सृष्टि गरिएको प्राणी होइन, तर अनन्त परमेश्वर हुनुहुन्छ, जसले मानवको उद्धारका लागि मानिसको रूप धारण गर्नुभयो।

By संगम श्रेष्ठ

संगम श्रेष्ठ लेखन पेशाका साथै ग्राफिक डिजाइनर, वेव डेप्लपर, लेखक, सम्पादक साथै शिक्षक हुन् । ५ भन्दा बढी पुस्तकहरूमा कलम चलाएका उनी ललितपुरमा बसोबास गर्छन् । इश्वरशास्त्रीय क्षेत्रमा पावल थियोलोजिक सेमिनारीबाट B.Th. का साथै हिमालयन ग्राजुएट स्कूल अफ थियोलोजीबाट M.Div. उर्तीण गरेका श्रेष्ठ हाल त्रिभुवन विश्वविद्घालयमा पत्रकारिता विषयमा M.A गर्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.